तस्करी आरोपमा भन्सार प्रमुखविरुद्ध अनुसन्धान गर्दै अख्तियार
२३ वैशाख २०८०
•
३ मिनेट पाठ
तस्करी आरोपमा भन्सार प्रमुखविरुद्ध अनुसन्धान गर्दै अख्तियार
भन्सार कर्मचारीकै मिलोमतोमा रौतहटमा तस्करी उत्कर्षमा पुगेको बेला तस्करी आरोपमा गौर भन्सार कार्यालयका प्रमुखमाथि अख्तियारले अनुसन्धान गरिरहेको बुझिएको छ। भारतबाट आएको सामान गौर भन्सार भएर कर्मचारीकै मिलोमतोमा तस्करी हुने गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख वासुदेव नेपालविरुद्ध अनुसन्धान गरेको हो। यसबारे नेपालसँग बुझ्दा अख्तियारले सोधेको र त्यसको जवाफमा आफूले चिठ्ठि पठाएको स्वीकार गरे।




गत बैसाख ७ मा गौर भन्सार भएर भित्रिएको करिब ८ लाखको कपडा मकवानपुरको हेटौँडामा पक्राउ परेको थियो। यसै गरी चैत ४ गते शनिवार काठमाडौँ जाँदै गरेको ८ लाख ३५ हजार रुपैया बराबरको कपडा गौर भन्सारभन्दा ४२ किलोमिटर उत्तर चन्द्रनिगाहपुरमा पक्राउ परेको थियो।

गत माघको पहिलो हप्तामा गौर भन्सार कार्यालयको सिसिटिभीमा दुई जना सशस्त्र प्रहरीले सेवाग्राहीसित रकम र गुटका लेनदेन गरेको फुटेज सशस्त्र प्रहरी मुख्यालय पुगेको थियो। भन्सार कर्मचारीकै मिलोमतोमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि तस्करहरुलाई सहयोग गर्ने गरेको रहस्य बाहिरिएको थियो। सीमावर्ती गौर र बैरगनिया क्षेत्रका पचास भन्दा बढी महिलाले दुवैतिर सामान तस्करी गर्ने गरेको र भन्सार कर्मचारीले दश÷बीस रुपैया प्रति खेप उठाउने गरेको देखिएको छ। उठाएको रकम सोझै कार्यालय प्रमुख नेपालसम्म पुग्ने गरेको भन्सारकै कर्मचारीहरु बताउँछन्।

भन्सार राजस्व वृद्धि गर्ने नेपाल सरकारको लक्ष्य रहेको भए पनि गौर भन्सारका कर्मचारीहरु भने घरायसी सामान किनेर ल्याउनेलाई सताउने गरेको र हरेक दिन कैयौँपटक तस्करी गर्ने मानिसहरुलाई भने कर्मचारीहरुले नजरअन्दाज गर्ने गरेको पाइएको छ।

भारतबाट आउने चारपाङ्ग्रे गाडीलाई भन्सार तिर्न खोज्दा बढी पैसा असुल गर्ने गरेको पनि गुनासो रहेको छ। नेपाली बोल्न नजान्ने भारतीय नागरिकलाई गौर भन्सारका कर्मचारीले जानीजानी बढी दुःख दिने गरेको र बढी रकम असुल गर्ने गरेको गुनासो रहेको छ। भारत लखौराका पवन सहनीले गौर भन्सार कार्यालयमा निकै दुःख पाएको बताउँदै पाँच सय रुपैयाको रसिद दिएर छ सय रुपैया असुल गरेको बताउँछन्। भारतीय नागरिकसित कम्तीमा पचास रुपैया भारु खाजानास्ता भनेर भन्सारका कर्मचारीहरुले माग्ने गरेको गुनासो रहेको छ।

गौर भन्सारको बेथितिको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म गुनासो पुगेपछि अख्तियारले भन्सार प्रमुख नेपालसित लिखित जवाफ लिएको बुझिएको छ। भन्सार स्रोतका अनुसार अख्तियारले कागजपत्र पनि माग गरेको छ। यस विषयमा भन्सार प्रमुख नेपालसित सम्पर्क गर्दा विदामा रहेको र स्वास्थ्य पनि ठिक नभएको प्रतिक्रिया दिएका छन्।

तस्करी रोक्न सशस्त्र डिआइजि शाहको कडा निर्देशन

नेपाल भारत सीमा क्षेत्रमा तस्करी व्यापक मात्रामा भएको समाचार प्रकाशनमा आएपछि मधेश प्रदेश सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआइजि दिपेन्द्र शाहले रौतहट सदरमुकाम गौरमै पुगेर सीमा वारपार हुने तस्करी नियन्त्रणका लागि कडा निर्देशन दिएका छन् । डिआइजि शाहले तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिँदै तस्करी नियन्त्रण नभए कमान्डर नै जिम्मेवार हुने चेतावनी पनि दिएका छन् । सीमा वारपार हुने अवैध गतिविधिलाई शुन्य सहनशीलता अपनाई काम गर्न डिआइजि शाहले निर्देशन दिएका छन् । गौर भन्सार कार्यालयनजिकै रहेको बिओपिमा डिआइजि शाहले निर्देशन दिँदै गर्दा भन्सारमा खटिएका सशस्त्र प्रहरीले दुई मोटरसाइकलसहित स्रोत नखुलेको ७ लाख नगद नेपाली रुपैया पनि बरामद गरेको थियो ।

यसैबीच सशस्त्र प्रहरी रौतहट गत माघको पहिलो सातादेखि बैसाख २२ गतेसम्म १ करोड ५७ लाख ६९ हजार ६९४ रुपैया बराबरको विभिन्न सामग्रीहरु बरामद गरेको छ । सशस्त्र प्रहरी ११ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जिल्लाभरको बोर्डरमा कडाइ गर्न निर्देशन दिएको जानकारी दिएका छन् ।
अर्को समाचार
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
७ मिनेट अघि
•
१ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ। सो सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्।




कीर्तिपुर नगरपालिका–६ मा रहेको सवस्टेशनमा थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन जोडिएको छ।

सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका नौ वटा फिडर लाइनको व्यवस्था गरिएको छ।

तीमध्ये तीन वटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छ वटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन्। फिडरलाई क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आज सबस्टेसनको अनुगमन गरी ११ केभी फिडर तत्काल चार्ज गरेर विद्युत् भार स्थानान्तरणको प्रक्रिया अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिए।

कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने बताए।

हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग बढ्ने भएकाले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसनले आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले विद्युत् भार स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिए।

चोभार सबस्टेसन सञ्चालनमा आएसँगै स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभार सबस्टेसनमा स्थानान्तरण गरिनेछ।

यसबाट विद्यमान सबस्टेसनको भार व्यवस्थापनमा सहयोग पुग्नुका साथै काठमाडौं उपत्यकाको समग्र विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङ्मती, हरिसिद्धि र लामाटार क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण काम अघि बढाउन कठिनाइ भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो।

चोभार सबस्टेसनदेखि पाटनसम्म करिब चार दशमलव पाँच किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।

पाटनमा १३२ केभी सबस्टेसन निर्माणको काम जारी छ। यी संरचना निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुनेछ।

चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो।

मन्त्रिपरिषद्को २०७८ माघ १७ को बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो।

एसियाली विकास बैंक (एडिबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो। 
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
यो पनि पढौँ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस