ताप्लेजुङ जिल्ला अदालतले चालू आर्थिक वर्षको पुस मसान्त सम्ममा करिब ३६ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ।
अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार गत आवबाट जिम्मेवारी सरी आएका सहित अदालतमा चालू अवस्थामा २ सय ७४ थान मुद्दा रहेका छन्। यी मध्ये ९७ जना मुद्दाको फर्स्यौट भएको रेग्मीले जानकारी दिए।
अदालतमा चालू आवमा दर्ता भएका मुद्दाको नयाँ लगत १ सय ६४ रहेको छ। गत आवबाट १ सय १० थान मुद्दा चालू आवका लागि जिम्मेवारी सति सरी आएका थिए। कूल मुद्दाको ३५.४० प्रतिशत फर्स्यौट भएको रेग्मीले जानकारी दिए।
उनका अनुसार जिम्मेवारी सरी आएका ४८ थान र नयाँ दर्ता भएका ४९ थान मुद्दा फर्स्यौट भएका छन्। पुस महिना भित्रको अवस्था हेर्दा अदालतमा अहिले १ सय ७७ थान मुद्दा फर्स्यौट हुन बाँकी रहेको अवस्थामा छन्। ती मध्ये दुई बर्ष नाघेको १ थान मुद्दा रहेको छ। १ सय ७ थान मुद्दा ६ महिना भित्रका रहेका छन्। ५७ जना मुद्दा ६ महिना देखि एक बर्ष भित्रका र १२ थान मुद्दा १८ महिना देखि १८ महिना भित्रका रहेका छन्। १८ महिना देखि २ बर्ष भित्रका मुद्दा भने शून्य छन्।
अदालतले ६ महिना भित्रका ६६ थान, ६ महिना देखि १२ महिना भित्रका २९ थान र एक बर्ष देखि १८ महिना भित्रका २ थान मुद्दा फर्स्यौट गरेको जनाएको छ। जिम्मेवारी सरी आएकामा १ सय १० थान मध्ये देवानीतर्फ ८०, फौजदारीतर्फ २९ र १ थान निषेधाज्ञा सम्बन्धी मुद्दा थिए। बन्दी प्रत्यक्षीकरण सम्बन्धी कुनैपनि मुद्दा ताप्लेजुङ अदालतमा छैनन्। चालू आवमा दर्ता भएका १ सय ६४ थान मुद्दामध्ये देवानीतर्फ १ सय २१,फौजदारीतर्फ ४१ र निषेधाज्ञातर्फ २ थान मुद्दा रहेका छन्।
यता थुनुवा मुद्दातर्फ जिम्मेवारी सरी आएका ४ र नयाँ लगतमा दर्ता भएका २० गरी कूल २८ थान रहेकोमा ४ थानको मात्र फर्स्यौट भएको छ। २४ थान मुद्दा कारवाहीको क्रममा रहेको अदालतले जनाएको छ।
अघिल्लो आवबाट ज्यान सम्बन्धी मुद्दा/अंगभंग र जबरजस्ती करणीका ४–४ थान गरी ८ थान मुद्दा जिम्मेवारी सरी आएका थिए। चालू आवमा हातहतियार तथा खरखजना सम्बन्धीका ३, ज्यान सम्बन्धी मुद्दा/अंगभंगका ४,जबरजस्ती करणीका ८,सबै प्रकारका चोरी मुद्दा, लागु औषध सम्बन्धी र बहुविवाह सम्बन्धीका समान १–१ गरी ३, र सवारी ज्यान सम्बन्धीका २ थान मुद्दा नयाँ लगतको रुपमा दर्ता भएका छन्। यी मध्ये ज्यान सम्बन्धी मुद्दा/अंगभंगको १ थान र जबरजस्ती करणी सम्बन्धीका ३ थान मुद्दाको फर्स्यौट भएको छ।