मोदीको जनकपुर भ्रमण रद्द
नागरिक
०४ मंसिर २०७१
•
२ मिनेट पाठ
मोदीको जनकपुर भ्रमण रद्द
जनकपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्द भएको छ। बिहीबार अपराह्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले यो कार्यक्रम रद्द गरेको सूचनालाई सरकारको तर्फबाट जनकपुरमा मोदीको स्वागत तयारी गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले पुष्टि गरेका छन्।‘वास्तवमा मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्द भएको समाचार दुःखद हो,’ मन्त्री निधिले नागरिकन्युजसँग भने, ‘तर, समाचार सही हो। मोदीको जनकपुर भ्रमण कार्यक्रम रद्द भएकै हो।’ भारतीय दूतावासको हवाला दिँदै मोदीको जनकपुर भ्रमण कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी पाएका परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राईले आफूलाई यो सूचना दिएको निधिले नागरिकन्युजलाई बताएका हुन्।




निधिले मोदीको जनकपुर भ्रमण कार्यक्रमसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको बेला एक्कासी रद्द भएकोमा दुःख व्यक्त गर्दै कार्यक्रम रद्द हुनुको दोष एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामाथि खन्याएका छन्। ‘जनकपुरस्थित २२ दलीय मोर्चामा आबद्ध माओवादीका रामचन्द्र झाको अगुवाइमा केही मधेसवादी दलका नेता सम्मिलित टोलीले बखेडा खडा गरेकै कारण मोदीको भ्रमण रद्द भएको हो,’ निधिले भने।

मोदीले अब जनकपुरको भ्रमण नगर्ने पक्का भए पनि लुम्बिनीलगायत अन्य स्थानको भ्रमण कार्यक्रमafरे निधिले अनभिज्ञता प्रकट गरे।Press Reaese
अर्को समाचार
मोदीको जनकपुर भ्रमण : अन्योलकाबीच तयारी जारी
नागरिक
०४ मंसिर २०७१
•
३ मिनेट पाठ
मोदीको जनकपुर भ्रमण : अन्योलकाबीच तयारी जारी
जनकपुर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको खबर सञ्चार माध्यममा आएपनि नेपाल सरकारको सुरक्षा निकायले स्वागतको तयारी जारी राखेका छन्।नेपालको उच्च स्तरीय सुरक्षा टोली बाह्रविघा मैदानमै मोदीको सुरक्षा व्यवस्थाका लागि खटिरहेको गृह मन्त्रालयले जनाएको छ। ‘हामी बिहीबारदेखि बाह्रविघामा मञ्च व्यवस्थापन तथा सर्वसधारण बस्ने ठाउँको योजना निर्माणमा लागिरहेका छौं,’ शुक्रबार बिहान धनुषा जिल्ला प्रहरी कार्यालयमा बाह्रविघाको सुरक्षा योजनासम्बन्धी स्केच देखाउँदै गृह सचिव सुर्य सिलवालले भने। टोलीमा सिलवालसँगै नेपाल प्रहरी प्रमुख आइजिपी उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी प्रमुख कोषराज वन्त र राष्ट्रिय अनुसन्धानका प्रमुख जीतबहादुर केसीलगायत सहभागी छन्।




भारतीय प्रधानमन्त्री मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने क्रममा जनकपुर, लुम्बिनी र मुक्तिनाथको धार्मिक भ्रमण गर्ने लिखित जानकारी आएको थियो। तर, उक्त कार्यक्रम रद्द गरिएकोबारे अहिलेसम्म त्यस्तो औपचारिक जानकारी नआएको सिलवालले जनाए। ‘सबै देशको कूटनीतिक मर्यादा हुन्छ,’ सिलवालले भने, ‘मोदी आउने नआउने सूचना सरकारको प्रधानमन्त्रीलाई पनि सोझै आउँदैन, पराष्ट्र मन्त्रालयमार्फत् आउने हो।’

सरकारको तर्फबाट मोदीको जनकपुरमा स्वागत तयारी गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले उनको भ्रमण रद्द भएको भन्दै जारी गरेको विज्ञप्तीबारे सिलवालले व्यक्तिगत विचार भनेका छन्। ‘मन्त्रीजीले के भन्नुभयो हामीलाई थाहा छैन, हामी बिहीबारैदेखि जनकपुरमा आउँदा सुरक्षा व्यवस्था कसरी मिलाउने भन्ने योजना बनाउन व्यस्त छौं।’ नेपाल सरकार मोदीको सुरक्षा दिन नसकेर रद्द गराउने सम्भावना रहेको भन्ने चर्चाको प्रतिक्रियामा सिलवालले आफूहरु मोदीलाई सुरक्षित भ्रमण गराउन तयार रहेको दाबी गरे।

यसअघि मन्त्री निधिले बाह्रविघामा सुरक्षा दिन नसक्ने भन्दै सरकारले जानकी मन्दिरमै मोदीको नागरिक अभिनन्दन गर्ने बताउँदै आएका थिए। सिलवालले उक्त कुरा पनि निराधार रहेको बताएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस