माधव ढुङ्गेल काठमाडौं चैत ५
'उमेरमै चाउरी परेको अनुहार मैला र थोत्रा लुगा लगाएकाहरुले जनताकै मुक्तिका लागि भनेर जनयुद्ध गरेका हामीसँग दुई छाक खान पाइयोस् आफ्नो ठाउँमा बाटो आइपुगोस् रोजगारी मिलोस् भनेर माग गरे जुन हरेक नागरिकको नैसर्गिक अधिकार हो' दुई दिनमा दुर्गम क्षेत्रका छ जिल्लाको भ्रमण गरी फर्केका अर्थमन्त्री बाबुराम भट्टराईले भने।
जनयुद्ध कालका 'आधार क्षेत्रु का जनतासँग छलफल गरे पनि खुल्ला रुपमा जुम्ला पुगेर पहिलोपल्ट छलफल गरेको क्षण भट्टराई आफ्नो लागि पनि महत्वपूर्ण भएको अनुभूति सुनाउँछन्।
भट्टराई रक्षामन्त्री रामबहादुर थापा र भौतिक योजनामन्त्री विजयकुमार गच्छदार एक साथ जिल्ला भ्रमणमा गएका थिए जसको आयोजना नेपाली सेनाले गरेको थियो । तीन मन्त्रीको टोलीले दुई दिनमा सुर्खेत बाजुरा जाजरकोट डोल्पा मुस्ताङ र मनाङको यात्रा गरेको थियो।
नेपालका ७५ जिल्लाको विकासको अवस्थाबारे तुलनात्मक अध्ययन गरी 'नेपालमा अल्प विकास र क्षेत्रीय संरचना' विषयमा विद्यावारिधि गरेका भट्टराई अहिले पुनः तिनै जिल्लाको तुलनात्मक अध्ययनमा लागेका छन् । आगामी वर्षको बजेट निर्माणका लागि जनमत बुझ्ने उद्धेश्यले तीन जना मन्त्री दुर्गम जिल्लामा गएको भट्टराईले बताए।
'ज्ञानको पुनर्ताजगीका लागि पनि बेलाबेला जनताको घरदैलो जानुपर्छु,' उनले भने 'गाउँ जाँदा सहर र गाउँका असमानताको खाडल देखिन्छ।' राजधानींबाट सुर्खेत हँदै बिहीबार बाजुरा पुगेका मन्त्रीको टोलीलाई जुम्लाको कोरेली क्याम्पमा सेनाले सडक निर्माणको प्रगतिबारे जानकारी गराएको थियो । रुकुम र जाजरकोटको सीमामा पर्ने छेपारे ब्यारेकमा पनि सेनाले मन्त्रीहरुलाई 'ब्रिफिङ' गरेको थियो ।
साँझ पोखराको सांगि्रला होटेल आएर बसेका मन्त्रीको टोलीले शुक्रबार बिहान मुस्ताङको हेलिकप्टरबाटै हवाई निरीक्षण पनि गरेको थियो । टोली बिहान मुक्तिनाथ पुगेर मन्दिर परिसरको निरीक्षण गरेपछि लेते पुगेको थियो जहाँ सेनाले सडक निर्माणबारे बि्रफिङ गरेको थियो ।
सानाठूला गरी १० ठाउँमा अर्थमन्त्री भट्टराईले सम्बोधन गरेका थिए । ुसबै जनताको आकर्षण पनि बाबुराम सर नै हुनुहुन्थ्यो' भट्टराईका सहयोगी विश्वदीप पाण्डेले भने । भट्टराई भने वरिष्ठमन्त्रीको हिसाबले आफूले सम्बोधन गरेको बताउँछन्।
सेनाले खनेका कालिकोट-गमगढी छिन्चु-जाजरकोट र बेसीशहर-चामे सडकको निरीक्षण गराउने कार्यक्रम सेनाले बनाएको थियो । 'नेपाली सेनाको जनताका छोराछोरीकै सेना हो सरकार उनीहरुको आविभावक हो यसलाई सरकारले संरक्षण दिन्छ भनेर मैले बताएँ' भ्रमणका क्रममा कर्तव्यवोध भएको बताउने भट्टराईले भने, 'एक लाख नेपाली सेना र २० हजार जनमुक्ति सेनाको आधामात्र जनशक्ति सडक निर्माणमा लागे पनि एक वर्षमा सबै सदरमुकामसम्म बाटो पुग्छ भन्ने मेरो विश्वास छ।'
भ्रमणका क्रममा नेता आए भनेर आसा बोकेर टाढा-टाढाबाट जनता आएकाले उनीहरुका आवश्यकताबारे छलफल गर्न पाएको भट्टराईको मूल्यांकन छ। नेपाल विकास माचको बैठकको पूर्वसन्ध्यामा आफ्नै पहलमा दुर्गम र पिछडिएको क्षेत्रको भ्रमण गरेको बताउँदै भट्टराईले भने 'अब केही जिल्लामात्र बाँकी छन् आगामी बजेटअघि नै ७५ वटै जिल्लाको भ्रमण गरी जनतासँग साक्षात्कार गर्नेछु।'
हिमाली क्षेत्रमा धेरै विद्यालय खोल्नुको साटो आफू आवासीय सुविधासहितको विद्यालय खोल्ने सोचमा रहेको अर्थमन्त्री भट्टराईले बताए ।
तीन जना मन्त्री बजेट निर्माणअघि एक साथ जनमत बुझ्न दुर्गमा ठाउँमा पुग्दा जनता खुशी देखिएको पनि उनले बताए ।