राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको शितगंगा नगरपालिकाले सार्वजनिक दिने भएको छ। नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा १५ गते सोमवार सार्वजनिक बिदा दिइएको नगरप्रमुख छविलाल पौडेलले जानकारी दिए। सार्वजनिक बिदाका दिन नगर भित्रका सार्वजनिक निकाय, वडा कार्यालय, सङ्घसंस्था, स्वास्थ्य संस्था, शिक्षण संस्था बन्द रहनेछन्।
मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा उनीहरूको पहिचान, भाषा संस्कृतिको संरक्षणका लागि दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिए।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झना अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिन्छ।