सरकारी संयन्त्रको मिलेमतोमा बागमती दोहन
१४ चैत्र २०७९
•
४ मिनेट पाठ
सरकारी संयन्त्रको मिलेमतोमा बागमती दोहन
सर्लाहीको मानपुरस्थित बागमती नदीमा अवैध रुपमा सञ्चालित क्रसर उद्योग, गढीमाई नगरपालिकाको बागमती नदीमा अवैध रुपमा उत्खनन गर्दै
सरकारी संयन्त्रको मिलेमतोमा बागमती नदीको दोहन भइरहेको छ। बागमती नदीको पूर्वी भागमा अवैध मोबाइल क्रसर उद्योगहरु सञ्चालनमा रहँदा सरकारी संयन्त्रकै संलग्नता रहेको आशंका गरिएको छ।




सर्लाहीको बागमती नदीमा नियम विपरीत अवैध क्रसर उद्योगहरु सञ्चालनमा रहेको भए पनि सुरक्षा संयन्त्रले आँखा चिम्लेको पाइएको छ। सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर १ र २ सिमानामा पर्ने मानपुर गाउँभन्दा पश्चिमतिर बागमती नदीमा कानुन विपरीत ६ वटा अवैध मोबाइल क्रसर सञ्चालनमा रहेको पाइएको हो।

गाउँपालिकाका अध्यक्ष राम सिंहासन यादवले आफ्ना दाजु जवाहर यादवका छोरा मुकेश यादव प्रोप्राइटर रहेको तुलसी निर्माण सेवालाई बालुवा, ढुङ्गा, गिटी, ग्रेभल निकासीको लागि ठेक्का दिएका छन्। गाउँपालिका अध्यक्ष यादवले बिना आइ नै आफ्ना भतिजलाई अवैध रुपमा सस्तोमा ठेक्का लगाइएको पाइएको छ।

गाउँपालिका अध्यक्षलाई अवैध रुपमा ठेक्का लगाउने काममा प्रमुख प्रशासकीय अधिकृत चुनचुन यादवको पनि संलग्नता रहेको छ। तत्कालीन जिल्ला विकास समितिले बागमती नदीबाट ढुङ्गा, गिटी, बालुवा र ग्राभेल निकासी गर्न ४० लाखमा ठेक्कामा लगाउने गरेको थियो। तर नयाँ संरचनामा आएपछि बसबरिया गाउँपालिकाले जिविसकै आइइलाई आधार मानेर कानुन विपरीत बागमतीको ठेक्का लगाएर नदीमै अवैध मोबाइल क्रसर सञ्चालन गरेर दोहन गरिरहेको पाइएको हो।

मिलेमतोमै सबै काम हुने बसबरिया गाउँपालिकामा आव २०७९/०८० को लागि १३ लाखमा गाउँपालिका अध्यक्ष यादवले भतिजलाई  ठेक्का दिएका  हुन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चुनचुन यादवले बागमती नदीमा अवैध क्रसर रहेकोबारे आफूलाई जानकारी नभएको बताउँछन्। कतिपय खेत धनीले आफ्नो निजी खेतमा क्रसर लगाएर उत्खनन गरेको अधिकृत  यादवको भनाइ छ। अवैध रुपमा मोबाइल क्रसर लगाउन पाइन्छ? भन्ने नागरिक न्युजको प्रश्नमा खेतीयोग्य जमिनलाई मासेर करिब तिस फिट गहिरो  खनेर डुङ्गागिटी निकाल्न पाइन्छ ? भन्ने प्रश्नको जवाफमा यादवले अनभिज्ञता प्रकट गरेका छन्।

सबै राजनैतिक दलको मिलेमतोमा सस्तोमा नै ठेक्का दिइएको स्रोतको दाबी छ। बागमती नदी अवैध रुपमा दोहन गर्न र मोबाइल क्रसर सञ्चालन गर्नको लागि गाउँका करिब ५० जना भन्दा बढी हुनेखानेहरूको शेयर रहेको छ। ती सबै गाउँले अवैध दोहनमा सामेल भएपछि कोही गाउँलेले अवैध क्रसर सञ्चालनको विरोध गरेका छैनन्। स्थानीय सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटलाई मिलाएर बागमती नदीमै दिन दहाडै अवैध मोबाइल क्रसर लगाएर खोला दोहन भइरहँदा कोही चुँसम्म बोल्न सकेका छैनन्।

बसबरिया गाउँपालिका उपाध्यक्ष सरिताकुमारी साहले अवैध क्रसर सञ्चालनबारे आफूलाई केही पनि जानकारी नभएको बताउँदै गाउँपालिका अध्यक्ष यादवले नै सबै थोक गर्ने गरेको  र आफूलाई सबै सूचनाबाट वञ्चित गरिएको बताएकी छन् । गाउँपालिकाको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै गाउँपालिकामा आफू सङ्घर्षरत रहेको बताएकी छन्। नियम विपरीत क्रसर उद्योग संचालन भएको भए बन्द गरिनु पर्ने उपाध्यक्ष साहको भनाइ छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लामा अवैध क्रसर उद्योग सञ्चालनमा रहेको बारे आफूलाई जानकारी नभएको बताएका छन्। गत माघ १२ को मन्त्रीपरिषद्को निर्णयले मापदन्ड नपुगे पनि चल्न दिने, कर चुक्ता हेर्ने गरी भएको निर्देशनअनुसार जिल्लामा २० ओटा क्रसर उद्योग चल्न दिने निर्णय गरेको बताएका छन्। यी बाहेक अन्य क्रसर उद्योग  सञ्चालनबारे आफूलाई केही पनि जानकारी नभएको प्रजिअ यादवले बताएका छन्।

सर्लाही र रौतहट जोडने बागमती नदीको समनपुरमा मेशिन लगाएर पानी बगिरहेकै ठाउँमा मेसिन लगाएर खोला दोहन भइरहेको छ। गढीमाई नगरपालिकाको टोकारघाटमा पुलको  छेउमै सात ओटा मेसिन लगाइएको देखिएको छ। गढीमाई नगरपालिकाले ७२ लाखमा श्री पवन सप्लायर्स जय मा निर्माण सेवा ठेक्का दिएको छ। निर्माण सेवाले इलाका प्रहरी कार्यालय समनपुर र सशस्त्र बेस क्याम्प समनपुरको सधैँ डिउटी रहने ठाउँबाटै देखिने स्थानमा निर्बाध उत्खनन भइरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले देखेको नदेखेझैँ गरेपछि प्रहरीकै मिलेमतोमा खोलाको अवैध दोहन भइरहेको आरोप स्थानीयले  लगाएका छन्।

यसैबिच गढीमाई नगरपालिकाले मंगलवार इलाका प्रहरी कार्यालय समनपुरलाई पत्र लेखेर बागमती नदीको सिमांकन गर्नुपर्ने भएकोले उत्खनन बन्द गर्न भनेको छ। नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले समनपुर, मदनपुर, लक्ष्मीपुर घाटमा विवाद रहेकोले सिमांकन नहुन्जेल गिटी, बालुवा उत्खनन नगर्न नगराउन इप्रका समनपुर, सशस्त्र प्रहरी बेस समनपुर तथा सम्बन्धित निर्माण व्यवसायीलाई जानकारी  गराइएको बताएका छन्।

गढीमाई नगरपालिकाको बागमती नदीमा अवैध रुपमा उत्खनन गरी क्रसर उद्योगहरूमा नदीजन्य पदार्थको भण्डारण गरिरहेको छ । मापदन्ड विपरीत गढीमाई तथा वृन्दावन नगरपालिका लगायत विभिन्न ठाउँका क्रसर उद्योगहरुले चुरे पहाडजस्तै डुङ्गा, गिटी,  ग्रेभल जम्मा गरिरहेका छन्।
अर्को समाचार
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
१७ मिनेट अघि
•
१ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरा। पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ। अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका विषयमा राष्ट्रिय संवाद गर्ने उद्देश्यले पोखरामा समिट हुन लागेको हो।




आइतबार र सोमबारसम्म हुने समिटले अपाङ्गता भएकाहरूको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका बारेमा पोखरा घोषणा पत्र जारी गर्ने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

दिशा फाउन्डेसनको आयोजना तथा काठमाडौं विश्वविद्यालय र अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा हुने समिटमा समिटमा १० देशका सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

त्यस्तै, नेपालका ६० भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व हुने पनि जनाइएको छ। जसमा सरकारी निकाय, अपाङ्गता भएका व्यक्तिका संस्था, नागरिक समाज, विकास साझेदार, शिक्षाविद्, अनुसन्धानकर्ता, निजी क्षेत्र, प्राविधिक तथा डिजाइन विज्ञ, युवा र बालबालिकाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

समिटमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालसहित अपाङ्गताको क्षेत्रमा क्रियाशील ५० भन्दा बढी संघसंस्था तथा सरोकारवाला सञ्जाल सहआयोजकका रूपमा रहने समिटका संयोजक रमेश बरालले जानकारी दिए।

समिटमा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, पर्यटन, मानसिक स्वास्थ्य, पहुँचयुक्त निर्माण तथा डिजाइन, पुनःस्थापना सेवा, सूचना प्रविधि तथा सञ्चार, सामाजिक सुरक्षा र बाल सहभागितालगायत विषयमा छलफल हुने उनले बताए।

नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनसीआरपीडी) अनुमोदन गरेको १५ वर्ष बितिसक्दा पनि अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न क्षेत्रमा पहुँचसम्बन्धी अवरोध भोगिरहेकाले सो अवस्थालाई सम्बोधन गर्न समिट आयोजना गरिएको समिटका सहसंयोजक रमेश पोखरेलले बताए।

समिटपछि जारी गरिने घोषणा पत्रमा अपाङ्गता भएकाहरूले पहुँचयुक्तता, समावेशीकरण र समान अवसरमा भोगिरहेका समस्यालाई उजागर गर्दै त्यसको स्थायी समाधानका लागि गर्नुपर्ने कामहरू औँल्याउने पोखरेलले बताए।

सम्मेलन, गोष्ठीपछि जारी घोषणा पत्र दराजमा थन्किने र पीडितले पीडा भोगिरहनुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्ने गरी घोषणा पत्र जारी हुने बताउँदै उनले भने,‘यो विगतको जस्तो कागजको खोस्टामा परिणत हुँदैन, बरु दुई वर्षे कार्यान्वयन योजनासहितको घोषणापत्र आउनेछ।’

उनले घोषणापत्रमा उल्लेख भएअनुसारको कार्ययोजना कार्यान्वयन गराउन टास्क ग्रुप नै बनाइने बताए। जसले कार्यान्वयनका लागि पहलकदमीदेखि कार्यान्वयनमा देखिएका समस्या उजागर गर्नेदेखि खबरदारी गर्ने सम्मका काम गर्ने उनको प्रस्टोक्ति छ।

समिटका अर्का सहसंयोजक अञ्जना केसीले समिट परिवर्तनको संवाहक बनेर आउने विश्वास व्यक्त गरिन्। ‘यसअघिका घोषणा पत्र दराजमा थन्किए होलान्’,उनले भनिन्,‘तर आशा छ यो घोषणा पत्र अपाङ्गता भएकाहरूका लागि पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका लागि कोशेढुंगा साबित हुनेछ।’
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस