परोपकारी संस्थाको रुपमा चिनिएको ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरि कृष्णा गौतम सर्वसम्मत निर्वाचित भएका छन्।
कोषको आठौँ साधारण सभा तथा चौंथो अधिवेशनबाट परोपकारी पत्रकारितामा सक्रिय नागरिक दैनिक म्याग्दीका संवाददाता समेत रहेका गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो।
कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा सन्दीप खत्री र सचिवमा दिपक श्रेष्ठ रहेका छन्। समितिको सदस्यहरूमा कृष्ण जिसी, दिलकुमारी पुर्जा, सन्तोष गौतम, सचिन शाक्य, कमल खत्री, टकसरा राना, नन्दकुमार पाईजा, नेत्रराज सुवेदी र मिना राम्जाली रहेको महासचिव श्रेष्ठले बताए।
म्याग्दी उद्योग वाणिज्य संघको हलमा शनिबार भएको कोषको आठौँ साधारण सभा तथा चौंथो अधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्विर) ले गरेका थिए। सोही अवसरमा कोषको 'सहयात्रा– ३' स्मारिकाको विमोचन समेत गरिएको थियो।
स्थापनाकालदेखि ओमकुमारी शान्तिकोषको आर्थिक सहयोगबाट धेरैको ज्यान बचाउन सफल भएकोमा संस्थालाई धन्यवाद दिँदै यस्तै कार्यलाई आगामी दिनमा निरन्तरता दिन उनले आग्रह गरेका थिए।
उनले आगामी दिनमा जिल्लाको स्वास्थ्य क्षेत्रको समस्या समाधान र पूर्वाधार निर्माणमा विशेष ध्यान दिने बताए। गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीले ओमकुमारी शान्ति कोषको गरिमालाई आगामी दिनमा उच्च राख्दै अगाडी बढ्न कोषको समितिलाई आग्रह गरेका थिए।
उनले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई छिटो समाधानतर्फ ध्यान दिने जोड दिए। साधारण सभामा नेपाली काँग्रेसका उपसभापति कर्णबहादुर भण्डारी (केवी) मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायतले मन्तव्य राखेका थिए। संस्थाका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत, महासचिव लोकेश पुन मगरको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनय श्रेष्ठको आर्थिक प्रतिवेदन रहेको कार्यक्रमको संचालन सचिव सन्दीप खत्रीले गरेका थिए।
कोषको संरक्षक सदस्यमा ४१ जना, आजीवन सदस्य ८८० जना रहेको संस्थाले आर्थिक संकलन र कोषको प्राप्त ब्याजबाट हालसम्म २७९ जनाको उपचारमा आर्थिक सहयोग गरेको छ। कोषले छिट्टैनै २ करोड ५० लाख रुपैयाँको अक्षकोष घोषणा गर्ने लक्ष लिएको छ।
बेनी नगरपालिका–४ की ओमकुमारी शान्ति पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ।