सैनिक दम्पती घाइते-
सइन्द्र राई, खोटाङ फागुन १३- भोजपुरबाट खोटाङ सदरमुकाम दिक्तेल आउँदै गरेको ट्रक शुक्रबार बाँझे च्यानडाडाँमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। को १ ख २५६६ नम्बरको ट्रक दुर्घटनामा सुर्खेतका ट्रक चालक हरि शाहीको मृत्यु भएको हो।
दुर्घटनामा परी जबरजङ्ग गण मुढेका सैनिक रणबहादुर थापा र उनकी श्रीमती तुलसा थापा तथा सुनसरीका रामुकमार चौधरी घाइते भएका छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ।
ट्रक सडकबाट तीस मिटर तल खसेको छ।