रामेछापको चर्चित हत्याकान्डका अभियुक्त दिल्लीको अस्पतालबाट फन्दामा
१२ असार २०७४
•
८ मिनेट पाठ
रामेछापको चर्चित हत्याकान्डका अभियुक्त दिल्लीको अस्पतालबाट फन्दामा
हत्या अाराेपी श्याम राउतलाई सार्वजनिक गर्न लैजाँदै प्रहरी। तस्विरः केपी
काठमाडौं— चाैध वर्षीया किशोरीको बलत्कारपछि हत्या गरी भारतमा लुकेर बसेका श्याम राउतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रामेछापकी सुन्तली तामाङको बलत्कारपछि हत्या गरी भागेर भारत पुगेका राउतलाई मध्यक्षेत्र प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त अनुसन्धानमा भारतको नोयडाबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएको हो।




२०६८ माघ ५ मा हराएकी तामाङको शब १५ दिनपछि लिखु खोलामा फेला परेको थियो। अनुसन्धानमा उनको बलत्कारपछि हत्या भएको खुलेको थियो। तामाङकी छिमेकी श्याम राउत प्रारम्भिक शंकामा परेका थिए। अनुसन्धानका क्रममा उनी प्रहरी नियन्त्रणमुक्त भएपछि भागेर भारत पुगेका थिए।

‘भारतीय प्रहरीको सहयोगमा भारतको अन्दामान निकोबार टापुमा रहेका राउतमाथि निगरानी राखेका थियौं,’ राउत पक्राउबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा डिआइजी गणेश केसीले भने ‘उनी भारतको नोयडा आएको खुल्यो। नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा निगरानीमा राख्दा रुपन्देहीको नेपाल भारत सिमामा फेला परे।’

बलात्कार र हत्यामा संलग्न भएको भन्दै श्याम राउतविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने खोज्दा प्रहरीले लिन मानेन्। कक्षा ७ मा पढ्दै गरेकी सुन्तलीलाई सैपु १ खुदुर्री बस्दै आएका १९ वर्षीय राउतले बलत्कार र हत्या गरेका थिए। ६ वर्षसम्म पनि छोरीको बलत्कार र हत्यामा संलग्न पक्राउ नपरेकोमा उनकी आमा डिल्लीमाया तामाङ न्याय माग्दै काठमाडौं आइन्।  बलत्कार र हत्याको घटनाको अनुसन्धान गर्नुपर्ने प्रहरीले उल्टो जाहेरी समेत नलिइ पीडकको पक्ष लिएको थियो।

डिआइजी केसीले राउत नेपाल भारत बोर्डरमा पक्राउ परेको दावी गरे पनि स्रोतले उनलाई नोयडामै नियन्त्रणमा लिएर भारतीय प्रहरीको सहयोगमा नेपालको बोर्डरसम्म ल्याएको पुष्टि गर्‍यो। १४ वर्षिय किशोरीको बलत्कार हत्या जस्तो क्रुर घटनामा संलग्न फरार अभियुक्त पक्राउ नपर्दा ‘पहुँचबिहीनले न्याय नपाउने’ भन्दै दवाब बढेको थियो। मृतककी आमा डिल्लीमायाको सक्रियताका कारण अनुसन्धानका लागि प्रहरीलाई अनुसन्धानका लागि दवाब थियो।

मध्यक्षेत्र प्रहरीले घटनाको अनुसन्धान जिम्मा रामेछापका डिएसपी कुमोद ढुंगेललाई दिएपछि ढुंगेलले महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत सई रमेश बजगाईलाई काजमा झिकाएर अनुसन्धानमा संलग्न गराएका थिए।

स्रोतका अनुसार राउत निकुबारमा रहेको एक होटलमा काम गर्थे। उनी बिरामी भएपछि उपचारका लागि नोयडामा आएको बेला राउतको खोजीका लागि भारत गएको महाशाखाका सई रमेश बजगाइँले उनको पहिचान गरेका थिए। उनै बजगाइँले राउतलाई नेपालसम्म ल्याएका हुन्। नेपाल बोर्डरमा रहेका ढुंगेलले राउतलाई काठमाडौं ल्याएका थिए।

राउतलाई सार्वजनिक गर्न आयोजित कार्यक्रममा सहभागी हुन मृतककी आमा डिल्लीमाया रामेछापबाट काठमाडौं आएकी थिइन्। उनले कार्यक्रममा पहिला प्रहरीले नै केस विगारेकाले राउत पक्राउ पर्छ भन्ने विश्वासै हराएकोमा ६ वर्षपछि भए पनि पक्राउपर्दा खुसी लागेको बताइन्।

‘पहिलेको डिएसपीले उल्टै मलाई थर्काए र राउतलाई भगाउन सहयोग गरे,’ डिल्लीमायाले भनिन् ‘रामेछापमा नयाँ डिएसपी आएपछि उहाँले म पक्राउ गरेरै छाड्छु भन्नु भए पनि विश्वास लागेको थिएन। तर उहाँ(कुमोद) वचनको पक्का हुनुहुदो रहेछ। मेरो आशिक लागोस् ।’

सुन्तली हत्याकान्ड के हो?

रामेछापकी सुन्तली तामाङ २०६८ माघ ५ मा घरबाट हराइन्। उनी घर नजिकै रहेको सिरिसे बजारमा सामान किनेर घर फर्कदै गर्दा हराएकी थिइन्। त्यसको १६ दिनपछि उनको शव खोला फालेको अवस्थामा भेटियो। मेडिकल जाँचबाट उनको बलत्कारपछि हत्या भएको पुष्टि भयो।

सुन्तली हराएको रात स्थानीयले जंगलमा कुनै युवती चिच्च्याएको आवाज सुनेका थिए। तर त्यो आवाज छोरीको हो भन्ने चाल पाएनन्। हराएको १६ दिनपछि लिखु नदी किनारमा उनको शव फेला परेको थियो। शव फेला पर्दा कम्मर मुनी कपडा थिएन।

बलात्कार र हत्यामा संलग्न भएको भन्दै श्याम राउतविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने खोज्दा प्रहरीले लिन मानेन्। कक्षा ७ मा पढ्दै गरेकी सुन्तलीलाई सैपु १ खुदुर्री बस्दै आएका १९ वर्षीय राउतले बलत्कार र हत्या गरेका थिए। ६ वर्षसम्म पनि छोरीको बलत्कार र हत्यामा संलग्न पक्राउ नपरेकोमा उनकी आमा डिल्लीमाया तामाङ न्याय माग्दै काठमाडौं आइन्।  बलत्कार र हत्याको घटनाको अनुसन्धान गर्नुपर्ने प्रहरीले उल्टो जाहेरी समेत नलिइ पीडकको पक्ष लिएको थियो।

सुन्तलीको परिवारले घटनापछि राउतविरुद्ध जाहेरी दिन खोज्दा रामेछापका तत्कालिन डिएसपी सञ्जिव शर्मा दासले जाहेरी दर्ता र अनुसन्धानको साटो मिलमपत्र गर्न दबाब दिएका थिए। घटना ढाकछोप गर्न दास अाफैँ सक्रिय भएको सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले उनलाई काठमाडौं तानेको थियो। उनी काठमाडौं तानिएपछि २०६८ फागुन ३ मा आरोपी राउतविरुद्ध जाहेरी दर्ता भएको थियो।  प्रहरीको आलोचना बढेपछि केन्द्रले नै घटनाको अनुसन्धान जिम्मा लिएको थियो।

भिडियो

अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस