गोविन्द परियार, जेठ ७- मधेसी जनअधिकार फोरम एमाले नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने भएको छ। बिहीबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। तर कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा बैठकले कुनै टुंगो लगाउन सकेन।
यसअघि केन्द्रीय समितिले सरकारमा सहभागी नहुने भनी गरेको निर्णयलाई विजयकुमार गच्छदारको बहुमत रहेको संसदीय दलको बैठकले उल्ट्याउँदै आफ्नै नेतृत्वमा सरकारमा जाने घोषणा गरेको थियो। घोषणासँगै ३२ सभासदको हस्ताक्षर उनले एमालेलाई हस्तान्तरण गरेपछि फोरम फुटको संघारमा पुगेको थियो।
गच्छदारले संसदीय दलको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याए विशेष महाधिवेशन डाकी अध्यक्षलाई हटाउने चेतावनी समेत दिएका थिए।
बिहीबारको बैठकले यसअघिको निर्णयविपरीत सरकारमा सहभागी हुने निर्णय त गर्यो, तर नेतृत्वका विषयमा विवाद कायमै छ। नेतृत्वका विषयमा पछि निर्णय गर्ने भन्दै न्यूनतम साझा सहमतिको कार्यक्रममा मधेसका मुद्दालाई राख्न एमाले-कांग्रेस गठबन्धनसित वार्ता गर्न चार सदस्यीय वार्ता टोली गठन भएको छ।
टोलीका संयोजकमा पार्टी अध्यक्ष उपेन्द्र यादव रहेका छन् भने सदस्यहरुमा सहअध्यक्ष जेपी गुप्ता, संसदीय दलका नेता विजयकुमार गच्छदार र सरदसिंह भण्डारी छन्।