काठमाडौं- सरकारले भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन र सामाजिक न्यायसम्बन्धी विषयलाई प्राथमिकता दिँदै आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा विशेष समारोहबीच प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा दुई वर्षभित्र भूकम्पपीडितलाई घर, मंसिरभित्र स्थानीय निर्वाचन, ऊर्जा, खाद्यान्न र औषधिमा आत्मनिर्भरताजस्ता विषयमा जोड दिइएको छ।नयाँ संविधान जारी भएपछिको पहिलो सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षलाई 'समृद्धितर्फको प्रस्थान वर्ष' को रूपमा लिइएको छ। 'आफ्नो गाउँ आफैँ बनाऔं' भन्ने एमालेको पुरानो कार्यक्रमलाई निरन्तरता दिँदै सरकारले 'जनताको लगानीमा जलविद्युत', 'राष्ट्रपति महिला उत्थान कार्यक्रम', 'दस युवा एक उद्यम कार्यक्रम', आन्तरिक भ्रमण वर्ष २०७३ र नेपाल भ्रमण वर्ष २०१८ (सन्), उज्यालो नेपाल समृद्ध नेपाल, 'धुवाँमुक्त उज्यालो घर,' समृद्ध तराई–मधेस सिँचाइ विकास कार्यक्रमलगायत नयाँ कार्यक्रम अगाडि सारेको छ।
हाल स्थगित भएको काठमाडौं–निजगढ 'फास्ट ट्र्याक रोड' सरकारी लगानीमा बनाउने, प्रत्येक नेपाली नागरिकको बैंक खाता खोल्न प्रोत्साहन गर्ने, दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई सबै तहका निःशुल्क शिक्षा, १२ कक्षासम्म अनिवार्य निःशुल्क शिक्षा दिनेजस्ता महत्वाकांक्षी योजना अघि सारिएको छ। 'बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियत ऋण उपलब्ध गराइनेछ,' नयाँ व्यवस्था गर्दै भनिएको छ।
भूकम्पपीडितलाई राहतस्वरूप पहिलो किस्ताको रकम हस्तान्तरण भइरहेको जनाउँदै सरकारले दुई वर्षभित्र सबै निजी घर निर्माण सम्पन्न गरिसक्ने जनाएको छ। 'घरधनीको सामूहिक जमानीमा थप तीन लाख बिनाधितो तथा ग्रामीण क्षेत्रमा १५ लाख र काठमाडौं उपत्यकामा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने' जनाइएको छ। 'मै बनाउँछु, मेरो धरहरा' कार्यक्रममार्फत तीन वर्षमा धरहरा खडा गर्ने सरकारको योजना आएको छ। तीन वर्षभित्र विद्यालय, अस्पताल र स्वास्थ्य चौकी पुनर्निर्माण गर्ने गरी काम तीव्र पार्ने जनाइएको छ।
दमकमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, काँकडभिट्टा–बुटवल सडक चार लेन बनाउने, एक वर्षभित्र आधारभूत र दुई वर्षभित्र मागबमोजिम जलविद्युत र अन्य नवीकरणीय ऊर्जा उत्पादन गनेर्ेे जनाउँदै २०८२ सम्म १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसमेत लिइएको छ। डोल्पा र हुम्ला सदरमुकामलाई सडकमार्गसँग जोड्ने तथा एक वर्षभित्र तुइन विस्थापन गरेर झोलुंगे पुल निर्माण गर्ने सरकारको योजना छ।
प्रत्येक प्रदेशका लागि भन्दै सरकारले विभिन्न कार्यक्रम पनि नीति तथा कार्यक्रममार्फत प्रस्तुत गरेको छ। एकीकृत नगर वा उपत्यका विकास प्राधिकरण बनाउने, प्रत्येक प्रदेशमा कम्तीमा ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डार गर्ने, प्रत्येक प्रदेशमा एक नमुना धार्मिक तथा पर्यटक केन्द्र बनाउने, काठमाडौं उपत्यकमा राष्ट्रिय सांस्कृतिक संग्रहालय बनाउने, प्रत्येक प्रदेशमा नमुना शान्ति तथा सांस्कृतिक ग्राम स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा जनाइएको छ। सबै प्रदेशमा निजामती अस्पताल, कृषि कलेज, हेभी–इक्विपमेन्टसहित आवश्यक यन्त्र–उपकरण व्यवस्था गर्ने सरकारले घोषणा गरेको छ।
यसैगरी विज्ञान, प्रविधि तथा व्यावसायिक विषय अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई सहुलियत ऋण उपलब्ध गराउने, स्नातकोत्तर विद्यार्थीले अनिवार्य इन्टर्नसीप गर्नुपर्ने, १२ कक्षासम्म अनिवार्य र निःशुल्क शिक्षा व्यवस्था गर्ने, विज्ञान प्रविधि र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान गठन गर्ने, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने, विद्यालय तहबाटै नागरिक शिक्षाको पाठ्यक्रम विकास गनर्ेे कार्यक्रम पनि सरकारले सार्वजनिक गरेको छ।
तराई–मधेसका २२ जिल्लाका उत्पीडित तथा पिछडिएका क्षेत्रलाई अगाडि ल्याउने, सबै स्थानमा सिँचाइ पुर्यासउने लक्ष्य लिएको सरकारले हुलाकी सडक र विद्युतीय रेलमार्गको कार्यलाई तिव्रता दिने जनाएको छ। तराई–मधेस चुरेभावर तथा भित्री मधेस क्षेत्रमा खानेपानी तथा आपूर्ति, थोक वितरण प्रणाली निर्माण गरी लैजाने, सेती–महाकाली राजमार्ग उत्तरी दक्षिणी सीमाका व्यापार नाका जोड्ने सडक निर्माणलाई प्राथमिकता दिइनेछ। यसै आर्थिक वर्ष 'दलित, लोपोन्मुख र विपन्न वर्गका लागि २० हजार घर निर्माण गरी जनतालाई हस्तान्तरण गर्ने सरकारको कार्यक्रम छ।
औद्यगिक, पर्यटन, यातायात र निर्माण क्षेत्रमा कार्यरतको दुर्घटना बिमा गर्ने, पेट्रोलियम पदार्थ आयातको एकाधिकार तोड्दै विविधीकरण गर्ने, पूर्वाधार विकास बैंक स्थापना गर्ने, प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्नेलगायत योजना सरकारले नीति तथा कार्यक्रमार्फत अघि सारेको छ।