बझाङ- बझाङ तीन दिनदेखि इन्टरनेट विहिन भएको छ। नेपाल टेलिकमको कार्डर विग्रेका कारण जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बझाङका उपप्रमुख बमबहादुर सिंहले बताए। इन्टरनेट अवरुद्ध हुँदा सरकारी कामकाजमा समेत असर पुगेको छ। जसका कारण जिल्ला स्थित सञ्चारमाध्यम र सर्वसधारण मर्कामा परेका छन्।
धनगढीबाट कार्डर बनाउनको लागि प्राविधिक टोली बोलाइएको सिंहले बताए। बझाङ आउने सडक अवरुद्ध भएका कारण प्राविधिक टोली जिल्ला आउन कठिनाइ भएको सिंहको भनाई छ।
धनगढीबाट कार्डर बनाउनको लागि प्राविधिक टोली बोलाइएको सिंहले बताए। बझाङ आउने सडक अवरुद्ध भएका कारण प्राविधिक टोली जिल्ला आउन कठिनाइ भएको सिंहको भनाई छ।