सम्बन्धन दिन दाहालको दबाब
२३ मंसिर २०७३
•
१० मिनेट पाठ
सम्बन्धन दिन दाहालको दबाब
काठमाडौं- चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग राखेर डा. गोविन्द केसी अनशनमै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा झापाको एक कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाइएको पाइएको छ।




केसीसँग सम्झौता भएको तेस्रो दिन नेपाल मेडिकल काउन्सिलले माओवादी केन्द्रनिकट सञ्चालक रहेको झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गरिदिएपछि यो तथ्य सार्वजनिक भएका हो।

२०७२ असोज १ को मन्त्रिपरिषद् बैठक निर्णय र प्रधानमन्त्री भएपछि आफूले गरेको प्रतिबद्धता कुल्चेर दाहालले काउन्सिललाई सम्बन्धन दिन दबाब दिएका हुन्। उनकै दबाबमा काउन्सिलले मंगलबार सम्बन्धन दिने निर्णय गरेको हो। सोमबार सम्पन्न काउन्सिलको पूर्ण बैठकमा उक्त कलेजको मूल्यांकन प्रतिवेदनमा बिबाद भएको थियो। विवादका कारण बैठकबाट पारित हुन नसकेपछि काउन्सिल अधिकारीले शिक्षा मन्त्रालयलाई पत्राचार गरेर 'सम्बन्धनका लागि सकारात्मक' भन्दै बाटो खोलिदिएका हुन्।

असोज २ मा मन्त्रिपरिषद्ले चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदनअनुसार नीति नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन नदिने, काठमाडांैमा नयाँ सम्बन्धन बन्द गर्ने र हाल भइरहेका कुनै पनि विश्वविद्यालयबाट नयाँ कलेजलाई अनुमति नदिने निर्णय गरेको थियो।

दाहालले प्रधानमन्त्री भएलगतै पनि सम्बन्धन दिन दबाब दिएका थिए। सम्बन्धन दिए अनशन बस्ने चेतावनी डा. केसीले दिएपछि दाहालको निर्देशनमा शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले नयाँ नीति नबन्दासम्म नयाँ सम्बन्धन नदिने प्रतिबद्धता गरेका थिए।

दाहालअघिका सरकारका पालामा पनि पटकपटक चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ सम्बन्धन र मनसायपत्र नवीकरणको काम बन्द गर्ने निर्णय भएका थिए। पछिल्लोपटक ती सम्झौताविपरीत मन्त्री पौडेलले कात्तिक १० मा बिएन्डसीको मात्रै मनसायपत्र नवीकरण गरेर अगाडि बढाइदिएका थिए। उनले मंसिर ९ गते काउन्सिललाई पत्राचार गरेर निरीक्षण प्रतिवेदन पठाउन निर्देशन दिएका थिए।

काउन्सिल रजिष्ट्रार डा. दिलीप शर्माले मंसिर १७ को मितिमा पत्र तयार पाारेर राखे पनि प्रतिवेदन सोमबारको फुलहाउसमा लगिएको बताए। यो एजेन्डा राख्नेक्रममै बिबाद भएपछि त्यसको जानकारीसहित काउन्सिलले मंगलबार प्रतिवेदन शिक्षामन्त्रालयमा पठाएको थियो। पत्रमा 'प्रस्तावित बिएन्डसी कलेजमा एमबिबिएस कार्यक्रम सञ्चालनार्थ प्रारम्भिक अवस्थामा सकारात्मक देखिएको बेहोरा राय परामर्शका लागि जानकारी गराउँछु' उल्लेख छ।

शिक्षा मन्त्रालयले मंसिर ९ मा काउन्सिललाई परामर्श दिन लेखेको पत्रमा 'मन्त्रालयको मिति ०७३/०८/९ को माननीय मन्त्रीस्तरीय निर्णय भएकाले निर्णयअनुसार परामर्श उपलब्ध गराइदिनुहुन' भन्दै उपसचिव केशव अधिकारीले हस्ताक्षर गरेका छन्।

सामान्य बेहोराको पत्राचार हुनासाथ  शिक्षामन्त्रीका स्वकीय सचिव जागृत रायमाझी र प्रधानमन्त्री कार्यालयबाट रमेश मल्लले काउन्सिलका अधिकारीलाई तारन्तार फोन गरेर निर्णय दिन दबाब दिएका थिए। दबाबपछि पनि ढिलाइ गरेको भन्दै दाहाल स्वयंले काउन्सिल अध्यक्ष डा. धर्मकान्त बाँस्कोटालाई फोन गरेर कलेजको निरीक्षण गराइदिन भनेका थिए।  त्यसपछि काउन्सिलले उपाध्यक्ष डा.एई अन्सारीको नेतृत्वमा टोली खटाएको थियो।

शिक्षामन्त्री पौडेलले त कुनै हालतमा उक्त कलेजलाई सम्बन्धन दिन कसैले रोक्न नसक्ने भन्दै सरोकारवालालाई दबाब दिइरहेका छन्। काठमाडौं विश्वविद्यालय स्रोतले समेत हालका उपकुलपति डा. रामकन्ठ माकजूलाई पुनः उपकुलपति बनाइदिने भन्दै सम्बन्धनमा अवरोध नगर्न भनिरहेको बतायो। माकजूले सम्झौता गरेर पुनः उपकुलपति बन्न इन्कार गरिरहेको पनि स्रोतले बतायो।

बिएन्डसी कलेज सञ्चालक दुर्गा प्रसार्इंले समेत विश्वविद्यालय, काउन्सिललगायत सरोकारवाला निकायका पदाधिकारीलाई बारम्बार फोन गरेर सम्बन्धन दिन दबाब दिइरहेका छन्। सोमबार बिएन्डसीको  प्रतिवेदन काउन्सिलको फुलहाउसमा पेस भएपछि चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीसँग भएको सम्झौता काट्ने गरी निर्णय गर्न नमिल्ने अडान राखेका थिए।

काउन्सिलका अधिकांश सदस्यले यो निर्णय फुलहाउसको नभई रजिष्ट्रारको भएको बताएका छन्। काउन्सिल सदस्य डा. विश्व दवाडीले काउन्सिलका नाममा मन्त्रालयमा पठाइएको पत्रमा फुलहाउसको सहमति नभएको बताए।

स्रोतका अनुसार दोस्रो दिन स्वास्थ्यमन्त्री गगन थापाले काउन्सिल अधिकारीसँग सोधेर सो पत्र रोक्न निर्देशन दिएका थिए। तर काउन्सिल अधिकारीहरूले प्रधानमन्त्री कार्यालय र शिक्षामन्त्रालयबाट तारन्तार फोन आइरहेको जानकारी दिए। सुरुमा यस्तो अवगत गराएका काउन्सिल अधिकारीले पछि स्वास्थ्यमन्त्रीलाई फोन गरेर तयार पत्र शिक्षामन्त्रालयका मान्छे आएर लागिसकेको बताएका थिए।

काउन्सिलको सकारात्मक पत्र मन्त्रालय पुगेपछि शिक्षामन्त्रालयको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम शाखाले कलेजलाई कुन विश्वविद्यालयअन्तर्गत सञ्चालन गर्ने हो भन्दै अनुमति ल्याउन पत्र दिनेछ। सो पत्रपछि कलेजले विश्वविद्यालयमा निवेदन दिनेछ। त्यसपछि विश्वविद्यालयले टोली पठाएर निरीक्षण गरी सम्बन्धन दिनसक्छ।  सम्बन्धनपछि विश्वविद्यालयले सिटसमेत तोकेर काउन्सिलमा कक्षा सञ्चालन अनुमति दिन  पत्राचार गर्नेछ। 'अब सम्बन्धनको बल शिक्षा मन्त्रालयको कोर्टमा गइसकेको छ,' काउन्सिलका एक सदस्यले भने, 'अब सिट निर्धारणका लागि मात्रै काउन्सिल आउनुपर्छ, सम्बन्धनका लागि बाटो खुलिसक्यो।' 

काउन्सिलका अध्यक्ष डा. बाँस्कोटाले शिक्षामन्त्रालयले पूर्वाधारसम्बन्धी निरीक्षण गरेर प्रतिवेदन पठाइदिन भनेकाले सोही अनुसार भएको बताए। 'प्रारम्भिक प्रतिवेदनमा हामीले सकारात्मक भनेर पठाएका हौं,' उनले भने, 'मन्त्रिपरिषद्ले गरेको निर्णय र सरकारले गरेका सम्झौताबारे त शिक्षामन्त्रालय नै अवगत हुनुपर्छ। हामीले दिएको पत्रका आधारमा मात्रै सम्बन्धन पाउने देखिन्न।'

प्रधानमन्त्री दाहाल भने चिकित्सा शिक्षा ऐन आएपछि बिएन्डसीले सम्बन्धन पाउनै नसक्ने देखेर जसरी भए पनि अहिले नै सम्बन्धन दिलाउने पक्षमा छन्। कतिपयले त कलेजमा दाहालको समेत लगानी रहेको बताउँछन्।

शिक्षा मन्त्रालयबाट अस्पताल सञ्चालनसम्बन्धी अनुमतिसमेत नलिएको उक्त कलेजको उद्घाटन दाहालले तीन वर्षअघि गरेका थिए।

तत्कालीन शिक्षामन्त्री दिननाथ शर्माको पालामा २०६८ माघ २४ गते झापाको विर्तामोडमा रहेको उक्त कलेजले मनसायपत्र पाएको थियो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस