प्रहरीमा बढुवा सुरु
०६ असार २०७४
•
५ मिनेट पाठ
प्रहरीमा बढुवा सुरु
काठमाडौं- चार हजार बढी पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि नबढाउँदा आलोचित प्रहरी प्रशासनले बढुवा सिफारिस समितिलाई सक्रिय बनाएको छ।

एआइजीदेखि जवानसम्म पद रिक्त भए पनि बढुवा समिति निष्त्रि्कय थियो। नयाँ कार्यमूल्यांकनको समय निकट आउँदा पनि बढुवा अगाडि नबढाउँदा गृह र प्रहरी प्रशासनको आलोचना भएको थियो।

असारभित्र सबै रिक्त पदमा बढुवा गर्ने योजनासहित प्रहरी हबलदार र असईको बढुवाका लागि फाइल उठिसकेको छ।

गृहमन्त्रीमा जनार्दन शर्मा आएपछि गत बुधबार उनले बढुवा अगाडि बढाउने बताएका थिए। उनले दाबी गरेको पाँच दिनपछि आइतबारदेखि तल्लो तहको बढुवा प्रक्रिया अगाडि बढेको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार असारभित्र सबै रिक्त पदमा बढुवा गर्ने योजनासहित प्रहरी हबलदार र असईको बढुवाका लागि फाइल उठिसकेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार संगठनमा चार सय ९७ हबल्दार र दुई सय ८७ सई पद रिक्त छ। जनपदतर्फ रिक्त  तीन सय ९० हबल्दार र दुई सय नौ सईमा बढुवाका लागि प्रक्रिया अगाडि बढेको हो।

यी दुवै रिक्त पदमा सबै बढुवाबाटै पदपूर्ति हुने प्रावधान छ। प्रहरी जवान, असई र प्रहरी निरीक्षक भने आन्तरिक र खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने प्रावधान छ।

'अहिले जनपद समूहतर्फको रिक्त पदमा बढुवाका लागि पक्रिया सुरु भएको हो,' स्रोतले भन्यो, 'सम्भवतः मंगलबार सिफारिस सूची सार्वजनिक हुनेछ। यसपछि प्राविधिक र माथिल्लो तहको बढुवा अगाडि बढाउने रणनीति छ।'

तल्लो तहबाट बढुवा

प्रहरी संगठनमा एआइजीदेखि प्रहरी जवानसम्म चार हजार तीन सय ३६ पद रिक्त भए पनि गृह मन्त्रालय र प्रधान कार्यालयले तल्लो तहबाट बढुवा प्रक्रिया सुरु गरेका हुन्।

लामो विवादपछि संगठनले आइजिपी पाए पनि अदालतमा मुद्दा विचाराधीन छ। संगठनमा तीन एआइजी पद रिक्त छ। चार डिआइजी, १८ एसएसपी, १६ एसपी, ९१ डिएसपी र एक सय ११ प्रहरी निरीक्षक पद रिक्त छ। रिक्त संख्या प्राविधिक र जनपद समूहको हो।

साउन ७ भित्र बढुवा प्रक्रिया नटुंग्याए नयाँ कार्यसम्पादनअनुसार बढुवा अगाडि बढाउनुपर्ने कानुनी बाध्यता छ। साउन ७ भित्र नटुंगिए बढुवा भदौ मसान्त पुग्ने भएपछि माथिल्लो तहबाट बढुवा प्रक्रिया अगाडि बढाउन दबाब बढेको थियो।

गृहमन्त्री शर्माले आफ्नो सार्वजनिक भाषणमा संगठनको तल्लो तहका कर्मचारीको मनोबल उच्च राख्न जोड दिँदै आएका थिए। सोही प्राथमिकताअनुसार गृह र प्रहरी प्रशासनले तल्लो तहबाट बढुवा थालेको हो।

आइजीपी नियुक्ति विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा गृह र प्रधान कार्यालयले एआइजीमा बढुवा प्रक्रिया अगाडि बढाउन सकेको छैन। प्रहरीको प्रशासनिक संरचनाअनुसार एआइजीको सात पद भए पनि २०७१ मा सरकारले निर्णय गर्दै तीन पद कायम गराएको छ।

प्रहरी नियमावलीको अवकाशको प्रावधान कायमै रहने हो भने डिआइजीको रिक्त चार पदमा जो बढुवा हुन्छन् भावी प्रहरी नेतृत्व उनीहरूबाटै चयन हुनेछ। आइजी मुद्दा टुंगिए एआइजीको सात पद कायम गरी एआइजी बनाउँदा डिआइजीमा रिक्त पद संख्या ११ पुग्छ।

नियमावलीमा रहेको पदावधि, उमेर अवधि र सेवा अवधिका आधारमा अवकाशको प्रावधान संशोधन नभए अहिलेका आइजी प्रकाश अर्यालसहित उनको ब्याचका सबैले नौ महिनापछि अवकाश पाउनेछन्। भावी नेतृत्वका आकांक्षी अहिले एसएसपी पदमा कार्यरत छन्।
अर्को समाचार
प्रहरीमा बढुवा सुरु
०७ असार २०७४
•
५ मिनेट पाठ
प्रहरीमा बढुवा सुरु
काठमाडौं- चार हजार बढी पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि नबढाउँदा आलोचित प्रहरी प्रशासनले बढुवा सिफारिस समितिलाई सक्रिय बनाएको छ।

एआइजीदेखि जवानसम्म पद रिक्त भए पनि बढुवा समिति निष्क्रिय थियो । नयाँ कार्यमूल्यांकनको समय निकट आउँदा पनि बढुवा अगाडि नबढाउँदा गृह र प्रहरी प्रशासनको आलोचना भएको थियो।

गृहमन्त्रीमा जनार्दन शर्मा आएपछि गत बुधबार उनले बढुवा अगाडि बढाउने बताएका थिए । उनले दाबी गरेको पाँच दिनपछि आइतबारदेखि तल्लो तहको बढुवा प्रक्रिया अगाडि बढेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार असारभित्र सबै रिक्त पदमा बढुवा गर्ने योजनासहित प्रहरी हबलदार र असईको बढुवाका लागि फाइल उठिसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार संगठनमा चार सय ९७ हबल्दार र दुई सय ८७ सई पद रिक्त छ । जनपदतर्फ रिक्त  तीन सय ९० हबल्दार र दुई सय नौ सईमा बढुवाका लागि प्रक्रिया अगाडि बढेको हो ।

यी दुवै रिक्त पदमा सबै बढुवाबाटै पदपूर्ति हुने प्रावधान छ । प्रहरी जवान, असई र प्रहरी निरीक्षक भने आन्तरिक र खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने प्रावधान छ ।

‘अहिले जनपद समूहतर्फको रिक्त पदमा बढुवाका लागि पक्रिया सुरु भएको हो,’ स्रोतले भन्यो, ‘सम्भवतः मंगलबार सिफारिस सूची सार्वजनिक हुनेछ । यसपछि प्राविधिक र माथिल्लो तहको बढुवा अगाडि बढाउने रणनीति छ ।’

तल्लो तहबाट बढुवा

प्रहरी संगठनमा एआइजीदेखि प्रहरी जवानसम्म चार हजार तीन सय ३६ पद रिक्त भए पनि गृह मन्त्रालय र प्रधान कार्यालयले तल्लो तहबाट बढुवा प्रक्रिया सुरु गरेका हुन् ।

लामो विवादपछि संगठनले आइजिपी पाए पनि अदालतमा मुद्दा विचाराधीन छ । संगठनमा तीन एआइजी पद रिक्त छ । चार डिआइजी, १८ एसएसपी, १६ एसपी, ९१ डिएसपी र एक सय ११ प्रहरी निरीक्षक पद रिक्त छ । रिक्त संख्या प्राविधिक र जनपद समूहको हो ।

साउन ७ भित्र बढुवा प्रक्रिया नटुंग्याए नयाँ कार्यसम्पादनअनुसार बढुवा अगाडि बढाउनुपर्ने कानुनी बाध्यता छ । साउन ७ भित्र नटुंगिए बढुवा भदौ मसान्त पुग्ने भएपछि माथिल्लो तहबाट बढुवा प्रक्रिया अगाडि बढाउन दबाब बढेको थियो ।

गृहमन्त्री शर्माले आफ्नो सार्वजनिक भाषणमा संगठनको तल्लो तहका कर्मचारीको मनोबल उच्च राख्न जोड दिँदै आएका थिए । सोही प्राथमिकताअनुसार गृह र प्रहरी प्रशासनले तल्लो तहबाट बढुवा थालेको हो।

आइजीपी नियुक्ति विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा गृह र प्रधान कार्यालयले एआइजीमा बढुवा प्रक्रिया अगाडि बढाउन सकेको छैन । प्रहरीको प्रशासनिक संरचनाअनुसार एआइजीको सात पद भए पनि २०७१ मा सरकारले निर्णय गर्दै तीन पद कायम गराएको छ।

प्रहरी नियमावलीको अवकाशको प्रावधान कायमै रहने हो भने डिआइजीको रिक्त चार पदमा जो बढुवा हुन्छन् भावी प्रहरी नेतृत्व उनीहरूबाटै चयन हुनेछ । आइजी मुद्दा टुंगिए एआइजीको सात पद कायम गरी एआइजी बनाउँदा डिआइजीमा रिक्त पद संख्या ११ पुग्छ ।

नियमावलीमा रहेको पदावधि, उमेर अवधि र सेवा अवधिका आधारमा अवकाशको प्रावधान संशोधन नभए अहिलेका आइजी प्रकाश अर्यालसहित उनको ब्याचका सबैले नौ महिनापछि अवकाश पाउनेछन् । भावी नेतृत्वका आकांक्षी अहिले एसएसपी पदमा कार्यरत छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस