बनेपा, वैशाख १ (नागरिक)- माइक्रो बस रिजर्भ गरेर सिन्धुली, दुम्जास्थित कुशेश्वर महादेव दर्शन गर्न हिँडेका एकै टोलका २१ जना घाइते भएका छन्। काठमाडौं मनपा–४, चण्डोल चप्पल कारखाना नजिकैका उनीहरु नयाँ वर्ष मनाउने क्रममा काभ्रेको नमोबुद्धको दर्शन गरी त्यता लागेका थिए।
बीपी राजमार्गको मङ्गलटार गाविसस्थित दाउन्ने पुलनजिकै बुधबार बिहान ११ बजे उनीहरु यात्रारत् वा १ ज ८९९७ नम्बरको माइक्रो बस भित्तामा ठोक्किएको थियो। घटनामा ८ जना सामान्य र १३ जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था चिन्ताजनक छ। उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
माइक्रोका चालक छतमा बसेका र अर्कै व्यक्तिले चलाउँदा दुर्घटना भएको घाइते यात्रु दिनेश थापाले बताए। माइक्रोको छतमा बसेकाहरु हुत्तिएर खोलामा खसेको उनले बताए। माइक्रो चालकको अवस्थासमेत चिन्ताजनक छ।
माइक्रोको छत र भित्र गरी २७ जना सवार थिए। जसमा दूधे बालकदेखि ६० वर्षसम्मका तीर्थालु थिए। चिन्ताजनक अवस्थाका ११ वर्षीय बालक सुजन लामालाई काठमाडौं रिफर गरिएको छ। बाँकी १० जना घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
मङ्गलबारमात्रै सोही राजमार्गको सिन्धुली, मजुवाबगरमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो भने ५४ जना घाइते भएका थिए।
गम्भीर घाइते
इन्द्र तामाङ
सुजन तामाङ
दिनेश थापा
सीता लामा
दीप महतो
फूलमाया थापा
सुरेश लामा
सरस्वती थापा
शान्ति लामा
राजकुमार लामा