राजविराज, वैशाख २४ (नागरिक)- एकीकृत माओवादीको आमहडतालले आजित सप्तरीका व्यापारीले दिउँसो चार बजेदेखि बजार खोल्ने जनाउँदै त्यसका लागि जिल्ला प्रशासनसँग सुरक्षा मागेका छन् ।
बजार खोलेपछि व्यापारीलाई हुनसक्ने असुरक्षा ख्याल गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेलाई बिहीबार दिउँसो ज्ञापनपत्र बुझाएका छन्।
राजविराजका युवा र व्यापारीले स्थानीय प्रशासनमा बुझाएको ज्ञापनपत्रमा सुरक्षाको वातावरण मिलाउन माग गरिएको छ भने पाँच दिनदेखि व्यापारिक प्रतिष्ठान बन्द हुँदा जनतालाई उपभोग्य वस्तुको संकट परेकाले बजार खोल्ने निर्णयमा गएको उल्लेख छ।
एकीकृत माओवादीले आमहडताल सुरु गरेदेखि बेलुका ६ बजेदेखि ८ बजेसम्म बजार खोल्न छुट दिए पनि यहाँका पसल खुलेका छैनन्।असुरक्षाले सो समयमा बजर नखुलेको यहाँका व्यापारीले बताएका छन्।
चार दिनदेखि मोटरसाइकल चलाउन छुट दिएको माओवादीले बिहीबारदेखि रोक लगाएपछि पूर्व-पश्चिम राजमार्गमा सवारी साधन शून्य भएका छन्।