काठमाडौं- सहरबासीमा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचार सेवा पुर्याउने गरी काठमाडौंमा स्वास्थ्य प्रवर्द्धन केन्द्र (जनता स्वास्थ्य क्लिनिक) सञ्चालन गरिने भएको छ। सामान्य रोगका उपचार, विभिन्न परीक्षणसँगै स्वास्थ्य चेतनामार्फत् स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच संयुक्त रूपमा केन्द्र स्थापनाको सहमतिसमेत भइसकेको छ। तत्काल काठमाडौंका ११ वडा र तीन वर्षभित्र प्रत्येक वडामा यस्तो केन्द्र खोल्ने सहमतिसमेत भएको छ।
महानगरका २२ लाख स्थायीसहित झण्डै त्यतिकै संख्यामा बाहिरबाट आएर बसोबास गर्ने जनसंख्यामा आधारभुत स्वास्थ्य सेवा पुर्याउन व्यवस्थित संरचना बनाउन यस्तो कार्यक्रम योजना अगाडि ल्याएको स्वास्थ्यमन्त्री गगन थापाले बताए। 'यसले महानगरबासीमा एकीकृत स्वास्थ्य सेवा पुर्याउने संरचना बन्छ,' उनले भने, 'अर्कोतिर सामान्य रुघाखोकी लाग्दा पनि ठूलै अस्पतालमा धाउनुपर्ने अवस्थासमेत अन्त्य भई अस्पतालको चापसमेत घटाउँछ।'
मन्त्री थापाका अनुसार योग तथा शारीरिक व्यायामसहित स्वास्थ्यसँग खाना, पानी लगायतको गुणस्तर पनि नियमन गरिनेछ। 'हामीले पहिल्यैदेखि बस्न योग्य (लिभेवल) काठमाडौं जस्ता अभियान चलाउँदै आएका थियौं,' उनले भने, 'त्यसका लागि स्वास्थ्यको इनिसेटिभ हो।'
यो वर्षको कार्यक्रममा नभए पनि अतिरिक्त बजेटबाट सुरुवात गरेको यो कार्यक्रमलाई आगामी वर्षदेखि नियमित कार्यक्रममा राख्ने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकातिर सहरबासी आधारभुत सेवाका लागिसमेत ठूला अस्पताल धाउनुपर्ने अवस्था छ। ठूला अस्पतालमा समेत आधारभुत र निःशुल्क भनेका सेवा उपलब्ध हुन्नन। जसले गर्दा एकातिर ठूला अस्पतालमा चाप हुने भएकोले गम्भीर र रिफर भएका बिरामीले उचित 'केयर' नपाउने अवस्था छ।
सोही आधारमा स्वास्थ्य मन्त्रालयले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणा ल्याएको हो। 'सहरी केन्द्र त सहरीबासीको रोगको ट्रेनलाई सम्बोधन गर्ने हुनुपर्छ,' मन्त्री थापाले थपे, 'त्यहि भएर हामीले नयाँ सेवासहित एकीकृत केन्द्र स्थापनाको निर्णय गरेका हौं।'
काठमाडौं जनस्वास्थ्य कार्यलय प्रमुख महेन्द्र श्रेष्ठका अनुसार तत्काल ११ स्थान चावहिल, मैतिदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, मित्रनगर, डल्लु आवास, बालाजु र बाफलमा स्वास्थ्य केन्द्र खोलिने छ। श्रेष्ठले भने, 'मैतिदेवी, चावहिल, कुलेश्वरलगायत ठाउँमा एक हप्ताभित्रै सेवा सुरु हुन्छ।'
विभिन्न अध्ययनले सहरका गरिबमा खोप, परिवार नियोजनजस्ता आधारभुत सेवाको पहुँच कमजोर रहेको देखाएको छ। सरकारले धेरै औषधी सेवा निःशुल्क गरे पनि सहरबासी नै वञ्चित हुनुपरेको र सामान्य सेवाका लागि पनि चर्को शुल्क र लाइन लाग्ने ठूला अस्पताल नै धाउनुपर्ने बाध्यता छ।
हाल स्वास्थ्य मन्त्रालयको प्राविधिक सहयोगमा उपत्यकामा २७ सहरी स्वास्थ्य क्लिनिक र एउटा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन रहे पनि सेवा प्रभावकारी हुनसकेको छैन। काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख श्रेष्ठका अनुसार अब स्थापना हुने केन्द्रबाट नसर्ने दीर्घ रोग नियन्त्रणका लागि जीवनसिपमा आधारित स्वास्थ्य सेवा सहितका नयाँ सेवासमेत सुरु हुन्छ।
अस्वस्थकर जीवनशैली, तनावलगायत कारणले मुटु, मिर्गौला, क्यान्सरजस्ता रोगसँगै मानसिक स्वास्थ्य समस्यासमेत सहरमा बढ्दै गएको छ। यस्ता धेरै रोग जीवनशैली र खानपानमा परिवर्तनले घटाउन सकिन्छ। केन्द्रमार्फत् स्वस्थ आहार र बानी प्रवर्द्धनसहित मनोपरामर्शसमेत दिइने हुनाले रोगको दर घटाउन सहयोग पुग्ने स्वास्थ्य अधिकारीले विश्वास लिएका छन्।
श्रेष्ठका अनुसार प्रत्येक केन्द्रअर्न्तगत एक हेल्थ इन्पेक्टरसमेत खटाएर स्वास्थ्य जीवनका लागि वातावरणको नियमित अनुगमनसमेत गराइनेछ। मन्त्रालयका अनुसार पहिलोपटक उपचारसेवासँगै रोग निरोधात्मक पक्षलाईसमेत ध्यानमा राखेर पहुँच क्षेत्रमा वातावरणीय र अन्य जनस्वास्थ्य गतिविधिको एकीकृत अनुगमनसमेत गरिनेछ।
'स्वास्थ्य निरीक्षकले त्यस क्षेत्रभित्र स्वास्थ्यसँग जोडिएका वातावरणीय सेवा सुविधासहित खाद्य, पानीलगायतको निरीक्षणसमेत गर्नेछ,' डोटेलले भने।
'किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवा र वृद्धवृद्धाका लागि परामर्शसमेत यस्ता केन्द्रबाट प्राप्त हुन्छ,' श्रेष्ठले भने, 'सहरका आवश्यकता र नयाँ चुनौतीलाई ध्यानमा राखेर उपचारात्मक र प्रवर्द्धनात्मक सेवा केन्द्रित छ।' केन्द्रबाट अन्य नियमित सेवा खोप, पोषण, बालरोगको एकीकृत व्यवस्थापन, प्रकोप तथा महामारी नियन्त्रणजस्ता सेवा एकीकृत रूपमा प्राप्त हुनेछ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलका अनुसार स्वास्थ्य मन्त्रालय र कामपाको संयुक्त प्रयासमा भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन एवम् सेवा प्रवाहका लागि औजार उपकरण र औषधि व्यवस्थापन गरिने सहमति भएको छ। संघीयताको पूर्ण कार्यान्वयन हुँदा यसको पूर्ण स्वामित्व र दायित्व महानगरको हुने तर, प्राविधिक सहयोग भने स्वास्थ्यले निरन्तर दिने डोटेलले बताए।
काठमाडौ महानगरका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सुरु हुने यो सेवाबाट सहरी जनसंख्या र विपन्न बढी लाभान्वित हुने बताए। सहरबासीले नजिकको स्थानमा निःशुल्क रूपमा नियमित परीक्षण, प्राथमिक उपचार र परामर्श सेवा पाउने भएकाले यी केन्द्र नमुना हुने डोटेलको भनाइ छ।
मन्त्रालयले अन्य महानगर/उपमहानगर/नगर/गाउपालिकासँग सम्झौता गर्दै जनता स्वास्थ्य केन्द्रलाई देशभर विस्तार गर्ने योजना रहेको जनाएको छ।
के/के सेवा
नसर्ने रोगको रोकथाम
वातावरणको नियमित अनुगमन
खोप, बालरोग एकीकृत व्यवस्थापन
प्रकोप तथा महामारी नियन्त्रण
सरुवा रोगको उपचार
मातृ, परिवार नियोजन सेवा
चोटपटकको उपचार
प्रयोगशाला र फार्मेसी सेवा
यौन तथा प्रजनन् स्वास्थ्य
क्षयरोग, एचाआइभी, मलेरिया उपचार
मानसिक रोग परामर्श
किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सेवा
वृद्धवृद्धाका लागि परामर्श