काठमाडौं, वैशाख २१ (नागरिक) - राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मजदुरमाथि माओवादीले गरेको कुटपिटको भत्सर्ना गरेको छ। पोखराको बालुवाखानीमा काम गर्ने ३० मजदुरलाई माओवादीले कुटपिट गरेका थिए।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै हड्तालको कारण जनजीवन थप प्रभावित भएको जनाएको छ। आयोगले अनाम नगरमा भएको तोडफोड, सतुंगतलमा भएको झडप, पाकिस्तनी दूतावासमा काम गर्ने नेपाली सुरक्षाकर्मीमाथि भएको हमला लगायतका घटनाको भत्सर्ना गरेको छ। त्यस्तै सरकारले सुरक्षाकर्मीलाई धेरै समय खटाएको प्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ। हडतालमा बालबालिकाको प्रयोग भएको आरोपसमेत लगाएको छ।