सर्लाही–सर्लाहीको लालबन्दी बजार क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार विहान ३ बजे लालबन्दी बजारबाट बा३३ प ४१५३ नम्बरको मोटरसाइकल चोरी गरेर भाग्दै गरेको अवस्थामा ३ जनालाई र उनीहरुको बयानका आधारमा चोरीको मोटरसाइकल खरिद गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।मोटरसाईकल चोरी गरेर भाग्दै गरेको अवस्थामा लालबन्दी–६ का १९ वर्षीय शुकर नाजाली मगर, १८ वर्षीय विजय घिसिङ र २० वर्षीय गणेश मगरलाई पक्राउ गरिएको प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए ।
सादा पोशाकमा खटिएको प्रहरी गस्ती टोलीले लालबन्दी बजारबाट चोरी गरेर पूर्व जाँदै गरेको अवस्थामा पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका अभियुक्तहरुलाई सोधपुछ गर्दा फागुन २९ गते राति चोरी भएको ना१८प ६८२९ नम्बरको साइन मोटरसाईकलसमेत फेला परेको छ ।
उक्त मोटरसाईकल लालबन्दीस्थित घरको कम्पाउण्ड भित्र राखेको अवस्थामा राति चोरी भएको थियो । पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्दा महोत्तरी जिल्ला लक्ष्मिनिया–९ का १८ वर्षीय दिपेन लामाले चोरीको मोटरसाईकल किन्ने गरेको खुलेको छ । प्रहरीले लामालाई समेत नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।