साँघुरो घुम्तीमा ओभर लोडले दुर्घटना,३५ को मृत्यु, ५२ घाइते, १८ गम्भीर
नागरिक
१७ कार्तिक २०७२
•
७ मिनेट पाठ
साँघुरो घुम्तीमा ओभर लोडले दुर्घटना,३५ को मृत्यु, ५२ घाइते, १८ गम्भीर
रसुवा, (राम्चे)–क्षमताभन्दा तेब्बर यात्रु कोचेर राजधानीबाट रसुवा, चिलिमेका लागि सवार यात्रुबस सोमबार रसुवाको ग्राङभिरमा दुर्घटना हुँदा ३५ यात्रुको ज्यान गएको छ। घटनामा ५२ घाइते छन्, १८ को अवस्था गम्भीर छ। पासाङल्हामु यातायात व्यवसायी समितिको ना३ख ५७०६ नम्बरको बस रसुवाको कालिकास्थान कटेर राम्चे–३ को साँघुरो घुम्ती मोड्ने क्रममा दुई सय मिटर तल खसेको थियो।




मृत्यु हुनेमा २० पुरुष, १३ महिला र दुई बालिका छन् । ३० जनाको दुर्घटनास्थलमै र बाँकीको नुवाकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते २० जनाको रसुवा सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्यलाई नुवाकोट सदरमुकाम विदुर र राजधानी पठाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको नारायणदल गणका सेना र स्थानीय शव संकलन र घाइतेको उद्धारमा खटिएका थिए ।

३५ सिटे उक्त बसमा ९० भन्दा बढी यात्रु थिए । बिहान ९ बजे नुवाकोटको विदुरस्थित ढुंगेमा खाना खाएर १० बजे छुटेको बस रसुवाको कालिकास्थानसम्म पुग्दा ३४ पुरुष र १० महिला बसमा रहेको रेकर्ड छ । कालिकास्थानबाट केही अघि बढेपछि घुम्तीमा बसभित्र र छतमा यात्रु थपेर चिलिमेका लागि छुटेको बस राम्चेको ग्राङ पुग्दानपुग्दै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी नायब उपरीक्षक अबदेश विष्टले जानकारी दिए ।

मृत्यु भएकामध्ये रसुवाको धैबुङ गाविस सचिव टिकमबहादुर शाही, गोल्जुङ–५ की सात वर्षीया निमाटासी तामाङ, चालक नुवाकोट, मनकामनाका भरत गुरुङ र बारा, गढिमाईकी २९ वर्षीया दीपा चिमोरियाको मात्र सनाखत भएको जिप्रका, रसुवाले जनाएको छ । 'मृतकका परिवार नआएकाले अहिले सबैको पहिचान हुन सकेन,' प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले भने, 'सनाखत भएपछि मात्रै शव परिवारको जिम्मा लगाइनेछ ।'

नुवाकोट पु¥याइएका गम्भीर घाइतेमध्ये दुई जनालाई एम्बुलेन्समार्फत र १६ जनालाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । सुरुमा त्रिशुली अस्पताल ल्याइएका घाइतेलाई त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं पठाइएको हो ।

सामान्य घाइते ६ जनालाई बसमार्फत काठमाडाैंपठाइएको छ भने ६ जना त्रिशुली अस्पतालमा उपचार गराइरहेका छन् । यस्तै, रसुवा अस्पतालमा २२ जनाको उपचार भइरहेको छ। बस दुर्घटना हुनुमा अगाडि भागको पत्ता भाँच्चिएको प्रहरीले आँकलन गरेको छ । अघिल्लो भदौमा उक्त ठाउँमा पहिरो गएर सडक साँघुरिएको थियो । साँघुरो सडकमा खचाखच यात्रु र थोत्रो गाडी भएकाले दुर्घटना भएको प्रहरी अनुमान छ । रसुवाको कालिकास्थानदेखि राम्चे, ग्राङ, मूलखर्कसहित आधा दर्जनभन्दा बढी ठाउँमा पहिरोले बाटो साँघुरो छ।

यस सडक खण्डमा दोहोरो सवारीसाधन चलाउन मात्र होइन, साइड दिनसमेत मुस्किल छ । राम्चेको ७ किलोमिटर सडक पहिरोका कारण जोखिमपूर्ण छ जहाँ माथिबाट पहिरो झरिरहन्छ। दुर्घटनामा परेको बस २० वर्षदेखि यही रुटमा थियो । इन्धन अभावका कारण बस कम चलाइएकाले लोड बढी थियो । 'कालिकास्थानदेखि अत्यन्तै साँघुरो सडकमा २०४१ सालदेखि यातायात सञ्चालन हुँदै आएको भए पनि यसअघि मानवीय क्षति हुने दुर्घटना भएको थिएन,' रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले भने, 'रसुवामा यो नै ठूलो मानवीय क्षति हो।'

उनका अनुसार सावधानीपूर्वक चलाउँदा पनि बाटो अप्ठ्यारो भएका कारण बस दुर्घटना भएको हो । एक त बसमा क्षमताभन्दा बढी यात्रु, त्यसमाथि कच्ची सडकमा गाडी हुइँक्याउँदा बस दुर्घटना भएको तामाङले आँकलन गरे । घाइते लहरेपौवा–६ कर्मीडाँडाका रामशरण घिमिरेका अनुसार बस पल्टनुअघि चालकले 'अगाडिको पत्ता भाँच्चियो, एकछिन पख्नुस् है' भनेका थिए । तर बस एकछिनमै मोड काट्न नसकेर दुई सय मिटर तल भिरमा खस्यो ।

'बसको छत र तल खुट्टा राख्ने ठाउँ थिएन,' घिमिरेले भने, 'अगाडिको भाग छेउमा धस्सिएर बल्ड्याङ खाँदै पल्टियो । ढोकाछेउ बसेको थिएँ ।' इन्धन अभाव भन्दै समितिले बस कटौती गरेपछि यात्रुसँग त्यही बस चढ्नुको विकल्प थिएन । बसमा सवारमध्ये अधिकांश रसुवाका स्थानीय छन् । काठमाडांै–धुन्चे–स्याफ्रुबेसी चल्नेबाहेक यो रुटमा स्थानीय बस चल्दैनन् । 'बसमा कतिपय यात्रु जलविद्युत लगानी कम्पनीको सेयर दरखास्त दिन धुन्चे जाँदै थिए,' धैबुङका स्थानीय रबकुमार पौडेलले भने, 'क्षमताभन्दा बढी मान्छे र बाटोकै कारण दुर्घटना गयो।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस