म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा बसन्त बोगटी सदावर्त गुठीभित्र रहेको एक मन्दिर मर्मतसम्भार गरिएको छ। गुठिभित्र रहेको जिर्ण शिव मन्दिरको बेनी नगरपालिका वडा नं १ रत्नेचौर स्थायी घर भई हाल मलेसियामा रहेका व्यवसायी दिपक बोगटीले मर्मत गरेका छन्।
निर्माण गरेको मन्दिर चर्किएको छ भने माथिल्लो भाग भत्किएपछि बोगटीले ब्यक्तिगत खर्चमा मर्मत गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने बसन्त बोगटी सदावर्त गुठी कोष मातहत पर्ने शिव मन्दिर मर्मत सम्भारको अभावका कारण भत्किने अवस्थामा पुगेको जानकारी पाएपछि मजदुर लगाएर मर्मत गरिएको समाजेवी बोगटीले बताए। ‘धार्मिक क्षेत्रमा सहयोग दान नभई कर्तब्य हो, मैले अझै धेरै सहयोग गर्छु’ बोगटीले भने। उनले आफ्नै वडामा रहेको शिव मन्दिरको समेत मर्मत गरेका थिए।
मन्दिर राम मन्दिर भित्र रहेका सहायक मन्दिरमा शिव मन्दिरको समेत फरक इतिहार रहेकाले तत्काल मर्मत आवश्यक देखेर मर्मत गरिएको बोगटीको भनाई छ। मन्दिर निर्माणमा समेत बोगटीले सहयोग गरेका थिए। जिर्ण मन्दिरको मर्मतमा कसैले चासो नदेखाएको मन्दिरमा लामो समयदेखि बस्ने भक्तजनले बोगटीलाई जानकारी गराएका थिए। समाजसेवी बोगटीले मन्दिर नजिकै पूरानो चौतारीलाई समेत फराकिलो बनाएर मर्मत गरेका थिए। आफ्नो पुर्खाले बनाएको मन्दिर र चौतारी जिर्ण भएपछि बोगटीले व्यक्तिगत लगानीमा मन्दिर निर्माण गरेका थिए भने मन्दिरभित्र बस्ने पूजारी, भक्तजन र नियमित पूजाआजमा प्रयोग गर्न मिल्ने गरी केरा समेत रोपिएको थियो।
समाजसेवी तथा शिक्षा र राजनीतिककर्मी रहेको स्वर्गीय ओमबहादुर बोगटी र भाई लोकेश बोगटीको सम्झनामा जन्मगाउँ रत्नेचौरमा धार्मिक तथा विभिन्न क्षेत्रमा सहयोग गरेका छन्। रघुगंगा गाउपालिकाको पिप्लेमा बसन्त गुठी अन्तरगत रहेको जग्गा राहुघाट जलविद्युत आयोजनाले अधिग्रहण गर्ने क्रममा प्राप्त गरेको मुआब्जा रकमबाट ८५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन्। कोषको ब्याजबाट धर्म, संस्कृति, संस्कारको संरक्षणमा परिचालन गर्दै आएका छन्।