भारतबाट अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको सामान प्रहरीले बरामद गरेको छ।
मधुवन नगरपालिका–३ खाता र बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट प्रहरीले अवैध सामान बरामद गरेको हो। प्रहरीका अनुसार जम्मा मूल्य १ लाख ४३ हजार ६ सय १४ बराबरको अवैध बेवारिसे सामान बरामद भएको छ।
इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक मोहनजंग बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मधुवनको खाता स्थितबाट मूल्य ६६ हजार ६४ बराबरको सामान बरामद गरेको छ। सुकेको सिद्रा माछा, सुर्तीजन्य पदार्थ, बिडीलगायत पानजन्य सामान बरामद भएको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिकाको फुटाह स्थितबाट मूल्य ७७ हजार ५ सय ५० बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीका अनुसार बरामद सामानमा प्लास्टिक बाटा, चिनी, भेली, गुट्खा पदार्थ रहेको छ।
भारतबाट भन्सार छली अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।