विवादित विषयमा सहमति जुटाउन कार्यदलको बैठक सुरु
०३ माघ २०७२
•
२ मिनेट पाठ
विवादित विषयमा सहमति जुटाउन कार्यदलको बैठक सुरु
काठमाडौं–विवादित विषयमा सहमति जुटाउन तीन दल–मोर्चा सम्मिलित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारमा जारी बैठकमा मधेसी मोर्चाले राखेका ११ बुँदे मागका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। यसअघि शनिबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक बैठकले मधेसी मोर्चाको माग सम्बोधन गर्न राजनीतिक संयन्त्र गठन गर्ने र त्यसलाई बैधानिकता दिन संयन्त्रलाई संसदबाट अनुमोदन गराउने निर्णय गरेको थियो।तीन दलले मंगलबार बस्ने संसद बैठकबाट संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका थिए। उनीहरुले मंगलबार अगाडि नै मधेसी मोर्चासँग सहमति गरी उनीहरुको सहमतिमा संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका थिए। तीन दलले मधेसी मोर्चाको माग सम्बोधन गर्न राजनीतिक संयन्त्र गठन गर्ने र सो संयन्त्रले तीन महिनाभित्र सीमाकंनलगायतका विवादित विषयमा सहमति जुटाइसक्ने प्रस्ताव मोर्चासमक्ष पेश गरेको थियो।

मोर्चा संयन्त्र गठनप्रति सकारात्मक भएपनि संयन्त्रको कार्यक्षेत्र र वैधानिकताका विषयमा प्रश्न उठाएको थियो। संयन्त्रप्रति मोर्चाले प्रश्न उठाएपछि तीन दलले संयन्त्रलाई संसदमार्फत अनुमोदन गराउने निर्णय गरेका थिए। मधेसी मोर्चाले गठन हुने संयन्त्रलाई यसअघि गठन गरिएको राज्यपुर्नसंरचना आयोगकै जति अधिकार दिनुपर्ने र पहिचान पाँच र सामथ्र्यका चार आधारमा तराइमा दुई प्रदेश बनाउने पर्ने अडान राख्दै आएका छन्। आजको बैठकमा सद्भावना प्रतिनिधि पनि सहभागी छन्।
अर्को समाचार
कार्यदलको समयसीमा सकिँदै, सहमति जुटाउन सकस
१२ पौष २०७१
•
३ मिनेट पाठ
कार्यदलको समयसीमा सकिँदै, सहमति जुटाउन सकस
काठमाडौं–संविधानका अन्तर्वस्तुमा सहमति जुटाउने जिम्मा पाएको चार सदस्यीय कार्यदलको समयसिमा शनिबार सकिने भए पनि विवादित विषयमा सहमति जुट्न सकेको छैन।
आज विहान बसेको कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेपछि साँझ पुनः बस्ने गरी नेताहरु उठेका थिए। कार्यदलको बैठकमा पनि सदस्यहरुले आफ्नो दलीय अडान नछोडेका कारण सहमति हुन नसकेको एक सदस्यले जानकारी दिए।

कार्यदलका सदस्य एवं एमाले उपाध्यक्ष भीम रावलले अहिलेसम्म कुनै सहमति नभइसकेको बताए। 'सहमतिको प्रयास जारी छ,' रावलले नागरिकन्युजसँग भने,' एकदुईभित्र सहमति हुन्छ भन्नेमा विश्वस्त छौं। कार्यदलको म्याद भने आजसम्मको मात्र छ।

कार्यदलका सदस्य एवं मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले भने विवादित विषयमा सहमति जुटाउन गठित कार्यदलले सहमतिको प्रयास जारी राखेको बताए। उनले शनिवार बिहान बसेको कार्यदलको बैठकमा मुख्य विवादित विषयमा घनिभूत छलफल भएको र अझै छलफल गर्नुपर्ने आवश्यकता देखिएले भन्दै शनिवार साँझ पुन बैठक बस्ने उल्लेख गरे।

'कार्यदलले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने क्रममा छौं,' कर्णले भने,'भोलीसम्ममा भए सहमति नभए विकल्पसहितको सुझाव शीर्ष नेतालाई बुझाउँछौं ।'

संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै प्रमुख तीन दल र मधेसी मोर्चाले बिहीबार चार सदस्यीय कार्यदल गठन गरेका थिए। बिहीबारदेखि दुई दिने निर्धारित समय पाएको कार्यदलको समय सिमा आजसम्म मात्र छ। कार्यदललमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले उपाध्यक्ष भीम रावल एमाओवादी महासचिव कृष्णबहादुर महरा र मधेसी मोर्चाका तर्फबाट सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण छन्।

संविधान जारीगर्ने मिति नजिकिँदै गर्दा प्रमुख दलहरुबीच संविधानका अन्र्तवस्तु, राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्याय प्रणाली लगायतका विषयमा सहमति जुट्न सकेको छैन ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस