काठमाडौं-नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएकोबारे अहिलेसम्म आफूहरुलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन्।१८ औं सार्क सम्मेलनको पूर्व सन्ध्यामा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा राजदूत रेले मोदीले गर्ने भनेको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको जानकारी नेपाल सरकारको तर्फबाट सार्वजनिक भएको घटनाले आफूलाई अचम्मित बनाएको बताए। ‘मोदीको भ्रमण रद्दबारे सार्वजनिक भएका खबरबारे मलाई कुनै जानकारी छैन, उनले भने, ‘तत्काल विदेश मन्त्रालयसँग परामर्श गरेर आधिकारिक जानकारी लिएपछि मात्रै भ्रमणको कार्यतालिका सार्वजनिक गर्नेछौं।’
कार्यक्रममा पूर्वपराष्ट्रमन्त्री भेषबहादुर थापाले नेपालका राजनीतिकदलको हचुवा व्यवहार र अपरिपक्व कूटनीतिका कारण समस्या उत्पन्न भएको आरोप लगाए। उनले नेपालका नेताहरु कूटनीतिमा अपरिपक्व भएको भन्दै भारतीय प्रधानमन्त्रीको भ्रमणका विषयमा भएको टिप्पणी अशोभनीयभएको दाबी गरे। उनले भने, ‘ देशमा जति नै ठूलो विवाद भएपनि कूटनीति र विदेश नीतिको मामिलामा संयम भएर राजनीतिक नेतृत्व प्रस्तुत हुनुपर्नेमा विभाजित भएकाले समस्या उत्पन्न भएको हो।'