धनुषा प्रहरी प्रमुखका रूपमा विश्वराज खड्का आएका छन्। खड्का सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएका हुन्।
उनलाई प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्री, दिपक कुमार राय लगायत जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा भई खड्का धनुषामा आएका हुन्।
यसअघि धनुषाका प्रहरी प्रमुखमा वसन्त रजौरे थिए। यहाँ १४ महिना बसाईपछि उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सरुवा भएका छन्।