रौतहट प्रहरीले गरुडास्थित एक होटलमा छापामारी सञ्चालकसहित सात जनालाई नियन्त्रणमा लिएको छ।
गरुडा नगरपालिका ५ स्थित श्रीराम सुगर मिल्स लिमिटेडको मूल गेट अगाडि संचालनमा रहेको अनिता होटल तथा लज अवैध रुपमा युवायुवतीको आवतजावत बढेको गुनासो बढेपछि बुधवार प्रहरीले छापामारी संचालक निरंजन यादवसहित सात जनालाई पक्राउ गरेको हो।
यसअघि रौतहट सदरमुकामको दुई स्थानमा पनि प्रहरीले छापामारी केही मानिसलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा चार जना युवक र दुई जना युवती रहेको स्रोतको भनाइ छ।होटलमा लामो समयदेखि अवैध रुपमा देहव्यापार हुने गरेको आशङ्का रहेको थियो। स्थानीयवासीले प्रहरीलाई गुनासो गरेपछि प्रहरीले बुधवार दिउँसो छापामारी शङ्कास्पद अवस्थामा भेटिएका छ जनासहित संचालक यादवलाई पनि नियन्त्रणमा लिएको हो।