चितवन, बैशाख ५ (नागरिक)- चेपाङ समुदायको जीवन शैलि, कला, सस्कृति र प्रचलनलाई समाहित गरी नेपाल चेपाङ संघले बृतचित्र बनाउने भएको छ।
बृतचित्रमा नेपाल चेपाङ संघको स्थापनासंघको स्थापना हुनु अगाडि चेपाङ जातिको जनचेतनाको अवस्था संघ स्थापना भएपछिको अवस्था जनचेतना जगाउन भएका प्रयास अधिकार प्राप्तीका लागि भएका संघर्ष लगायतका कुरा समेटिने जनाइएको छ।
यस्तै चेपा· समुदायले नैसर्गिक अधिकारका रुपमा रहने शिक्षा स्थास्थ्यखाद्यान्न भुमि तथा प्राकृतिक स्रोत साधनमाथीको अधिकार प्राप्त गर्न गर्नु परेको संघर्षका बारेमा पनि बृत चित्रमा उल्लेख हुने जनाइएको छ। बृतचित्र निर्माणका लागि नेपाल चेपाङ संघका केन्द्रिय सदश्य जितन्द्र चेपाङको नेतृत्वमा आठ सदस्यीय टोली गठन भएको सघले जनाएको छ। बृतचित्रका लागि चेपाङको बाहुल्य रहेका चितवनका बिभिन्न पहाडी गाबिस तथा मकवानपुर, धादिङलगायतका क्षॆत्रमा अनुसन्धान तथा खोज गरिने जनाइएको छ।