रुकुम –शान्ति तथा पुनःनिर्माण मन्त्रालय र संसद् विकास कोषबाट पुनःनिर्माण हुने लागेको हरिभक्त स्मृति शहिद गेट भत्काइएको छ । चौरजहारी नगरपालिका वडा नं. २ मा रहेको उक्त गेट नगर प्रमुख विशाल शर्माले भत्काउन लगाएको नेपाली कांग्रेसले आरोप लगाएको छ।
शान्ति मन्त्रालयको पाँच लाख र नेपाली कांग्रेसकी सांसद् मिठ्ठु मल्लको दुई लाख आर्थिक सहयोगमा उक्त गेट पुनःनिर्माण गर्न लागिएको थियो । २०५५ सालमा हत्या गरिएका ओलीको हत्या गरिएकै स्थानमा २०५६ सालमा उक्त गेट निर्माण गरिएको थियो । ‘नगर विकास संगै उक्त गेट साँघुरो भएको भन्दै फराकिलो बनाउन लागेका थियौं’ नेपाली कांग्रेसका जिल्ला सभापती प्रेमप्रकाश ओलीले भने, ‘नगरपालिकाका प्रमुख विशाल शर्माले भत्काउने काम गरे ।’ ‘शर्माको यो गलत सोच हो’ उनले भने । उक्त गेटको २०७३ सालमा तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्री सितादेवी यादवले उद्घाटन गरेकी थिइन्।
ओली नेपाली कांग्रेसका नेता तथा पूर्व जिल्ला विकास समितिका सभापती हुन् । सरकारी सहयोग निर्माण गर्न लागेको संरचना सरकारी निकायबाटै भत्काइनु निन्दनीय भएको नेपाली कांग्रेस जिल्ला नेता तिलक भण्डारीले जनाए । ‘एकातिर सरकारले संरचना निर्माण गर्दै जाने’ उनले भने, ‘अर्काेतिर स्थानीय सरकार प्रमुखले भत्काउँदै जाने गलत हो ।’ ‘यस्तो हुँदा कसरी हुन्छ गाउँको विकास’ उनले भने, ‘सकिन्छ भने संरक्षण गर्ने हो, सकिन्न भने भत्काउनु पनि हुन्न ।’ यता नगर प्रमुख शर्माले कांग्रेसले आफूलाई आरोप मात्र लगाएको बताए । गेट वरपरका स्थानीयहरुले पुनःनिर्माण गर्न लागिएको गेट भत्काएको भन्दै उनले कांग्रेसले आफूलाई आरोप मात्र लगाएको बताए।
आफूले अलि खुल्ला स्थानमा गेट निर्माण गर्न सुझाव दिएको उनको भनाई छ । नगर भित्र १० मिटर सडक हुनु पर्ने भन्दै उनले कांग्रेसले गेट त्यो भन्दा साघुरो बनाउँदा स्थानीयहरुले भत्काएकोे दाबी गरे । नगरपालिका एक दर्जन जति गेट आवश्यक भएको भन्दै उनले भने, ‘गेट बनाउँदा स्थान र बाटोको अवस्थाको पनि ख्याल गर्नु पर्छ।’