प्रकाश अधिकारी, चैत ११, दैलेख - कर्णाली राजमार्ग अर्न्तगत दैलेखको पिपलकोटमा बस दुर्घटनामा परी बेपत्ता भएकाहरुमध्ये थप चार जनाको शव फेला परेको छ।
कर्णाली नदिको किनारमा करिब पाँच किलोमिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। प्रहरीका अनुसार फेला पर्नेहरुमा कालिकोटका एक बर्षीया सिर्जना न्यौपाने र टिकापुर कैलालीका भविसरा शाह रहेका छन्। अन्य दुईको सनाखत हुन बाँकी छ।
कालिकोटको सदरमुकाम मान्मबाट विरेन्द्रनगर सुर्खेतका लागि छुटेको ना ३ ख ५८६८ नम्बरकों कांक्रेविहार यातायातको बस यही चैत्र पाँच गते दैलेखको पिपलकोट ६ स्थित सुईकिने साँघु भिरबाट कर्णाली नदीमा खसेको थियो।
यी संगै मृत्यु हुनेको संख्या ३७ पुगेको छ। मान्मबाट बस छुट्दा ३४ जना सवार भएपनि बिच बाटोमा थप यात्रु चढेकाले बेपत्ताको संख्या अझैं यकिन हुन नसकको प्रहरीले बताएको छ। सर्म्पकमा आएका आफन्तहरुका अनुसार अझै चार जना बेपत्ता छन्। वेपत्ताहरुको को खोजी भैरहेको छ।