सेनामा सधैं उमेर र शैक्षिक प्रमाणपत्रको विवाद
२१ पौष २०७९
•
६ मिनेट पाठ
सेनामा सधैं उमेर र शैक्षिक प्रमाणपत्रको विवाद
नेपाली सेनाका उपरथि प्रेम शाही मंगलबार सैनिक हिरासतमा परे। जंगी अड्डाले पुस ४ गते ‘मिति २०७९ पुस २० देखि निवृत्तिभरणमा अवकाशप्राप्त गर्नू’ भन्ने व्यहोराको पत्र थमाएपछि सर्वोच्च अदालतको आदेशसहित जंडी अड्डा पुगेका शाहीलाई ‘आर्थिक अनुशासनमा नबसेको’ भन्दै हिरासतमा लिग्यो।  




हिरासतमा रहेका शाहीको शैक्षिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रमा शाहीको जन्ममिति फरक हुँदा उनको अवकाशको विषयमा विवाद उत्पन्न भएको थियो। नागरिकता प्रमाणपत्रमा २०२३ पुस २२ गते छ भने बुढानीलकण्ठ विद्यालयले जारी गरेको चारित्रिक प्रमाणपत्रमा २०२२ पुस २० गते उल्लेख छ।  

स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा जतिसक्दो चाँडो शाहीलाई सेनाको कार्यकालबाट बिदा गर्न चाहन्थे। शाहीलाई बिदा गर्दा सेनाको आगामी रथी (तीनतारे जनरल) बढुवामा आफूले इच्छाइएको व्यक्ति ल्याउने र भविष्यमा बन्ने प्रधानसेनापतिको रोलक्रमसम्म खेल्न सकिने शर्माको ‘इन्ट्रेस्ट’ रहेको स्रोतको दाबी छ।  

यसका लागि प्रधानसेनापति शर्माले सबैभन्दा पहिला उपरथी शाहीकै प्रमाणपत्रहरूमा रहेको ‘उमेरसम्बन्धी विवाद’को सहारा लिए। सैनिक ऐन, २०६३ अनुसार उपरथीको सेवाअवधिमा उमेरहद ५७ वर्ष छ। शाहीको चारित्रिक प्रमाणपत्रको जन्ममितिअनुसार ५७ वर्ष बुधबार पुग्छ। यही कुराको सहारा लिएर जंगी अड्डाले गत पुस ४ गते ‘मिति २०७९ पुस २० देखि निवृत्तिभरणमा अवकाश प्राप्त गर्नु’ भन्ने व्यहोराको पत्र थमाएको थियो।

शाहीको दलिल केही फरक थियो। उनी बुढानीलकण्ठ विद्यालयले इस्वी संवत्मा रहेको जन्ममितिलाई उल्था गर्दा २०२२ लेखिदिएर त्रुटि गरेको उनको दाबी थियो। जसका लागि उनले सम्बन्धित विद्यालयबाट अर्को पत्र नै लेखाएका छन्। यसअनुसार आफ्नो सही जन्ममिति नेपाली नागरिकताको प्रमाणपत्रमा रहेको २०२३ पुस २२ गते नै रहेको दाबी छ।  

यही दाबी लिएर उनी जंगी अड्डाको पत्र खारेजीको माग गर्दै सेवाअवधिको निरन्तरताका लागि रिट बोकेर पुस ७ गते सर्वोच्च पुगेका थिए। उनको रिटमा पुस १३ सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलास बस्यो। जसले शाहीको अवकाश ‘कार्यान्वयन नगर्नू/नगराउनू, निवेदकलाई यथा अवस्थामा काम गर्न दिनू’ आदेश दिएको थियो। सर्वोच्चको यही आदेश बोकेर जंगी अड्डामा हाजिर हुन पुगेका उपरथी शाही ‘आर्थिक अनुशासनमा नबसेको’ आरोपमा पक्राउ परेका छन्।

नेपाली सेनामा ‘उमेर विवाद’को यो मात्रै पहिलो घटना भने होइन। यसपूर्व पनि पटक–पटक उमेर विवादका घटनाले चर्चा बटुल्दै आएका छन्। विशेषगरी जर्नेलस्तरका अधिकृतको उमेर विवादले बढी चर्चा पाउने गरेका हुन्। सेनामा उमेर विवादको कारण चर्चा पाएका पात्रहरूमध्ये पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको नाम पनि समावेश छ। उनीमाथि शैक्षिक प्रमाणपत्र केरमेट गरेर जन्ममिति घटाएको आरोप लागेको छ। सञ्चारमाध्यमले तत्कालीन समयमा प्रमाणसहित नै यो कुरा बाहिर ल्याएका थिए।  

जसमा क्षत्रीको जन्म २०१६ मंसिर १ गते हुनुपर्नेमा प्रवेशिका परीक्षा (एसएलसी)का प्रमाणपत्रमा २०१७ मंसिर १ गते बनाएको देखिन्छ। सच्याइएको जन्ममितिअनुसार क्षत्रीले १५ वर्ष नपुग्दै एसएलसी उत्तीर्ण गरेको र १८ वर्ष नपुग्दै सेनामा प्रवेश गरेको देखिन्छ। क्षत्री २०३५ कात्तिक ७ गते नेपाली सेनामा प्रवेश गरेका थिए। यहीकारण क्षत्रीले आफ्नो सैनिक कार्यकालभर जन्ममिति र सेवाप्रवेश अवधि लुकाउने कोसिस गरेको आरोप पनि लाग्ने गरेको छ।  

क्षत्री २०७२ भाद्र २४ गतेदेखि २०७५ भाद्र २४ गतेसम्म प्रधानसेनापति भएका थिए। उनी सैनिक ऐनअनुसार ‘पदावधि’का आधारमा अवकाशमा गएका थिए।  

यस्तै उमेर विवादमा पूर्वप्रधानसेनापति रुक्मांगद कटवालको नाम पनि आउँछ। उनको सही जन्ममिति २००१ कात्तिक २७ गते रहेको दाबी गरिन्छ। तत्कालीन दरबारका प्रियपात्र रहेका उनले २०३३ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको ठाडो ‘हुकुम प्रमांगी’मार्फत सिधैं ४ वर्ष थपेर २००५ कात्तिक २७ बनाएको चर्चा छ।  

कटवाल २०६३ साल भदौ २५ गते प्रधानसेनापति नियुक्त भएका थिए। उतिबेला २०६२÷६३ को जनआन्दोलनले सफलता प्राप्त गरिसकेको थियो। त्यतिबेला राजाको हुकुमबाट भएका सबै निर्णय खारेज गर्ने दलीय म्यान्डेट थियो। त्यसैलाई लिएर कटवालको यही उमेर विवादको विषयमा उनी प्रधान सेनापति नियुक्त भएको दोस्रो दिन नै अधिवक्ता दिलहरि शर्माले सर्वोच्चमा रिटसमेत हालेका थिए। तर सर्वोच्चले मुद्दालाई तीन वर्ष थन्क्याएर फैसला गर्‍यो। जतिबेला कटवाल कार्यकाल पूरा गरी अवकाश गइसकेका थिए। सर्वोच्चको फैसलामा ‘अवकास पाइसकेकाले केही गर्न नपर्ने’ व्यहोरा उल्लेख छ।  

यस्तै उमेर विवादको सूचीमा पूर्व सहायकरथी हेम खत्रीको नाम पनि आउँछ। उनी नक्कली प्रमाणपत्रका आधारमा वृत्तिविकाशको अवसर लिएको भन्दै बर्खास्तीमा समेत परेका थिए।  

खत्रीले स्नातक उत्तिर्ण गरेको भन्दै भारतको ‘डियुबी’ विश्वविद्यालयको नामको नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भएको थियो। पाकिस्तानमा सञ्चालित नेसनल सेक्युरिटी तथा बार कोर्स (एनएसडब्लुसी) तालिममा सहभागी हुन उनले उक्त प्रमाणपत्र पेस गरेका थिए। जुन प्रमाणपत्रमा उनको उमेर पनि सही उमेरभन्दा फरक थियो। यही मुद्दामा सैनिक अदालतले उनलाई दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहर गरेसँगै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबराले २०७० कात्तिक २७ गते खत्रीलाई बर्खास्त गरेका थिए।  

खत्रीको मुद्दासँगै जोडेर तत्कालीन उपरथी प्रेमप्रकाश थापामगरलाई पनि बर्खास्त गरिएको थियो। थापामगरले खत्रीको प्रमाणपत्र बदनियत राखेर पेस गरेको वा स्नातक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्रको आधिकारिकता यकिन गर्नुपर्ने दायित्व र कर्तव्य हुँदाहुँदै लापरबाही गरेको, खत्रीलाई तालिममा समावेश गर्ने उद्देश्यले जन्ममिति परिवर्तन गरेको आरोप थापामगरमाथि लगाइएको थियो।

त्यसैगरी पूर्व सहायकरथी ज्ञानेन्द्रजंग रायमाझीको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको आरोप लागेको थियो। उपरथीमा जंगीअड्डाबाट उनको बढुवा फाइल रक्षा मन्त्रालय पुग्दा यही विवादका कारण तत्कालीन रक्षा सचिवले रोकेका थिए। त्यसपछि रायमाझी राजीनामा दिएर बाहिरिएका थिए।  

सेनामा यी केही बाहिर आएका विवाद मात्रै हुन्। यस्ता विवाद बारम्बार आइरहन्छन्। जसको सिलसिला लामै छ। जसमा अधिकांश नक्कली शैक्षिक प्रमाणपत्र पेसका देखिन्छन् भने अन्यमा शैक्षिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रमा भएको फरकपनले सिर्जना गर्ने गरेका छन्। पछिल्लो समय उपरथी शाहीबाहेक पनि केही अन्य केही अधिकृतहरूको उमेर विवाद कायम देखिन्छ।

प्रमाणपत्रमा देखिने फरकपन त हुन्छ नै, सेनाभित्रको सबैभन्दा ठूलो चुनौती फर्जी र किर्ते प्रमाणपत्र रहेको स्रोत बताउँछ। ‘आफ्नो स्वार्थपूर्तिका लागि किर्ते गर्ने, फर्जी प्रमाणपत्रहरू पेस गर्नेहरूको संख्या सेनाभित्र बाक्लो छ,’ स्रोत भन्छ, ‘यसमा संगठनभित्रकै कमान्ड चेनको संरक्षणमा रहेसम्म विवाद हुन्न। संरक्षण नहुँदा विवाद देखिने गरेको छ।’

रक्षाविद देवेन्द्र सिटौला नेपाली सेनाभित्र अझैं पनि यस्तो उमेर विवाद देखिनु सुखद नहुने बताउँछन्। ‘यो हाम्रो सेनाको छविका लागि सुखद कुरा हुँदै होइन,’ उनले भने, ‘यत्ति सामान्य कुरा त। भर्ना हुँदा नै निरूपण हुनुपर्ने हो।’ सेनाका अधिकारीहरूको सुरुवाती लापरबाही र अहिलेको लाभ लिन खोज्ने प्रवृत्तिका कारण यस्ता विवाद देखिएको हुनसक्ने उनी बताउँछन्।  

‘शैक्षिक प्रमाणपत्र लिँदा र नागरिक बनाउँदा फरक–फरक कामय हुन्छ। जसलाई अहिले आफूलाई लाभ हुनेगरी फाइदा लिन खोजिन्छ,’ सिटौला भन्छन्, ‘त्यसमा संगठनभित्र तालमेल नमिल्दा विवाद बाहिर आउने गरेको देखिन्छ।’
अर्को समाचार
नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन
१४ वैशाख २०८१
•
१ मिनेट पाठ
नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन
नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरू तर्फ गरी झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ।




जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

विस्तृत विवरणसहितः

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस