भक्तपुरको दुई छुटाछुटै स्थानमा शुक्रबार भएको दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।
जिल्लाको चागुँनारायण नगरपालिका वडा नं. ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट अं.१५/२० मिटर तल खस्न गई दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ शंखरापुर नगरपालिका वडा नं. ५ पालुवारी बस्ने बर्ष ४० को शंखरभोलोन तामाङको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ।
गम्भीर घाइते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडौँ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको परिसरका निमित्त सूचना अधिकृत लोकबहादुर जिसीले जनाए। मृतकको शव पोष्टमार्टमको लागि भक्तपुर अस्पताल ल्याइएको जनाइएको छ।
यस्तै अरनिको राजमार्ग अन्तर्गत जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं. को बसलाई सोही दिशाबाट आउँदै गरेको बा ९९ प ३४८५ नं. को स्कुटीले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटी चालक धनकुटा खोलीखर्क गाउँपालिका वडा नं. ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेल बस्ने बर्ष ३९ की ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ।
गम्भीर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटि गई दुबै सवारी साधन र बस चालक भक्तपुर नगरपालिका वडा नं. २ ईताछे बस्ने बर्ष ४१ को दयाराम देशेमरु वृत्त जगातीको नियन्त्रणमा रहेको जनाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।