नेपाली कांग्रेस सर्लाहीले सांसद अमरेशकुमार सिंहलाई निलम्बन गरेको छ। कांग्रेस सर्लाहीको अनुशासन समितिले पार्टीको आधिकारीक उम्मेदवाहरुलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात/असहयोग गरेको भन्दै निलम्बन गरेको जनाएको छ।
सिंह सर्लाही क्षेत्र नम्बर ४ का सांसद हुन्। समितिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम निलम्बन गरेको हो। जिल्ला अनुशासन समितिले गत असार २ गते निलम्बन गरेको हो। निलम्बनको निर्णय ढिलो गरी मात्र सार्वजनिक गरिएको छ।
निलम्वनको निर्णयसहितको प्रतिलिपि जिल्लाले मधेस प्रदेश सभा तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति केन्द्रीय अनुशासन समितिमा पठाइसकेको छ। यसैबीच सिंहको सिफारिस नहुँदा कार्यकर्ताहरु आक्रोशित भएका छन्। तीन पटक सांसद रहिसकेको डा.सिंहलाई कुनै पनि बहानामा उम्मेदवार बनाउनबाट रोक्न नहुने कार्यकर्ताहरुको भनाइ रहेको छ।
क्षेत्रलाई विकासको मार्गमा निरन्तर डोर्याइरहेका सिद्धान्तवादी प्रजातान्त्रिक नेता सांसद सिंहलाई निलम्बन गरिएको भए पनि फुकुवा गरेर ससम्मान टिकट दिइनुपर्ने भनाइ कार्यकर्ताहरुको रहेको छ। साँसद सिंहलाई टिकट नदिँदा यसको नकारात्मक असर सर्लाहीको सबै निर्वाचन क्षेत्रमा पर्ने स्थानीय कार्यकर्ताहरुको दाबी रहेको छ।
एकल सिफारिस गरिएका गगन थापा केन्द्रीय नेता भए पनि भारतको सिमासँग जोडिएको सर्लाही क्षेत्र नम्बर ४ का मतदाताको दुःखसुख नबुझेका तथा यस क्षेत्रमा समय नै नदिएकाले बुथ तथा टोलका कार्यकर्ता र मतदातासँग परिचित हुन नसकेकाले मत माग्न सजिलो नहुने कार्यकर्ताहरुको भनाइ छ।
नेपाली कांग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका टुंगो लगाएको जनाएको छ।
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिएका हुन्।
सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो। बाँकी जिल्लामा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ।
यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ।
यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ।
सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक-दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पारेका छन्। सबै प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारी स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक-फरक राख्न लागिएको हो।
सबै मितिको अन्तिम टुंगो लगाएर निर्वाचन समितिले सबै जिल्ला समिति तथा प्रदेश समितिसँग परामर्श गरेपछि सोमबारसम्ममा घोषणा गर्ने पनि सभापति थापाले स्पष्ट पारेका छन्।
कांग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठन सुदृढीकरणलाई तीव्रता दिएको जनाएको छ।
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...