शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
१५ चैत्र २०८०
•
३ मिनेट पाठ
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको खरमयुर गणना थालेको हो।




निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ,नेपाली सेना, शुक्लाफाँटा गाइड एशोसिएन,चराविज्ञ लगायत गरी २० जनाको टोली गणनका लागि खटिएको छ। निकुञ्जभित्रका शुक्लाफाँट,करैया फाँटा,राधापुर फाँटा,मोहनपुर फाँटालगायत क्षेत्रमा स्वीप विधिको प्रयोग गरी खरमयुर गणना सुरु गरिएको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए।

‘निकुञ्जसँगै जोडिएको किसान मध्यवर्ती सामुदायिक वनभित्र पनि गणनको हुन्छ’,उनले भने ‘खरमयुर गणनाका लागि छनोट गरिएका घाँसे मैदानलाई छ वटा ‘ब्लक’मा विभाजन गरी आजदेखि १० दिनसम्म गणना गरिनेछ।’

विगतमा खरमयुर पाइएका क्षेत्रलाई आधार मानेर गणनाका लागि स्थान छनोट गरिएक जानकारी दिँदै उनले ‘स्वीप’ विधिअन्तर्गत मानव साङ्लो बनाएर गणना गरिने बताएका छन्।

‘जेडएसएल नामक संस्थाको सहयोगमा ‘क्यामेरा ट्र्यापिङ’ का माध्यमबाट पनि १५ दिनसम्म गणना गरिने छ’,संरक्षण अधिकृत ऐरले भने,‘यसका लागि निश्चित दूरीमा स्वचालित क्यामेरा जडान हुनेछ।’

मयुर गणना हुने स्थानमा ‘टावर प्वाइन्ट’ राखेर ‘क्यामेरा, टेलिस्कोप, वाइनाकुलर’को सहायताले खरमयुरको सङ्ख्या यकिन गरिने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए।  

उनका अनुसार मार्च महिनाको अन्तिम हप्तादेखि अप्रिल महिनाको पहिलो हप्तासम्म प्रत्येक वर्ष सङ्घले निकुञ्जसँग सहकार्य गरी खरमजुर गणनाको गर्दै आएको छ। घाँसे मैदानमा घाँस छोटो हुने भएकाले यसबेला खरमजुर देखापर्ने गर्दछन्। खरमयुरको प्रजनन समय भएकाले तिनलाई देखिने चराविज्ञ डगौराले बताए। 

‘खरमजुरको प्रजनन समय साँझ–बिहान भएकाले गणनाका लागि बिहान ६ बजेदेखि १० बजेर ३० मिनेट र साँझ ३ बजेदेखि ६ बजेर ३० मिनेटको समय निर्धारण गरेका छौँ’,उनले भने।

‘नेपाल–भारत, भियतनाम र कम्बोडियामा गरी दुई सय ५० देखि नौ सयसम्म खरमजुर पाइने गर्दछ’, उनले भने, ‘यो अतिसङ्कटापन्न प्रजातिका रुपमा रहेको छ, संरक्षणका लागि भरपर्दो कार्य नगरिए आगामी केही दशकमा यी लोप हुने अवस्था छ।’

खरमजुरको बासस्थान भनेकै घाँसेमैदान हो। अतिक्रमणको चपेटमा परेर मासिँदै जानु, प्रति वर्ष हुने आगलागीले खरमजुरको बासस्थान मासिँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले गणनाका क्रममा बासस्थानको अवस्था,आहाराको अवस्था लगायतबारे अध्ययनको गरिने जानकारी दिए।

खरमजुर शुक्लाफाँटा,चितवन,बर्दिया राष्ट्रिय निकुञ्जसँगै कोसीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छन्। नेपालका यी संरक्षित क्षेत्रमा ६० देखि एक सयको सङख्यामा खरमयुर रहेका अनुमान छ।

संरक्षण अधिकृत ऐरका अनुसार गत वर्षको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटामात्रै खरमजुर फेला परेका थिए। त्यसको अघिल्लो वर्ष सात वटा फेला परेका थिए। सबैभन्दा बढी कोसीटप्पु वन्यजन्तु आरक्षमा २२ वटा खरमजुर फेला परेका थिए। ‘वर्षाका बेला घाँसेमैदानमा पानी भरिने भएकाले निकुञ्ज नजिकैका उकासका क्षेत्रमा खरमयुर बस्ने गर्छन्’,अधिकृत ऐरले भने,‘वर्षा याम सकिएपछि पुनःघाँसेमैदानमै फर्कने गर्छन्।’

खरमयुर सिरु जातको खरले ढाकिएका मैदानमा बस्ने, त्यही गुँड लगाएर चल्ला हुर्काउने गर्छन्। खरमा बस्ने भएकाले यो प्रजातिका मयुरलाई खरमयुर भनिएको उनले। खरमजुरसँगै निकुञ्जमा चार सय ५४ प्रजातिका चरा पाइन्छन्। खरमयुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित पन्छीका रुपमा सूचीकृत गरेको छ।

-रासस
अर्को समाचार
नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन
१४ वैशाख २०८१
•
१ मिनेट पाठ
नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन
नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदहरू तर्फ गरी झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ।




जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।

सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी मागेको हो।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेभसाइटमार्फत दरखास्त दिन सक्नेछन्।

विस्तृत विवरणसहितः

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस