राजधानीमा सुन्दर पुल जडिँदै
०६ मंसिर २०७३
•
७ मिनेट पाठ
राजधानीमा सुन्दर पुल जडिँदै
काठमाडौं- माथिल्लो भागमा अर्धवृत्ताकार आकृतिका संरचना, अर्धवृत्ताकार संरचनामा बलिया तार जडान। बीचमा न कुनै पिलर। सवारी गुड्ने भागमा चिल्ला र आकर्षक कालोपत्रे। सँगै पैदलयात्रु हिँड्ने छुट्टै फुटपाथ। टाढैबाटसुन्दर र आकर्षक देखिने सजावटसहितका चारवटा पुल राजधानीमा छिट्टै निर्माण हुँदैछ।

नेपालमै पहिलोपटक तीनकुने–माइतीघर सडक खण्डअन्तर्गतको धोबिखोला र बागमतीमा बनाउन सुरु गरिएको नयाँ प्रविधियुक्त पुलको विवरण हो। आठ लेन फराकिलो उक्त सडकमा नेपालमै पहिलोपटक आर्क (अर्धवृत्ताकार संरचना) प्रविधिमा 'नेटवर्क आर्क ब्रिज' निर्माण सुरु भएको छ। यो पुल हेर्दा अन्य पुलभन्दा छुट्टै देखिन्छ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले धोबिखोलामा दुई र बागमतीमा दुई गरी चारवटा आर्क प्रविधिका पुल बनाउन लागेको हो। आयोजनाका अनुसार हालसम्म नेपालमा यो प्रविधिका पुल बनाइएको छैन। आयोजनाका इन्जिनियर विश्व विजयलाल श्रेष्ठका अनुसार पुल निर्माणको काम धोबिखोलामा सुरु भइसकेको छ भने बागमतीमा बनाइने पुलको अन्तिम डिजाइन स्वीकृतिकै क्रममा छ।

'नयाँ प्रविधिअनुसार बनाइने यस्तो पुल निर्माणको लागत सस्तो पर्नुका साथै बलियो र सुन्दरसमेत हुनेछ,' उनले भने, 'बंगलादेश तथा अन्य देशमा यो प्रविधि लोकप्रिय भए पनि नेपालमा बल्ल सुरु भएको हो।'

पुल डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर राधाकृष्ण मल्लिकका अनुसार अन्य पुलमा जस्तो पिलर नहुने यस्तो पुलमाथि सवारीसाधन गुड्दा त्यसको भार अर्धवृत्ताकार संरचना (आर्क) र त्यसमा जोडिएका तार हुँदै पुलकै दुवै किनारमा बनाइएको संरचना ( एब्युटमेन्ट) माथि पर्ने गर्छ।

'लामा–लामा पुल बनाउन यो प्रविधि प्रयोग गर्ने गरिन्छ,' उनले भने, 'यस्ता पुल बलियो हुनुका साथै छोटो समयमा निर्माण गर्न सकिन्छ।'

धोबिखोलामा पुल निर्माणको जिम्मा जेई कन्स्ट्रक्सन प्रालिले पाएको छ। उक्त कम्पनीले पुल निर्माणको काम अगाडि बढाइसकेको छ। धोबिखोलाको हाल सञ्चालनमा रहेको पुलको तल्लो भाग र माथिल्लो भागमा आर्क पुल बनाउन सुरु भएको हो।

धोबिखोलामा बनाइने पुलको लम्बाइ ५०.३ मिटरको हुनेछ। पुलको चौडाइ भने तीन लेनको १२ मिटर हुनेछ। सवारी गुड्ने चौडाइसहित पुलमा दुई मिटर चौडाइको फुटपाथसमेत हुनेछ। जेई कन्स्ट्रक्सनका सिनियर प्रोजेक्ट म्यानेजर राधाकृष्ण देवका अनुसार पुलको आर्क सिमेन्ट, कंक्रिट र रडबाट निर्माण हुनेछ। प्राविधिक रुपमा आर्कमा प्रयोग हुने सामग्रीलाई रेनफोर्स सिमेन्ट कंक्रिट (आरसिसी) भनिने उनले जानकारी दिए।

उनका अनुसार 'आर्क' लाई पुलको तल्लो भाग (सवारीसाधन गुड्ने संरचना) सँग बलिया तारले जोडिएको हुन्छ र ती तारलाई पुलको दुवै किनारमा बनाइएको एब्युटमेन्टसम्म लगेर जोडिन्छ जसले पुलको सम्पूर्ण भार दुवै किनारमा बनाइएको एब्युटमेन्टमा पर्न जान्छ। पुल र सवारीको भार थाम्ने गरी एब्युटमेन्टको निर्माण हुने देवले जानकारी दिए।

धोबिखोलामा बनिरहेको पुलको अनुमानित लागत १३ करोड १३ लाख २५ हजार छ। पुल निर्माणको काम धमाधम अघि बढे पनि खानेपानीका पाइप र बिजुलीको पोलका कारण काममा अवरोध भइरहेको देवले जनाए।

'यो आर्थिक वर्षभित्र धोबिखोलाको एउटा पुलको रुपरेखा तयार गरिसक्ने गरी काम अघि बढाइरहेका छौँ,' उनले भने, 'तर पुलको जग तथा दुवै किनारामा संरचना निर्माण अगाडि बढाउन खानेपानीका पाइप र बिजुलीका पोलले समस्या पारिरहेको छ।' उनले तल्लो भागको पुलको रुपरेखा तयार पारेपछि माथिल्लो भागमा बनाइने पुलको काम अघि बढ्ने जानकारी दिए।

धोबिखोलाको पुलभन्दा बागमतीमा बनाइने पुलको लम्बाइ भने बढी छ। बागमतीमा बनाइने दुवै पुलको लम्बाइ ८५.२२ मिटरको हुनेछ। तीनकुनेको बागमतीमा बन्न लागेको पुलको अनुमानित लागत २१ करोड १३ लाख २५ हजार रहेको आयोजनाले जनाएको छ। धोबिखोलाको झैँ बागमतीको पुल पनि १२ मिटर चौडाइको हुने र दुई मिटर फराकिलो फुटपाथ हुनेछ। बागमतीमा बनाइने पुलको अन्तिम डिजाइन पास हुन बाँकी रहे पनि धोबिखोलाकै झैँ आर्क प्रविधिमै बनाइनेछ। चारवटै पुल निर्माण काम दुई वर्षभित्र सक्ने आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार पुल निर्माण सकिएपछि त्यसमा सौन्दर्य बढाउन साजसज्जा गरिनेछ। पुलको प्रारम्भिक डिजाइनको काम मेह कन्सट्रक्सनले गरेको थियो। माइतीघर–तीनकुने विस्तारित आठ लेन सडकमा नयाँ पुल नबन्दा बिजुलीबजारस्थित धोबिखोला र तीनकुनेस्थित बागमतीमा अहिले चार लेनको पुल मात्र छ। चार लेनको सडक विस्तार गरिएको तीन वर्ष बितिसक्दा पनि पुल भने निर्माण हुन सकेको छैन। जसका कारण सवारी आवागमनमा समस्या परिरहेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस