पुनर्निर्माणमा गैससको मनपरी
१३ माघ २०७३
•
१० मिनेट पाठ
पुनर्निर्माणमा गैससको मनपरी
काठमाडौं- भूकम्प प्रभावित ७ जिल्लामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) ले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन मापदण्डविपरीत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको अनुगमनका क्रममा स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएका १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्राविधिक जाँच नगरी स्वास्थ्य संस्थाका भवन बनाएको पाइएको हो।

रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, काभ्रे र नुवाकोटका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रका ६५ वटा भवन मापदण्डविपरीत बनेको मन्त्रालयको केन्द्रीय परियोजना कार्यान्वयन एकाइले जनाएको छ।

ती भवन सेभ द चिल्ड्रेन, अमेरिकी सहयोग नियोग (युएसएड), करुणा फाउन्डेसन, अमेरिकन नेपाल मेडिकल फाउन्डेसन, सिप्रदियन सहयात्रा संस्था, नेदरल्यान्ड लेप्रोसी रिलिफ, वान हर्ट वर्ल्ड वाइड, टेरी देस होम्स, रेन्वो पोखरा र नेपाल वाटर इनर्जी डेभलेप्मेन्ट (एनडब्लुइडी) ले बनाएका हुन्।

भवन निर्माणअघि डिजाइन, लम्बाइ, चौंडाइ र कोठाको आकार तथा संख्याजस्ता प्राविधिक पक्ष मन्त्रालयबाट स्वीकृत हुनुपर्ने प्रावधान छ। यस्तै सम्बन्धित निकायबाट भूकम्प प्रतिरोधी भवनको नक्सा र डिजाइन पास गर्नुपर्छ।

नक्सा र डिजाइन पास नगरी स्वास्थ्य संस्था बनाउनेमा सेभ द चिल्ड्रेन अगाडि छ। सेभ द चिल्ड्रेनले बनाएका १८ वटा भवन मापदण्डअनुसार छैनन्। टेरी देस होम्स र करुणा फाउन्डेसनले बनाएका १४–१४, अमेरिकन नेपाल मेडिकल फाउन्डेसनका १२, वान हर्ट वर्ल्ड वाइडका ६, युएसएड, सिप्रदियन, एनडब्लुइडी, रेन्वो पोखरा र नेदरल्यान्ड लेप्रोसी रिलिफले बनाएका १–१ भवन मापदण्डविपरीत छन्।

मापदण्डविपरीतका भवनको स्वामित्व लिन मन्त्रालयले अस्वीकार गरेको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोकका १८, रसुवाका १६, धादिङका ६, दोलखाका ३, गोरखाका ८, काभ्रेका ११ र नुवाकोटका ४ स्वास्थ्य चौकीका अस्थाई प्रिफ्याब भवन मापदण्डविपरीत बनेका छन्।

मन्त्रालयको केन्द्रीय कार्यान्वयन एकाइका प्रमुख रमेश अधिकारीले एनजिओ/आइएनजिओले स्वास्थ्य संस्थाका भवन मापदण्डविपरीत बनाइरहेको बताए। उनले भने, 'अनुगमनका क्रममा धेरै भवन डिजाइन पास नगरी बनाइएको पाइयो। ती सबै संस्थालाई मापदण्ड पूरा गर्न समय दिएका छौं।' उनका अनुसार मापदण्ड अनुसार पूरा गरेपछि मात्र मन्त्रालयले ती भवनको स्वामित्व लिनेछ। 'डिजाइन तथा नक्सा पास गरेरमात्र भवन निर्माण कार्य अगाडि बढाउनुपर्ने हो,' उनले भने, 'तर ती संस्थाले के आधारमा भवन बनाए हामी आश्चर्यमा परेका छौं।' मन्त्रालयले मापदण्डअनुसार स्वास्थ्य संस्थाका भवनको उचाइ, चौंडाइ, कोठाको संख्या रहेनरहेको हेरेरमात्र स्वामित्व लिनेछ।

मन्त्रालयका अनुसार भूकम्प प्रभावित जिल्लाका ३ सय ७१ स्वास्थ्य संस्थाका भवन निर्माण गर्न ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग ७ अर्बभन्दा बढी रकमको सम्झौता भएको थियो। अहिले बनेका भवन २५ देखि ४० लाखसम्म लागतका छन्। ६५ वटा भवन बनाउँदा झन्डै २० करोड खर्च भएको छ।

ती भवनहरू भूकम्प प्रतिरोधी नरहेका, कोठा पनि साना र कम उचाइका रहेको मन्त्रालय स्रोतले बतायो। 'मन्त्रालयले डिजाइन र नक्सा स्वीकृत गरेका भवनमा निश्चित मापदण्ड तोकेको हुन्छ,' स्रोतले भन्यो, 'तर नक्सा र डिजाइन पास नभएका भवन के आधारमा कसरी बनाइयो थाहा नहुने र त्यहाँ आर्थिक चलखेल पनि हुनसक्ने भएकाले मन्त्रालयले ती भवनको स्वामित्व लिन सक्दैन।'

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले सिन्धुपाल्चोकका अत्तरपुर, भीमटार, भोटसिपा, चौतारा, हैबुङ, इर्खु, लिस्तिकोट, पेट्कु, पिस्कर, सिपापोखरे, तौथली, ठूलोसिरुबारी गाविसमा निर्माण गरेका स्वास्थ्य चौकी भवन मापदण्डविपरीत छन्।

सिन्धुपाल्चोकमै सेभ द चिल्ड्रेनले बनाएका जेठल स्वास्थ्य चौकी, महांकाल स्वास्थ्य चौकी, थुमपाखर स्वास्थ्य चौकीका अस्थायी प्रिफ्याब भवन मापदण्डविपरीत पाइएको हो। यसैगरी सिप्रदियनले निर्माण गरेको फुलपिङकट्टी स्वास्थ्य चौकीको स्थायी भवन, वन हर्ट–वल्ड वाइडले बनाएको साँगाचोक स्वास्थ्य चौकी  भवन मापदण्डविपरीत छन्।

नुवाकोटमा सेभ द चिल्ड्रेनले निर्माण गरेका चौथी स्वास्थ्य चौकी भवन, दङसिङ स्वास्थ्य चौकी, कुमारी स्वास्थ्य चौकी र तारुका चौतारा स्वास्थ्य चौकीका भवन मापदण्डविपरीत भेटिएको मन्त्रालयको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

रसुवामा करुणा फाउन्डेसनले निर्माण गरेका १४ वटा भवन मापदण्डविपरीत छन्। फाउन्डेसनले बनाएका भोर्ले स्वास्थ्य चौकी, ब्रिदिम स्वास्थ्य चौकी, डाँडागाउँ स्वास्थ्य चौकी, गत्लाङ स्वास्थ्य चौकी, लाङटाङ स्वास्थ्य चौकी, राम्चे स्वास्थ्य चौकी, रसुवा स्वास्थ्य चौकी, स्याफ्रुबेसी स्वास्थ्य चौकी, चिलिमेको थाम्बुचेत स्वास्थ्य चौकी, ठूलागाउँ स्वास्थ्य चौकी, थुमान स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, यार्सा स्वास्थ्य चौकी र सर्माथली स्वास्थ्य चौकीका प्रिफ्याब भवन मापदण्डविपरीत पाइएको हो। रसुवाको हाकुमा एनडब्लुइडीले बनाएको हाकु स्वास्थ्य चौकी पनि मापदण्डविपरीत छ।

यस्तै सेभ द चिल्ड्रेनले निर्माण गरेको गोलीजंग स्वास्थ्य चौकी भवन पनि मापदण्डविपरीत छ।

काभ्रेमा टिडिएचले बनाएका भुम्लुटार, दोलालघाट, देवीघाट, खार्पाचोक, कलाँती भूमिडाँडा, कुशादेवी, माझीफेदा, नाल्दुम, सल्लेभुम्ले र साफिङ स्वास्थ्य चौकीका भवन मापदण्डविपरीत छन्।

धादिङमा रेन्वो पोखराले बनाएको गोगनपानी स्वास्थ्य चौकी, वान हार्ट वान वर्ल्डले बनाएका बेनीघाट स्वास्थ्य चौकी, महादेवस्थान स्वास्थ्य चौकी, मैदी स्वास्थ्य चौकी, तसार्पु स्वास्थ्य चौकी र थाक्रे स्वास्थ्य चौकी, दोलखामा सेभ द चिल्ड्रेनले बनाएका जुगु स्वास्थ्य चौकी र काब्रे स्वास्थ्य चौकी, गोरखामा नेदरल्यान्ड लेप्रोसी रिलिफले निर्माण गरेको मिरकोटे स्वास्थ्य चौकी, सेभ द चिल्ड्रेनले बनाएका आरू चनौटे प्राथमिक स्वास्थ्य केन्द्र, बगुवा, धावा, नरेश्वर, पाँचकुवा देउराली, ताकुकोट र तान्द्राङ स्वास्थ्य चौकी भवन मापदण्डविपरीत छन्।

करुणा फाउन्डेसनका प्रतिनिधि राम थापाले मन्त्रालयले तयार पारेको डिजाइनअनुसार भवन बनाइएको दाबी गरे। उनले भवन बनाउने क्रममा डिजाइन तथा नक्सा पास फेरि गर्नुपर्छ भन्ने जानकारी नहुँदा समस्या आएको बताए। उनले मापदण्डविपरीत बनेका भवनको डिजाइन तथा नक्सा पास प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

सेभ द चिल्ड्रेनका पूर्वाधार विज्ञ यादव मैनालीले भने सबै प्रक्रिया पूरा गरेरमात्र स्वास्थ्य संस्थाको भवन निर्माण  थालिएको दाबी गरे। 'हामीले सबै प्रक्रिया पूरा गरेका थियौ। मापदण्ड पूरा नगरेको सूचीमा कसरी हामीले बनाएका भवन परेछन्, म छक्क परेको छु', उनले भने, 'नाम चढाउने क्रममा मन्त्रालयमा भूल भएको हुन सक्छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस