तेह्रथुम—दुई वर्ष अघि हराएका सत्र वटा गोरु चोरेको आरोपमा पाँचथरका एक ब्यक्तिलाई गोरु धनीहरुले पक्राउ गरि शुक्रबार प्रहरीकोमा जिम्मा लगाएका छन्। म्याङलुङ नगरपालीकामा रहेको तुम्लीङटार भदौरे सामुदायीक बनमा दुई बर्ष अघि चरनमा गएका ८ हल गोरु एकै साथ हराए पछि बेच्नका लागि उनैले लगेको हुन सक्ने भन्दै स्थानीयले उनलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका हुन्।
दुई वर्ष अघि जंगलबाट हराएको गोरु खोजी गरिदिन गोरु धनीहरुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उनीहरुले गाई गोरुको ब्यापार गर्नेले दुई वर्ष अघि सत्र वटा गोरु बेचेको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
प्रहरीले दुई वर्षसम्म आरोपीलाई पक्राउ नगरेपछि पुनः गोरु किन्न भन्दै गाउँमा तिनै व्यक्ति आएपछि स्थानीयले पक्राउ गरेका हुन्। प्रहरीले गोरु चोरको नाम सार्वजनिक गर्न इन्कार गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक भागेन्द्र पुरुष ढकालले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताए। स्थानीयले पक्राउ व्यक्तिमाथि कारवाहीको माग गरे पनि अनुसन्धानपछि मात्र केही भन्न सकिने ढकालले जानकारी दिए। सर्वसाधारणले समातेर प्रहरीको जिम्मा लगाइएका व्यक्तिको नाम सार्वजनिक गर्न नमिल्ने उनले जिकिर गरे।
तुम्लिङटार भदौरे सामुदायीक वनमा स्थानीयबासीले जंगलमा चरनका लागि गोरु छाड्ने गर्छन्। दुई बर्ष अघि स्थानीय १२ परिवारको १७ वटा गोरु वनबाटै हराएका थिए। यो जंगल क्षेत्रमा १५ दिनसम्म गोरु छाड्ने चलन छ। दुई वर्षअघि जंगलमा चरनका लागी छाडिएको गोरु हराएको भन्दै म्याङलुङ नगरपालीका १ बस्ने देवीबहादुर दाहाल, पूर्णमाया तामाङ, ठगमाया भण्डारी र याम बहादुर भण्डारीले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।
पाँचथर र तेह्रथुमको सिमानामा रहेको तुम्लीङटार भदौरे सामुदायीक बनबाट याम बहादुर भण्डारी ,टेकेन्द्र भण्डारी , स्याम बानिया , बम बहादुर भण्डारी, राम चन्द्र दाहाल ज्ञान बहादुर कार्कीको १÷१ वटा र देबि दाहाल, राम तिम्सीना,दिल बहादुर तुम्बाहाङफे, मणि कुमार नेपाली र पूर्णमाया तामाङको २÷२ वटा गोरु हराएका थिए।
म्याङलुङ नगरपालीकामा रहेको तुम्लीङटार भदौरे सामुदायीक बन क्षेत्रबाट झापाको दमक पु¥याएर गोरु बेचिएको शंका स्थानीयको छ।