मारमा महिला : अधिकारकर्मी उदासीन
नागरिक
०४ चैत्र २०७२
•
१० मिनेट पाठ
मारमा महिला : अधिकारकर्मी उदासीन
दाङ- घोराही २ गुलरियाकी रीता चौधरीमाथि एसिड प्रहार भएको एक साता भयो। उनी अहिले नेपालगन्जमा उपचाररत छिन्। प्रारम्भिक चरणमा एसिडले खाएको बाह्य छालाको मात्रै अपरेसन भएको उनको स्वास्थ्यमा परेको असरको अझै एकिन भइसकेको छैन।उपचारमा संलग्न कोहलपुर मेडिकल कलेजका डा. विनोद कर्णका अनुसार अर्को चरणको अप्रेसनबाट मात्रै एसिडले शरीरको भित्री भाग कतिसम्म जलेको भन्ने थाहा हुनेछ। दोस्रो चरणको अपरेसन सम्भवतः बिहीबार हुनेछ। पसलमा ग्राहक बनेर एसिड छ्यापेका अपराधी को हो? सातादिनसम्म टुंगो लागिसकेको छैन। प्रहरी भन्छ, 'हामी नजिक छौं।'




अर्कातिर रीताको उपचारमा आर्थिक समस्या छ। उपचारमा कति खर्च लाग्ने भन्ने टुंगो छैन। उनका श्रीमान मोतीलालले सरसापटबाटै उपचार खर्चको जोहो गरिरहेको बताउँछन्।

एसिड प्रहारजस्तो जघन्य अपराध। त्यो पनि एक महिलामाथि। हाल अस्पतालको बेडबाटै उपचार र न्याय खोजिरहेकी रीता 'अधिकारवादी'को चर्का नारा लगाउनेको नजरभन्दा अधिक टाढा छिन्। एसिड प्रहारजस्तो जघन्य अपराध हुँदासमेत रीताको समस्याप्रति चासो देखाउन दाङको कुनै अधिकारवादी अगाडि आउन सकेका छैनन्। घटना भएको दोस्रो दिन घटनाको निन्दा गर्दै बाँडिएको प्रेस विज्ञप्तिबाटै अधिकारवादी भनाउँदाले आफ्नो सम्पूर्ण दोष कटाउन खोजे।

विज्ञप्ति जारी गरेरै एसिडले जलेको रीताको अनुहारमा मलम बन्न खोज्नेहरु अहिले उनको स्वास्थ्य अवस्थाबारे बेखबर छन्। जिल्लामा अधिकारको नारा लगाउनेहरु कसैलाई पनि उनको अवस्थाबारे जानकारी छैन। 'हामीहरुले विज्ञप्ति प्रकाशित गरेर घटनाको निन्दा गरेका हौं,' महिला अधिकारवादी रचना सुवेदीले भनिन्, 'त्यसपछि के–के भयो, म पनि सदरमुकाम बाहिर छु।'

ओरेक नेपाल हिंसामा परेका महिलाको न्यायका लागि आफूलाई पहरेदार ठान्ने संस्था हो। यो संस्थालाई एक सातादेखि अस्पतालको बेडमा थलिएकी रीताका बारेमा कुनै सुर्ता वा जानकारी लिनु छैन। तर, बुधबार घोराहीमा एक कार्यक्रम गरेर वर्षभरि आफूले गरेका 'उत्कृष्ट' कामहरु प्रस्तुत गरेर वाहवाही कमाउँदै थियो। 'हामीहरुले वर्षभरि गरेका कामको समीक्षा गर्दैछौं,' संस्थाकी दाङ प्रमुख तुलसा गिरीले नागरिकसँग भनिन्। महिला अधिकारका क्षेत्रमा गरिएका कार्यक्रमको फेहरिस्त प्रस्तुत गरेर कार्यक्रममा सहभागीलाई दंग पार्ने तयारीमा रहेकी तुलसा एसिड आक्रमणबाट घाइते रीताको अवस्थाबारे सोध्नेबित्तिकै हच्किइन्। रीताको स्वास्थ्य अवस्थाबारे बेखबर उनले भनिन्, 'हामीहरुले उहाँसँग सम्पर्क गर्न कोसिस गरिरहेका छौं।' कहिलेदेखि सम्पर्कको प्रयास गरिरहनुभएको छ? उनले टार्न खोज्दै भनिन्, 'घरपरिवारको नम्बर खोजिराछौं, पाउन सकेका छैनांै।'

उनले पनि घटना भएको भोलिपल्ट निकालिएको धेरै संस्थाको सामूहिक विज्ञप्तिलाई रीताको न्यायका लागि महŒवपूर्ण कार्य भनेर प्रस्तुत भइन्। 'हामीहरुले घटनाको विरोधमा विज्ञप्ति प्रकाशित पनि गर्यांहै,' उनले भनिन्, 'फोन नम्बरै पत्ता नलागेपछि हामीहरुले उहाँको अवस्थाबारे जानकारी लिन पाएका छैनांै।'

जिल्लामा महिला अधिकारका चर्का नारा लगाउने संस्था दर्जन छन्। औपचारिक कार्यक्रममा यस्ता संघसंस्थाका प्रतिनिधि महिला अधिकार क्षेत्रका हस्तीका रुपमा आफूलाई उभ्याउँछन्। तर एसिडले एक महिला जल्दा भने कुनै पनि संघसंस्थाका 'हस्ती' महिला अधिकारका पक्षमा उभिन सकेका छैनन्। महिला अधिकारका चर्का नारा लगाउने यस्ता संस्था एसिड प्रहार जस्तो भयानक घटनामा मौन बस्नुले उनीहरुको नियत प्रष्टै हुन्छ। यस्तैमध्येको अर्को महिला अधिकारवादीको ठूलो संस्था महिला रक्षकहरुको सञ्जाल पनि एसिड घटनाबारे मौन छ। उसले पनि विज्ञप्तिमा सहीछाप गर्नुबाहेक रीताको घाउमा मलम बन्ने साहस देखाउन सकेको छैन।

तथापि उनीहरुले बुझेकै छन्, एसिड घटना जघन्य अपराध हो। मानव अधिकार उल्लंघनको ठूलो घटना हो।

'त्यो घटना मानव अधिकार हननको ठूलो घटना हो,' मानव अधिकार राष्ट्रिय सञ्जालका संयोजक केशवकुमार शर्माले भने, 'त्यस्ता अपराधीलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिनुपर्छ।' उनले दोषीलाई कारबाहीमा ल्याउनका लागि आफूले प्रशासनसँग समन्वय गरिरहेको बताए।

संघसंस्था मात्र होइनन्, महिला अधिकारकै लागि यहाँ रहेका सरकारी कार्यालयसमेत रीताको अवस्थाबारे बेखबर छन्। महिला तथा बालबालिकाको न्यायका लागि स्थापित महिला तथा बालबालिका कार्यालयले रीताको अवस्थाबारे कुनै जानकारी नरहेको बतायो। हाल ती महिलाको अनुसन्धान प्रहरीले गरिरहेकाले त्यो घटनामा आफू बोल्न नमिल्ने कार्यालय प्रमुख श्रीधर ज्ञवालीले बताए। 'त्यो केस प्रहरीले हेरिरहेकाले हामीहरु बोल्न मिल्दैन, प्रहरीले घटना अनुसन्धान गरिरहेकाले हामीहरुले चासो नदिएको हो,' उनले भने, 'उहाँको अहिलेको अवस्था के–कस्तो हो, त्यो पनि हामीहरुको जानकारीमा छैन।'

न त आर्थिक समस्याबीच भइरहेको उपचारमै महिला तथा बालबालिका कार्यालय सहयोगी बन्न सक्ने कार्यालय बताउँछ। कार्यालयमा आर्थिक रकमको अभाव रहेको जनाउँदै उनले भने, 'मैले उपचारका लागि सहयोग गर्ने कि भनेर कार्यालयमा प्रस्ताव राखेको थिएँ, तर लेखापाल सरले पैसा छैन भन्ने सुनाउनुभयो, त्यसकारण अहिले सहयोग गर्न सक्ने अवस्था पनि छैन।'

उता, नेपालगन्जमा उपचाररत रीताको स्वास्थ्य अवस्था बुझ्न अहिलेसम्म संघसंस्था पुग्न सकेका छैनन्। अहिलेसम्म संस्थाका प्रतिनिधि बताउने तीनजना मात्रै आएको बताउँदै रीताका श्रीमान मोतीले भने, 'दाङबाट त झन् कोही पनि आएका छैनन्।'

यति ठूलो विपदमा आफ्नो सहारा कोही पनि बन्न नसकेकोमा दुःख व्यक्त गर्दै उनले भने, 'दुःख परेका बेला कसले हेर्छ र?'

एक संस्थाले बेहोरिदियो अपरेसन खर्च
रीताको अपरेसनमा लागेको खर्च बाँके कोहलपुरस्थित एक संस्थाले बेहोरिदिएको छ। अग्नि हिंसा पीडित नेपाल नामक संस्थाले रीताको अपरेसन क्रममा लागेको १५ हजार ७ सय ५० रुपैयाँको बिल अस्पताललाई तिरिदिएको हो। 'उपचार खर्चमा समस्या भन्ने समाचार बाहिर आएपछि उहाँलाई भेटेरै अपरेसन खर्चको बिल तिरिदिएका हौं,' संस्थाका सुरेन्द्रदीप कार्कीले नागरिकसँग टेलिफोनमा भने, 'उहाँलाई अन्य उपचार खर्चको सहयोगका लागि पनि पहल गर्ने सोचमा छौं।' रीताको उपचारमा आर्थिक समस्या भएको समाचार नागरिकले मंगलबार छापेको थियो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस