बित्यो दुई वर्ष, पुनर्निर्माण सुस्त
१२ वैशाख २०७४
•
७ मिनेट पाठ
बित्यो दुई वर्ष, पुनर्निर्माण सुस्त
काठमाडौं- विनाशकारी भूकम्प गएको ठ्याक्कै दुई वर्ष पुग्यो। भूकम्पले उपत्यकासहित १४ जिल्लामा ठूलो धनजनको क्षति गर्‍यो। हजारौंले ज्यान, लाखौंले बास गुमाए।

तथ्यांकअनुसार १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ परिवारको घर भत्कियो। भत्किएका घर सरकारले ठड्याउने घोषणा त गर्‍यो तर विडम्बना, दुई वर्ष पुग्दा एउटै घर पनि ठड्याउन सकेन।

भूकम्पले भत्काएको संरचना उठाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खडा गरियो। सोमबार नागरिकले फोन गरेर प्राधिकरणले अहिलेसम्म कति घर बनायो भनेर सोध्दा प्राधिकरणका प्रवक्ता यमलाल भुसाल अकमकिए।

भूकम्प गएको दुई वर्ष पुग्दा पनि सरकारको अनुदानबाट निर्माण सम्पन्न घरको संख्या शून्य छ।

प्राधिकरणले पछिल्लो तथ्यांक वैशाख ५ गते वेबसाइटमा अद्यावधिक गरेको छ। तथ्यांकमा तेस्रो किस्ता लिने ४ सय २० परिवार देखिएका छन्। तेस्रो किस्ता लिएपछि घर निर्माण सम्पन्न भएको मान्ने हो भने २ वर्षको अवधिमा ४ सय २० परिवारले घर ठड्याए भन्न सकिन्छ। तर, यी घर पनि सरकारी अनुदानमा बनेका भने होइनन् । प्राधिकरणकै वेबसाइटमा यी घर बनाउन गैरसरकारी संस्थाले तेस्रो किस्ताबापतको रकम अनुदान दिएको उल्लेख छ। सरकारबाट तेस्रो किस्ता अनुदान लिनेको संख्या शून्य लेखिएको छ वेबसाइटमा।

‘एनजिओ तथा आइएनजिओबाट तेस्रो किस्ता लिनेलाई पनि प्राधिकरणबाटै लिएर बनाएका हुन् भन्ने बुझ्नुपर्छ,’ प्राधिकरणका प्रवक्ता भुसालले भने, ‘आखिर प्राधिकरणले दिने पनि त दाताबाटै आएको रकम त हो नि।’ उनका अनुसार एनजिओ तथा आइएनजिओ पनि प्राधिकरणकै मातहतमा रहेर काम गरेकाले यसलाई पनि सरकारले नै बनाएको हो। फरक ढंगले नबुझ्न भुषालले अनुरोध गरे। तर, प्राधिकरणले नै तेस्रो किस्ता वितरण गरेर निर्माण सम्पन्न नभएको भने स्विकारे।

निजी आवास निर्माणका लागि सरकारले तीन लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो। यही रकम समयमा उपलब्ध गराउन नसक्दा भूकम्पले भत्केका घर ठडिन नसकेको पीडितको गुनासो छ।

सरकारले अनुदान उपलब्ध गराएपछि घर बन्ने क्रम भने जारी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार ५ लाख ५७ हजार ४ सय ६१ जनाले घरको जग राख्न लिने पहिलो किस्ताको डेढ लाख रुपैयाँ अनुदान बुझिसकेका छन्। यसमध्ये ४९ हजार ८ सय ३८ परिवारले घर बनाउन थालेको भुसालले जानकारी दिए।

‘अहिलेसम्म प्राधिकरणबाटै वितरित अनुदानबाट घर ठडिएका नभए पनि ठडिने क्रम जारी छ,’ भुसालले भने, ‘अनुदान रकमबाट घर बनिरहेका छन्, चाँडै नै सम्पन्न हुनेछन्।’

प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेल पनि सरकारले पीडितलाई दिनुपर्ने सुविधा सबै दिएकाले घर बन्ने क्रम जारी रहेको बताउँछन्। ‘हामीले अनुदान, प्राविधिक सबै उपलब्ध गराएका छौं,’ पोखरेलले भने, ‘अबको केही महिनामा धेरै घर बनिसक्नेछन्।’ उनका अनुसार पहिला केही समस्या तथा ढिलाइ भए पनि अहिले त्यस्तो केही नरहेकाले पीडितहरु अनुदान लिएर धमाधम घर बनाउन लागिरहेका छन्।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू) को पछिल्लो तथ्यांकले ७ सय ८ जनाले तेस्रो किस्ताका लागि प्रमाणीकरण भएको देखाएको छ। एकाइले प्रत्येक दिनको तथ्यांक अद्यावधिक गर्छ। ‘तेस्रो किस्ताका लागि प्रमाणीकरण भएकाले घर निर्माण सम्पन्न गरिसकेका हुन्,’ एकाइका निर्देशक टपेन्द्रबहादुर खड्काले भने।

प्राधिकरणले प्रमाणीकरण भएका पीडितको अन्तिम किस्ताको अनुदान कतिले लिइसकेका छन् भने कतिले लिने क्रममा रहेको जनाए। ‘प्रक्रिया पुर्‍याउँदै आउनुपर्ने हुन्छ,’ प्राधिकरण प्रवक्ता भुसालले भने, ‘तेस्रो किस्ताका लागि ७ सय आठ जनाको प्रक्रिया अन्तिम चरणमा छ। केहीले त लिईसकेका छन्।’

अहिलेसम्म दोस्रो किस्ता लिएर ३६ सय ५३ घर निर्माण सम्पन्न भएका छन् तर यिनले तेस्रो किस्ता भने पाएका छैनन्। पहिलो, दोस्रो किस्ता लिए पनि मापदण्ड तथा प्रक्रिया नपुगेपछि तेस्रो किस्ता नपाएको प्राधिकरणले बतायो। अधिकांश घर मापदण्ड नपुग्ने कारणले गर्दा पनि तेस्रो किस्ताका लागि कम पीडितमात्रै प्रमाणीकरणमा परेको प्राधिकरणले जनायो। प्रक्रिया तथा घरको मापदण्ड पुर्‍याएर दोस्रो तथा तेस्रो किस्ताका लागि आवेदन दिने पीडितले भने प्राधिकरणको प्रक्रियाअनुसार ढिलो नगरी अनुदान रकम पाउने भुसालको भनाइ छ।

आफ्नै लगानीमा भने १८ हजार ६ सय ६३ पीडित परिवारले घर बनाइसेका छन्। त्यसैगरी पहिलो तथा दोस्रो किस्ताको अनुदान लिएर ३६ सय ५३ घर निर्माण सम्पन्न भएका छन्। यीमध्ये ७ सय आठ घरमात्रै तेस्रो किस्ता लिन मापदण्ड पुगेका ठहरिएका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस