सन्तोष पोखरेल, पोखरा, फागुन २३- कास्की प्रहरीले सञ्चालन गरेको विशेष कारबाही 'मिसन–११' अभियानका क्रममा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ दर्जनभन्दा बढीलाई मुद्दा चलाइएको छ। प्रहरीले पोखरासहित आसपासका गाउँका आपराधिक गतिविधि नियन्त्रण गर्न फागुन ११ देखि २२ गतेसम्म ११ दिने 'मिसन–११' अभियान चलाएको थियो।
पोखरा र आसपासमा गुण्डागर्दी, मादक पदार्थ सेवन, लागू औषध, चोरीलगायत सामाजिक विकृति फैलाउने कामलाई नियन्त्रण गर्न चलाइएको अभियानका क्रममा ६ सय ५५ जना पक्राउ परेकोमा ४३ जनालाई मुद्दा चलाइएको कास्की प्रहरीले जनाएको छ।
कास्कीका प्रहरी उपरीक्षक रमेशप्रसाद खरेलका अनुसार अभियानका क्रममा लागू औषधका १, सार्वजनिक अपराधका ३४, ज्यान मार्ने उद्योगका १, सवारी ज्यानका २ र चोरीमा ५ जनालाई मुद्दा चलाइएको छ।
'मुद्दा चलाइएकाबाहेक अरुलाई सामान्य चेतावनी दिएर आगामी दिनमा यस्ता क्रियाकलाप नगर्ने सर्तमा छाडिएको छ', उपरीक्षक खरेलले भने- आपराधिक गतिविधिमा संलग्न कसैले शिर उठाउन नपाउन् भनेर यस्तो अभियान चलाएका हौं।
मिसनले प्रहरीलाई सक्रिय बनाउने र आपराधिक गतिविधि नियन्त्रण गर्ने लक्ष्य राखेकोमा सफल भएको खरेलको दावी छ।
'पर्यटकीय क्षेत्रलाई समेत ध्यान दिएर यो अभियान चलाएका थियौं', खरेलले भने- कुनै पनि अपराधीले आफ्ना गतिविधि गर्न नपाओस् भन्ने हाम्रो लक्ष्य थियो, त्यो पूरा भयो।' उनले आगामी दिनमा यस्तै अभियान चलाएर आपराधिक गतिविधि नियन्त्रण गर्ने जानकारी दिए। अभियान सफल बनाउन जिल्ला प्रहरीका बाहेक गण र अञ्चल प्रहरीको जनशक्तिसमेत परिचालन गरिएको थियो।
मिसन अवधिमा ट्राफिक प्रहरीले नियम उल्लङ्घन गरेर सवारी सञ्चालन गर्नेलाई समेत कारबाही गरेको छ। एघार दिने अभियानमा विभिन्न सवारी नियन्त्रणमा लिई कारबाही गर्ने क्रममा १ लाख ५४ हजार १ सय ५० रुपैयाँ राजस्वसमेत सङ्कलन गरेको प्रहरीले जनाएको छ।