मधेसकेन्द्रित दल सरकारमा सहभागी हुने
१० फागुन २०७४
•
६ मिनेट पाठ
मधेसकेन्द्रित दल सरकारमा सहभागी हुने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा संघीय समाजवादी फोरम नेपालले सहभागी हुने संकेत देखाएको छ। उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ। सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन।

सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भएको दुई पक्षीय छलफल निकै सकारात्मक भएपनि संविधान संशोधनको विषय राजनीतिक निर्णयकै रुपमा अगाडि आए अझ विश्वासको वातावरण बन्ने फोरमको बुझाइ छ। सरकारमा सहभागी हुनेबारे पछिल्लो चरणमा शृंखलाबद्ध छलफल भएको र ती छलफल सकारात्मकढंगले अघि बढेको समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए।

संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीको आधिकारिक धारणा सार्वजनिक भए सरकारमा आफूहरू पनि सामेल हुने उनको भनाइ छ। “सरकारमा सहभागिताबारे बुधबारदेखि प्रारम्भिक छलफल शुरु भएको छ। हाम्रो मुख्य मुद्दा संविधान संशोधन नै हो यसमा राजनीतिक निर्णय र समझदारी भई कार्यान्वयन गर्ने अवस्था देखिए सरकारलाई सहयोग गर्छौं,” अध्यक्ष यादवले भने।

विगतमा भएका समझदारी कार्यान्वयन नहुने अवस्था रहने हो भने बेइमानीपूर्ण हुने र त्यस्तो सम्झौताको औचित्य नहुने समाजवादी फोरमको धारणा छ। संविधान संशोधनबारे राजनीतिक समझदारी भएको खण्डमा तपाईहरु सरकारमा जान सहमत हुनुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष यादवले आफूहरूले उठाएका मुद्दामा इमान्दारी भए सरकारमा जाने नत्र बाहिर बसेर पनि सरकारलाई समर्थन गर्ने उल्लेख गरे।

उनले भने, “विगतमा सत्तामा जानका लागि फोस्रो सहमति गरेर सत्ताको भ¥याङ बनेका थुप्रै उदाहरण छन् तर अबको सम्झौतामा इमान्दारी हुन जरुरी छ सरकारको अंशियार नभए पनि बाहिरबाट सरकारलाई सहयोग गर्नसक्छौँ सहभागिताका लागि संशोधनका मुद्दामा स्पष्ट हुनुपर्छ।”

समाजवादी फोरमले संविधान जारी भएदेखिनै केही मुद्दामा असन्तुष्टि व्यक्त गर्दै आएको छ। उक्त दलले संविधान संशोधनअन्तर्गत, प्रदेश संरचना, नागरिकताका सवालमा मधेशी जनताको भावना सम्बोधन हुनुपर्ने अडान लिएको छ।

राजपा पनि सकारात्मक

वाम गठबन्धनका तर्फबाट एक साताअघि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले सरकारमा मधेश केन्द्रित राजनीतिक दललाई सहभागिता गराउनेबारे विभिन्न पहल गरिरहेका छन्। कतिपय अनौपचारिक तवरबाट भएका छलफलमा समाजवादी फोरम मात्र हैन राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेतासँग पनि छलफल भएको बताइएको छ।

राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे अनौपचारिक छलफल भइरहेको बताए। “सरकारमा जाने नजाने सम्बन्धमा छलफल चलिरहेका छन् हाम्रो कुरा स्पष्ट छ, संविधान संशोधन हुनुप¥यो त्यसमा पछिल्लोपटक एमालेले लचकता देखाएको हुनाले हामी पनि सकारात्मक नै छौं” उनले भने।

यता सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमालले गठबन्धन सरकार विकास–निर्माण र समृद्धिको दिशामा अघि बढ्ने भएकाले यो प्रक्रियामा आउन चाहने सबै राजनीतिक दललाई सरकारमा सामेल गर्न ढोका खुल्ला रहेको बताए।

निर्वाचनताका एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले संयुक्त घोषणापत्र जारी गरेको र त्यसलाई पाँच वर्षभित्र कार्यान्वयन गर्नुपर्ने अवस्था भएकाले उक्त घोषणपत्रमा सहमत भई देश विकासमा लाग्ने शक्तिलाई सँगै लैजाने चाहना आफूहरुको भएको उल्लेख गरे।

उनले भने,“पहिला संक्रमणकालमा सम्झौता बाध्यता हुन्थ्यो अहिले पाँच वर्षका लागि जनमत पाएको छ त्यसैले सरकार सञ्चालनमा कुनै समस्या भएन भरसक सबैलाई आउनुस् भनेर आह्वान गरिएकै छ।” (रासस)
अर्को समाचार
ओलीको प्रस्तावमा राजपा र फोरम ‘सकारात्मक’
०६ फागुन २०७४
•
६ मिनेट पाठ
ओलीको प्रस्तावमा राजपा र फोरम  ‘सकारात्मक’
काठमाडौं - मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको  सरकारमा सहभागी हुने विषयमा ‘ग्रिन सिङ्नल’ देखाएका छन् । संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम  सरकारमा सहभागी हुने विषयमा छलफल गर्न  सकारात्क देखिएका हुन् ।  

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए । स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा  र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए ।  

वार्तामा ओलीले  आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटर अघि बढ्ने बताएका थिए । नेतात्रयबीच सरकार गठन हुनुअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो । तर माओवादीसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ । ‘अर्को चरणमा कुराकानी नभईकनै ओली प्रधानमन्त्री नियुक्त हुनुभयो । त्यसपछि कुराकानी भएको छैन’, राजपा एक शीर्ष नेताले भने । राजपा अध्यक्षमण्डल सदस्य महेन्द्र यादवले संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीले समयसीमा राखेर प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकिने बताउँछन् ।

‘संविधान संशोधनका लागि प्रधानमन्त्रीले टाइम बाउन्डरी राखे सरकारमा जाने विषयमा छलफलका लागि ढोका खुला हुन्छ,’ उनले भने ।राजपा सहमहामन्त्री सुरेन्द्र झाले ओली र ठाकुरबीच कुराकानी भएको स्वीकार्दै भने, ‘हाम्रो उद्देश्य संविधान संशोधन र मधेस मुद्दा सम्बोधन हो । यसमा ओलीजी प्रतिबद्ध भए सरकारमा जान्नौं भन्ने हाम्रो भनाइ होइन । तर पनि हाम्रो प्राथमिकता सरकारभन्दा मधेस मुद्दा सम्बोधन हो ।’

फोरम राजीतिक समिति सदस्य रेखा यादवले  पनि एमाले अध्यक्ष ओली र आफ्नो पार्टी अध्यक्ष यादववीच कुराकानी भएको बताइन् । उनले भनिन्, ‘संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए हामी छलफल गर्न तयार छांै ।’ ओली र यादवबीचको कुराकानी सकरात्मक भएको दाबी गर्दै उनले थपिन्, ‘हामीले एमाले अध्यक्ष केपी ओलीलाई संविधान संशोधननका लागि अघि बढ्नुहोस् भनी सल्लाह दिएका छौं । उहाँले के गर्नु हुन्छ । त्यो हेर्न बाँकी नै छ । ’स्रोतका अनुसार, राजपाभित्र ओली सरकारलाई हेर्ने दृष्टिकोणबारे दुइ धार देखिएको छ । राजेन्द्र महतो, महेन्द्र यादव र अनील झा सरकारप्रति लचिलो हुनुपर्ने पक्षमा छन् ।

एमालेसँग चिसिएको सम्बन्ध सुधार नगरे संविधान संशोधन पनि नहुने र पाँच वर्षसम्म केन्द्रीय सरकारबाट बाहिर बस्नुपर्ने निष्कर्ष महतो, यादव र झाको छ । फोरम  पनि संविधान संशोधन गर्न एमालेसँग मिलेर जानुपर्ने निष्कर्षमा पुगेका छन् । तर राजपा अध्यक्षमण्डल संयोजक ठाकुर, अध्यक्षमण्डलका सदस्यद्वय शरतसिंह भण्डारी र राजकिशोर यादव लोकतान्त्रिक गठबन्धन छाडेर एमालेसँग नजिक हुन नहुने पक्षमा रहेको स्रोत बताउँछ । भण्डारी र यादवको तुलनामा पछिल्लो समयमा ठाकुर एमालेप्रति अलि नरम देखिएको स्रोतको दाबी छ ।ओलीसँगको कुराकानीपछि ठाकुर र यादव जनकपुर गएका छन । यादव आइतबार काठमाडौं फर्कने छन् ।

राजपा र फोरमसँगको सम्बन्ध सुधारमा एमाले दोस्रो तहका केही नेता पनि सक्रिय रहेको स्रोतको भनाइ छ । खासगरी एमाले नेता रुघुवीर महासेठले यसमा चासो दिएका छन् ।

महासेठले प्रतिनिधिसभा चुनावलगत्तै राजपा र फोरम नेतासँग सम्बन्ध सुधारका लागि अनौपचारिक कुराकानी गर्दै आएका छन् । राजपा एक नेताले भने ओलीले पछिल्लो समयमा राजपा र फोरमसँगको संवादलाई कम महत्व दिएको गुनासे गरे । ती नेताले भने, ‘माओवादीसँग कुरा मिलेपछि एमाले अध्यक्ष ओलीले हामीसँगको संवादलाई कम महत्व दिनुभयो ।’यादव, ठाकुर र ओलीबीच पछिल्लोपटक भएको कुराकानीपछि एमालेका नेताहरूले पनि संविधान सशोधनप्रति नकारात्मक धारणा राखेका छैनन् ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस