६ वर्षको दबाबले 'हत्यारा' पक्राउ
१३ असार २०७४
•
९ मिनेट पाठ
६ वर्षको दबाबले 'हत्यारा' पक्राउ
काठमाडौं- 'खै त्यो डिएसपी कहाँ छ?,' डिल्लीमाया तामाङले आक्रोशित हुँदै मध्य क्षेत्रका प्रमुख डिआइजी गणेश केसीलाई सोधिन्, 'त्यसलाई पनि यो कार्यक्रममा ल्याएको भए हुने नि।'

१४ वर्षीया छोरी सुन्तली तामाङको बलात्कार र हत्याका फरार अभियुक्त श्याम राउतको पक्राउका लागि रामेछापकी सिरिसेकी डिल्लीमायाले संघर्ष थालेको ६ वर्ष पूरा भयो। उनको निरन्तर दबाबले प्रहरीको ध्यान केसबाट नहटे पनि सफल भने भइसकेको थिएन। ६ वर्षपछि बल्ल प्रहरीको प्रयास सफल भयो र भारतमा लुकेर बसेका राउत पक्राउ परेका छन्।

राउत पक्राउ र अनुसन्धान विवरण सार्वजनिक गर्न सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी केसी, महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरका एसएसपीद्वय दिनेश अमात्य र छविलाल जोशीसँगै रामेछापका डिएसपी कुमोद ढुंगेल पनि थिए।

घटनाको बेला रामेछाप प्रहरी प्रमुख रहेका तत्कालिन डिएसपी सञ्जीव शर्मा दास उपस्थित थिएनन्। डिल्लीमाया कार्यक्रममा उनै दासको खोजी गरिरहेकी थिइन्, जसले उनको छोरीको बलात्कार र हत्याका आरोपीलाई कानुनी कठघरामा उभ्याउन ६ वर्ष लगाएका थिए।

'जसले छोरी मार्‍यो उसैले धम्याएर गाउँमा बस्न दिएन। अन्तै गएर बस्नुपर्‍यो,' उनले रुँदै भनिन्, 'ढिलै भए पनि अपराधी पक्राउ पर्दा सन्तोष लागेको छ। तर, त्यो बेला दुःख दिने डिएसपीमाथि पनि कारवाही नभएसम्म म चुप बस्दिन।'

डिआइजी केसीका अनुसार किशोरीको बलात्कार र हत्या घटनाको अनुसन्धान लम्बिएर ६ वर्ष पुग्नुमा प्रारम्भिक अनुसन्धानमा प्रहरी अधिकारीबाट भएको लापरवाही कारक थियो। पीडकको प्रभावमा परेर अनुसन्धानअघि बढाउन नसकेको भन्दै दासमाथी विभागीय कारवाही भएको थियो।

विभागीय कारवाहीले मात्रै डिल्लीमायाको मन थामिएन। प्रहरी उनको आक्रोश सम्बोधनको प्रयासमा थियो। 'बलात्कार र हत्याको घटनासँगै अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी अधिकारी र जिल्ला प्रहरी नेतृत्वको मानवीय त्रुटिका कारण अभियुक्त भाग्न सफल भएका हुन् या नियोजित रूपमा भएको हो त्यो पनि अनुसन्धान गर्छौं,' डिआइजी केसीले भने, 'नियोजित देखियो भने अभियुक्तको सहयोगीको रूपमा कारवाही  अगाडि बढ्छ।'

१५ दिनको सकस

घटना हो, २०६८ माघ ५ को।

डिल्लीमाया छोरीलाई लिएर नजिकैको सिरिसे बजारबाट सामान किनेर घर फर्कंदै थिइन्। आफू गोठतिर लागिन्, छोरीलाई घर पठाइन्। गोठमा काम सकेर घर फर्कंदा छोरी घरमा थिइनन्। कतै गई होली भन्दै घरकै काममा भुलिन्। तर, रात कट्यो, छोरी आइनन्।

भोलिपल्ट दिनभर खोजे। छोरीले बोकेको डोको नजिकैको कवैटारको कुलोमा फेला पर्‍यो। तेस्रो दिन गाउँको खुन्दुकी भन्ने ठाउँमा चौबन्दी चोलो, चप्पल र भित्री वस्त्र फेला पर्‍यो तर छोरी फेला परिनन्।

प्रहरी र गाउँलेसँगै छोरीको खोजीमा सक्रिय थिए, तामाङ परिवार। छोरी हराएको १५ दिनपछि लिखु खोला किनारमा छोरीको अर्धनग्न शव फेला पर्‍यो।

घटनामा संलग्न हुनसक्ने आशंकामा तामाङका छिमेकी श्याम राउतलाई प्रहरीले प्रक्राउ गरी  अनुसन्धानको दायरामा ल्यायो। प्रारम्भिक बयानमा संलग्न नदेखिएको भन्दै प्रहरीले उनलाई दैनिक हाजिरीमा छाड्यो। थुनामुक्त भएको केही दिनमै उनी बेपत्ता भए।

तामाङ परिवारले उनको नाममा जाहेरी दर्ताको प्रयास गरे पनि तत्कालिन जिल्ला प्रहरी प्रमुख दासले जाहेरी लिएनन्। किशोरी बलात्कार र हत्याको जाहेरी लिन अस्वीकार गरेको सार्वजनिक भएपछि दवाव बढ्यो। दास प्रधान कार्यालय तानिए र २०६८ फागुन ३ मा आरोपी राउतविरुद्ध जाहेरी दर्ता भयो।

डिल्लीमायाको काठमाडौंयात्रा

जिल्लामा जाहेरी दर्ता भए पनि अनुसन्धान अगाडि बढेन। दैनिक हाजिरीमा छुटेका आरोपी फरार भइसकेका थिए। आरोपीका दाजु प्रदीप गाउँमा माओवादीका चल्तीका नेता थिए। उनले भाइलाई फसाएको भन्दै दिनदिनै धम्क्याएपछि डिल्लीमाया गाउँ छोडेर रानीबासमा बसाइँ सरिन्।

जिल्लातहको प्रहरी नेतृत्व असहयोगी भएपछि न्याय खोज्न डिल्लीमाया काठमाडौं आइन्। तत्कालिन मुख्य सचिव लिलामणी पौड्याललाई भेटिन्। तत्कालिन गृह सचिव नविन घिमिरे, प्रहरी प्रमुख सबैलाई भेटिन्।

दास काठमाडौं तानिएपछि उनको जाहेरी दर्ता त भयो तर आरोपी पक्राउ परेनन्। डिल्लीमायाको प्रयास जारी थियो। जिल्लामा आउने प्रहरीका नयाँ हाकिम हुन् या केन्द्रका नयाँ आइजी दोषी पक्राउको गुहारमा लगाइरहन्थिन्।

प्रहरी महानिरिक्षकलाई सम्बोधन गरेर न्याय मागेको उनको पत्र सार्वजनिक भएपछि प्रहरी पुनः तात्यो। रामेछाप प्रहरीलाई अनुसन्धानमा सघाउन महाशाखाका सइ रमेश बजगाईंलाई गृहले भारत जाने स्वीकृती दिएपछि एक साताअघि उनी दिल्ली पुगे। डिएसपी ढुंगेल नाकामा बसेर समन्वय गरिरहेका थिए।

भारतीय प्रहरीले अन्दामान निकोबारको एक होटलमा सेफको काम गर्ने राउत बिरामी भएर उपचारका लागि दिल्ली आउँदै गरेको खबर ल्यायो। उनी फेला परे र ११ गते नेपाल ल्याइयो।

'जिल्लामा नयाँ डिएसपी आएपछि रुदैं छोरीको हत्यारा खोजिदिनु आशिष लाग्छ भने, उहाँ(कुमोद)ले म पक्राउ गर्छु भन्नुभयो,' डिल्लीमायाले भनिन्, 'जो प्रहरी भेटे पनि हुन्छ हुन्छ भन्थे तर पक्राउ गर्दैनथे। तर यो पाली वचन पूरा भयो।'

बदनाम गरेकाले माँरे

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार नेपालबाट भागेर ६ वर्षदेखि भारत पुगेका राउतले सुन्तलीको हत्या गरेको स्वीकार गरेका तर बलात्कारको आरोप स्वीकारेका छैनन्।

राउतले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा सुन्तलीले आफू गाउँको केटीसँग लागेको भनेर बद्नाम गराएको झोंकमा कुट्दा उनी मरेपछि घिसारेर खोलामा लगेर फालेको दाबी गरेका छन्।

भिन्नाभिन्नै स्थानमा फेला परेका कपडा र शव फेला पर्दा कम्मरमुनीको भागमा कपडा नहुनु र शरीरमा लागेको चोटपटकको आधारमा उनीमाथि बलत्कारको आरोपसमेत छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस