दावालाई गोली हानेपछि एसएसपीलाई फोन
३० चैत्र २०७३
•
६ मिनेट पाठ
दावालाई गोली हानेपछि एसएसपीलाई फोन
गुण्डा नाइके दावा लामा
काठमाडौं- गौरीघाटस्थित बागमती नदी किनारामा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुन्डा’ दावा लामा घाइते भएको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी र महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्य घटनास्थलतर्फ जाँदै थिए।




जोरपाटी नयाँबस्तीमा बस्दै आएका लामा पार्टी प्यालेसमा रहेको हेल्थ क्लबमा नियमित आउँथे। मंगलबार बिहान ९:२० मा उनले क्लबअगाडि गाडी रोकेर पार्टी प्यालेसको गेटभित्र प्रवेश गर्नेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो।

घटनास्थल अवलोकनका लागि कार्यालयको गाडीमा जाँदै गरेका जोशीको मोबाइलमा ९:४० मा कल आयो। नम्बर देखिएको थिएन, प्राइभेट लेखिएको थियो । उनले फोन उठाए ।

‘म हङकङबाट लोप्साई राई बोलेको, दावा लामालाई मैले गोली हान्न लगाएको हुँ ।’

घटनाको जिम्मेवारी लिन फोन आउँदा उनी चकित परे । किन गोली हानेको भनेर सोध्दा जबाफ आयो, ‘उसले मलाई यति धेरै दुःख दिएको छ, त्यो सुन्नुभयो भने तपाईं रुनुहुन्छ ।’

कुराकानीको बिट मार्दै जोशीले भने, ‘घटनामा संलग्न जहाँ भए पनि जोगिन सक्दैन, म रुने हैन, तेरो रुने दिने आयो अब ।’ तीन मिनेट २० सेकेन्डमा कुराकानी टुंगियो ।

प्रहरीले अनुसन्धान अलमल्याउन फोन गरेर घटनाको जिम्मेवारी लिएको निष्कर्ष निकालेको छ । आपराधिक घटनामा फोन गरेर जिम्मेवारी लिएको यो दोस्रो पटक हो । यसअघि बुटवलमा गोली हानेर युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएपछि मनोज पुनले फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।

‘म हङकङबाट भन्दै घटनाको जिम्मेवारी लिन फोन आएको थियो, तर कसले गोली हानेको हो यकिन भइसकेको छैन,’ एसएसपी जोशीले नागरिकसँग भने, ‘केही व्यक्ति शंकाको घेरामा छन्।’ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहेका दावाले सुटरलाई आफूले नचिनेको तर प्रहरीले नै गोली हानेको दाबी गरेका थिए ।

गोली हालेको प्रत्यक्ष दृश्य फेला प¥यो, सुटर पहिचान भएन

घटनाबारे प्रहरीले फेला पारेको क्लोज सर्किट टेलिभिजनको दृश्यमा हाफ पाइन्ट र चप्पलमा रहेका दावा ब्याग बोकेर दक्षिणतिरको बाटो हुँदै पार्टी प्यालेस प्रवेश गरेको देखिन्छ ।

उनले बाटो क्रस गरेलगत्तै दक्षिणतिरबाटैसेतो मास्क लगाएका र झोला बोकेका अर्का व्यक्ति उनको पछाडि देखिन्छन् । दावा ढोका नजिक पुगेपछि सुटर हतारहतार नजिक आउँछन् र दावा गेटभित्र प्रवेश गरेलगत्तै पेस्तोल निकालेर फायर गर्छन् ।

पहिलो गोली उनको गोडामा लागेपछि दावाले पछाडि फर्केर हेर्दा हातमा बन्दुक बोकेका सुटर देख्छन् । सुटरले लगातार दुई राउन्ड गोली हानेपछि उनी पार्टी प्यालेसको कम्पाउन्डमा ढल्छन् र सुटर पश्चिमतिर  भाग्छन् ।

पेस्तोल निकाल्ने, समात्ने शैली र सुटरको शारीरिक बनोट हेर्दा उनी अनुभवी सुटर रहेको प्रहरीको निष्कर्ष छ । लामो समय दावाको दैनिकी निगरानी गरेर गोली हान्ने योजना बनेको अनुमान प्रहरीले गरेको छ । पहिलो गोली दावाको देब्रे खुट्टामा लागेको थियो । दुई राउन्ड गोली कम्मरमाथि लागेको थियो ।

पहिलो गोली शरीरको माथिल्लो भागमा हान्दा छलेर दावा भाग्नसक्ने भन्दै सुटरले गोडामा गोली हानेर शरीरका अन्य भागमा हानेको देखिन्छ ।

प्रहरी सूचीमा बी ग्रेडका गुन्डा


दावा उपत्यकाको गुन्डागर्दीमा संलग्न व्यक्ति हुन् । प्रहरीले हालै सार्वजनिक गरेको गुन्डागर्दीको सूचीमा उनको नाममा बी ग्रेडमा छ । जबरजस्ती रकम असुली र संगठित रूपमा जुवा खेलाउन कहलिएका उनी एक महिनाअगाडि राम गिरीलाई कुटेको अभियोगमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

प्रारम्भमा काभ्रेली समूहका सदस्य रहेका उनी गणेश लामा समूहमा थिए । पछि उनी कुमार श्रेष्ठ ‘घैंटे’ को समूहमा गएका थिए । प्रहरी इन्काउन्टरमा घंैटे मारिएपछि उनी आफैं समूह परिचालन गर्दै आएका थिए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस