डाक्टर दासमाथि कारबाही सुरु
२० असोज २०७३
•
८ मिनेट पाठ
डाक्टर दासमाथि कारबाही सुरु
काठमाडौं- प्रक्रियाविपरीत तोकादेशका भरमा पिजी भर्ना निर्णय गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआइएसएच) का उपकुलपति डा. बलभद्रप्रसाद दासमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।




प्रतिष्ठानको पोस्टग्राजुयसन (पिजी) तहमा विद्यार्थी भर्नामा नियमविपरीत मनपरी गर्ने गरेको भेटिएपछि स्वास्थ्य मन्त्रालयले कारबाही प्रक्रिया सुरु गर्दै स्पष्टीकरण सोध्ने प्रस्ताव मन्त्रिपरिषद् लैजाने भएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले अनियमित तबरले भएको तीन विद्यार्थी भर्नासमेत रद्द गर्ने प्रतिष्ठानलाई निर्देशनसमेत दिएका छन् । स्पष्टीकरणपछि जवाफका आधारमा थप कारबाही प्रक्रिया थाल्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले आगामी मन्त्रिपरिषद्मै उनलाई तत्काल स्पष्टीकरण सोध्ने गरी प्रस्ताव लैजाने निर्णय मन्त्रालयमा भइसकेको बताए ।

‘अनियमित ढंगले गरिएको भर्ना रद्द गर्न निर्देशन भइसकेको छ,’ पौडेलले भने, ‘उपकुलपतिसँग स्पष्टीकरण सोध्ने गरी प्रस्तावसमेत मन्त्रिपरिषद्मा जाँदै छ ।’

मन्त्री थापाले केही समयअघि विराटनगरको एक कार्यक्रममा सहभागी हुन पुगेका समयमा भर्नासम्बन्धी उजुरी परेपछि मन्त्रीले दोस्रो दिनमै छानबिन समिति गठन गरेका थिए । मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह संयोजकत्वको छानबिन समितिले मन्त्रालयको कार्यविधिविपरीत नियाम र प्रक्रिया मिचेर भर्ना गरेको भेटेको थियो । समितिले प्रतिष्ठानले गरेको भर्ना सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षणसम्बन्धी कार्यविधि– २०७२ अनुसारको प्रक्रिया नअपनाएको, योग्यतासूची नहेरी र मन्त्रालयसमेतलाई जानकारी नगराई अपारदर्शी ढंगले भर्ना गरेको पाएको थियो ।

प्रतिष्ठानका हालै भर्ना भएका डा. मनीषा पनेरु, डा. प्रज्ज्वलसिंह कुँवर र डा. आरती आनन्द भर्नामा चलखेल भएको भन्दै मन्त्रालय, काउन्सिल र अख्तियारमा समेत उजुरी परेको थियो । प्रतिष्ठानका उपकुलपति डा. बिपी दास र रजिस्ट्रार तुलबहादुर श्रेष्ठको मिलेमतोमा नेपाल मेडिकल काउन्सिलले तोकेको न्यूनतम प्रतिशतसमेत नआएका व्यक्तिलाई समेत भर्ना गरेका हुन् । रजिस्ट्रारले प्रस्ताव गरेर उपकुलपतिको तोकआदेशमा भर्ना गरेको भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिष्ठानमा उपलब्ध नेपाली र विदेशी विद्यार्थी कोटामध्ये नेपाली संरक्षित सिट भर्नामा अनियमितता भएको हो । प्रतिष्ठानका पदाधिकारीले भर्नाको ‘प्रस्पेक्टस’ निकाल्दा कार्यविधिमै उल्लेख नभएको विधा बिपिकेआइएसएच एन्ड अदर्स इन्टिच्युट ‘क्याटागोरी’ बनाएर भरतपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालका नाममा कोटा तोकिदिएका थिए । मन्त्रालयले ती दुवै संस्थाका प्रमुखसँगसमेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले भर्नामा कार्यकारी समितिले तीन विद्यार्थीको भर्ना गर्नुपूर्व काउन्सिलका लागि सूचना ननिकालेको, शिक्षाध्यक्षको सिफारिसमा उपकुलपतिले भर्नाका लागि सिधै स्वीकृति दिएको, विद्यार्थीले उच्च प्राप्तांक नपरेको, प्रवेश परीक्षा सम्पन्न भएपछि परामर्शका समयमा सार्वजनिक गरिएको दरबन्दी संख्याभन्दा बढी विद्यार्थी भर्ना गरिएको भेटिएको छ ।

छानबिनका लागि पुगेको मन्त्रालयको टोलीसमक्ष प्रतिष्ठान पदाधिकारीले कार्यविधि आएपछि सभाबाट नयाँ कार्यविधिका कारण भर्नामा अप्ठेरो परेको भन्दै अन्य संस्थालाई १० प्रतिशत सिट छुट्याउने निर्णय भएको र सोही आधारमा ती विद्यार्थीको भर्ना गरेको दाबी गरेका थिए ।

कार्यविधि नै बनाएर पिजी निःशुल्क बनाइसकेको अवस्थामा यसरी तोक्नसमेत नमिल्ने मन्त्रालयस्रोतको भनाइ छ । यसरी तोक्दासमेत गैरसरकारी संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको नाममा समेत सरकारीसरह कोटा छुट्ट्याइएको भेटिएको छ ।

तीमध्ये डा. कुँवरको उत्तीर्णांक ४९ प्रतिशत मात्रै हुन्छ । काउन्सिलले न्यूनतम पासप्रतिशत ५० तोके पनि प्रतिष्ठानले ४० सम्मलाई पास मार्क मान्दै भर्ना गर्दै आएको समेत समितिले भेटेको छ ।

स्रोतका अनुसार काउन्सिलको फुलहाउस बसेर सिट तोक्न नपाएको मौका छोपेर सभाले आफैं मनपर्दी सिट तोकेको, भर्नासम्बन्धी सूचना निकल्दा तोकिएको कोटाभन्दा पछि बढी भर्ना लिएको समेत भेटिएको छ । काउन्सिलले फुलहाउस बस्न नसकेपनि पूर्वाधारका अनुगमन गरेर पदाधिकारीलाई सिट सीमा दिएकोमा समेत प्रतिष्ठानले हेरफेर गरेको थिए । स्वास्थ्यमन्त्री गगन थापाले मन्त्रालयमा प्रतिष्ठान र मेडिकल काउन्सिलका पदाधिकारीसमेतलाई एकै ठाउँमा राखेर बैठक गराएपछि यस्तो रहस्य खुलेको थियो ।

यसअघि सरकारले पिजी निःशुल्क गर्ने तयारी गरिरहँदासमेत उपकुलपतिसहितका पदाधिकारीले शक्तिकेन्द्र धाएर रोक्ने प्रयास गरेका थिए ।

प्रतिष्ठान उपकुलपति डा. दास पिजी निःशुल्कसँगै एमबिबिएस सिट तीन वर्षभित्र अधिकतम सयमा झार्ने निर्णयको समेत विरोधमा छन् । गत वर्ष सरकारले सिटसीमा तोक्ने तयारी गरिरहेको अवस्थामै सिनेटले १ सय ५० सिटमा भर्ना लिने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध डा. मदन उपाध्यायले सिनेट सदस्यबाट राजीनामा दिएका थिए ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस