‘आँखीझ्याल’को हजारौं अंक
२७ मंसिर २०७३
•
८ मिनेट पाठ
‘आँखीझ्याल’को हजारौं अंक
काठमाडौं– सन् १९८६ मा नेपाल वातावरण पत्रकार समूह स्थापना हुनुअघि नेपाली सञ्चारमाध्यममा वातावरणसम्बन्धी कार्यक्रम वा समाचारको खडेरीजस्तै थियो । समूहले भर्खरभर्खर मात्र नेपालमा भित्रेको टेलिभिजनमा एउटा कार्यक्रम सुरु ग¥यो ‘आँखिझ्याल’ । नेपाल टेलिभिजनका अन्य कार्यक्रमभन्दा पृथक परिचय बनाएको ‘आँखिझ्याल’मा कला संस्कृति, दुर्गम भेगका बासिन्दाका पीडा, हिमाल, पहाड, तराईलगायत भौगोलिक विविधता र वनजंगल, वन्यजन्तुसहित र प्रकृतिका विविध विषयबारे प्रस्तुत गरिन्थ्यो ।




हजारौं अंकमा लाङटाङवासीका भूकम्पपीडा समेटिएको वृत्तचित्र ‘तंग्रिदै लाङटाङ’ प्रदर्शन

वातावरणसम्बन्धी जनचेतना जगाउन समूहले टेलिभिजनमा निरन्तर सञ्चालन गर्दै आएको भिडियो पत्रिका हो ‘आँखिझ्याल’ । समूहमा काम गर्ने पत्रकारहरूको सिर्जना जसले नेपालीलाई समाज र वातावरणप्रति उत्तरदायी हुन प्रेरित गरेको थियो ।

‘आँखिझ्याल’ले अनेकौं आरोह अवरोह पार गर्दै हजार अंक पूरा गरेको छ । आइतबार ‘आँखिझ्याल’को हजारौं अंकको प्रदर्शनी राजधानीको कुमारी हलमा गरियो । हजारौं अंकका रुपमा भूकम्पमा विनाश भएको लाङटाङसम्बन्धी वृत्तचित्र ‘तँग्रिदै लाङटाङ’ प्रदर्शन गरिएको थियो । १७ वर्षअघि त्यही क्षेत्रको जनजीवन र पर्यटकीय विकास ‘आँखिझ्याल’को पहिलो अंकको विषय बनेको थियो । ‘१७ वर्षपछि त्यही लाङटाङ खोज्न जाँदा भेटेनौं,’ तहसनहस लाङटाङबारे निर्देशक रविन्द्र पाण्डेले भने, ‘न त्यहाँ लामा रिम्पोछेले एकै रातमा बनाएको सुन्दर गुम्बा थियो, न त मान्छेका सुन्दर बस्ती नै ।’

साँच्चै वृत्तचित्रमा पुरानो बस्ती लाङटाङ बालुवा र ढुंगे गेग्य्रान नै बनेको देखिन्थ्यो । गेग्य्रानमा ३ सय ५० जना स्थानीय समाधिस्थ भए । १ सय ३० घरको नामनिसान मेटिएपछि बाँकी बासिन्दामध्ये अधिकांश बसाइ सरे । तर पर्यटकीय सम्भावना बोकेको त्यो ठाउँ पुनर्निर्माण गर्नुको साटो  सरकारले स्थानीयको घर बनाउन आवश्यक काठमा दस्तुर लगाएको स्थानीयले गुनासो गरे । २०९० सालको भूकम्पपछि तत्कालीन राणा सरकारले गरेको जति सहयोग पनि लाङटाङवासीले पाएनन् ।

गाउँको माया मार्न नसकेका लाङटाङवासी फर्केर भूकम्प र हिउँपहिरोमा फेरि घर ठड्याउन लागि परेको भावनात्मक क्षण वृत्तचित्रले प्रस्तुत गरेको छ । ‘१७ वर्षअघि हामीले कुराकानी गरेका स्थानीय पनि पुरिएछन्,’ पाण्डे भन्छन्, ‘आँखिझ्यालले समेटेभन्दा कैयौं गुणा विकराल पीडा उनीहरू भोग्दैछन् ।’ वृत्तचित्र उनीसहित पत्रकार मोहन मैनालीले निर्माण गरेका हुन् ।

‘आँखीझ्याल’ले लाङटाङवासीको पीडामात्र होइन ०५१ सालमा सुदुरपश्चिमकी गंगादेवीले बच्चा पाउन नसक्दा आफैंले पेट चिरेर बच्चा निकालेको मार्मिक घटना होस् वा तराईमा बोक्सी आरोपमा पिल्सिएका वृद्धाका पीडा हुन् समेट्दै आएको छ । शिक्षा, स्वास्थ्य, कुरीतिजन्य संस्कार, वन, वातावरण, जलवायु परिवर्तन, वन्यजन्तु संरक्षणसम्बन्धी अनेकौं विषय हजार अंकभित्र अटाए ।

‘आँखिझ्याल’ले सामाजिक यथार्थ जनमानसमाझ प्रस्तुत गरी जनचेतना फैलाउँदै आएको नेपाल वातावरण पत्रकार समूहका संस्थापक कृष्णप्रसाद सिग्देल बताउँछन् । ‘उतिबेला पञ्चायकालीन समयमा समूह स्थापना गर्न कठिन थियो,’ उनले भने, ‘पत्रकारको हैसियत नै अहिलेजस्तो थिएन ।’ त्यस्तो प्रतिकूल स्थितिमा पत्रकार एकताबद्ध गराउने प्रयास समूहले गरेको दाबी उनले गरे । वातावरणीय मुद्दामात्र उठाउने भने पनि दीगो विकासका लागि आवश्यक सबै पक्ष ‘आँखीझ्याल’मा समेटिएको उनी सुनाउँछन् । कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम अभाव थियो । आवश्यक उपकरण ल्याउन उनी एक्लै क्यानडा पुगेर दातासँग मागेर ल्याए ।

समूहका कार्यकारी निर्देशक लक्ष्मण उप्रेतीले ‘आँखीझ्याल’ सञ्चालन गर्न निकै चुनौती खेप्नु परेको बताए । उनका अनुसार नेपालको भौगोलिक विकटतामा कार्यक्रम छायांकन गर्नु अर्को चुनौती थियो । ‘डोकोमा रेकर्ड गर्ने भिडियो टेप बोकेर हिँड्यौं,’ उनले ‘आँखीझ्याल’ निर्माण गर्दाका चुनौती बताए, ‘क्यामेराको ब्याट्री, ब्याट्री चार्ज गर्न जेनेरेटर, क्यामेरा बोक्न चारपाँचजना भरिया नै चाहिन्थ्यो ।’ यातायात सुविधासमेत नपुगेका ग्रामीण क्षेत्रका कथाव्यथा समेट्न उनीसहित निर्माण टोलीले पनि त्यही व्यथा भोग्दै ‘आँखीझ्याल’लाई निरन्तरता दिएका थिए । त्यसैले पनि दक्षिण एसियामै लामो समय निरन्तर प्रस्तुत टेलिभिजन कार्यक्रमका रुपमा  ‘आँखीझ्याल’ले ख्याती पाएको समूहमा आबद्ध पत्रकार दाबी गर्छन् ।

समूहले वातावरणसम्बन्धी विभिन्न कार्यक्रमका साथै रेडियो, टेलिभिजन कार्यक्रम निर्माण र वातावरणसम्बन्धी भित्ते पत्रिका, वातावरण र दिगो विकाससम्बन्धी मासिक पत्रिका नेपालीमा ‘हाका–हाकी’ र अंग्रेजीमा ‘फेस टु फेस’ पनि प्रकाशन गरिरहेको छ ।

समूहले नेपालको पहिलो सामुदायीक रेडियो ‘रेडियो सगरमाथा’ पनि सञ्चालन गरिरहेको छ । युवालक्षित कार्यक्रम ‘नयाँ पुस्ता’ टेलिभिजन र रेडियोमा प्रस्तुत गरिरहेको छ । युवा पुस्तालाई समाज र वातावरणबारे जानकारी दिन यो कार्यक्रमले सघाउने कार्यकारी निर्देशक उप्रेतीले जनाए । उप्रेतीका अनुसार ८–१६ वर्ष उमेर समूहका बालबालिका र किशोर लक्षित गरी ‘नयाँ पुस्ता’ तयार पारिएको हो ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस