पुनर्निर्माण विधेयक पारित
०१ पौष २०७२
•
८ मिनेट पाठ
पुनर्निर्माण विधेयक पारित
काठमाडौं- व्यवस्थापिका–संसदले भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण सम्बन्धी विधेयक पारित गरेको छ । संसदको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । विधेयक पारितसँगै वैशाख १२ को भूकम्प, त्यसपछि अनुकम्पबाट भएको क्षति, त्यसको निर्माण, पुनर्निर्माण, नवनिर्माण, एकीकृत बस्ती विकास लगायत कामका लागि बाटो खुलेको छ ।भूकम्पबाट करिव ९ हजारको ज्यान गएको थियो भने झन्डै सात खर्ब बराबरको भौतिक सम्पत्ति नष्ट भएको थियो । विधेयक पारितसँगै प्राधिकरणको कार्यकारी निर्देशक चयनका लागि पनि बाटो खुलेको छ ।




यसअघि कांग्रेस सभापति सुशील कोइराला नेतृत्वमा रहेको सरकारले अध्यादेश जारी गरी योजना आयोगका तत्कालीन उपाध्यक्ष गोविन्दराज पोखरेललाई प्राधिकरणको कार्यकारी निर्देशक चयन गरेको थियो । तर अध्यादेश संसदबाट समयमा अनुमोदन हुन नसकेपछि उनको म्याद सकिएको थियो ।

भूकम्प पीडितका लागि राहतको व्यवस्था गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सरकारले पेस गरेको विधेयक बुधबार पारित भएको थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध सांसदले पुनर्निर्माण सम्बन्धी विधेयकलाई समर्थन गर्दै बैठक बहिष्कार गरेका थिए । बाँकी सांसदले विधेयकको समर्थन गरेका थिए ।

बुधबार नै भएको विधेयकमाथिको छलफल क्रममा विपक्षी दल नेपाली कांग्रेसका सांसद नवीन्द्रराज जोशीले ३ दलका तर्फबाट असोज २ गते आएको विधेयक एमाले र एमाओवादीका कारण पारित हुन नसकेको भन्दै आपत्ति जनाएका थिए ।

उनले एमाले र एमाओवादी सांसदले ६ दर्जन संशोधन प्रस्ताव दर्ता गराएकाले समयमा विधेयक पारित हुन नसक्दा समितिमा पठाउनुपरेको धारणा राखेका थिए ।

उनले भूकम्प पीडितको राहतका लागि पार्टी र राजनीतिभन्दा माथि उठेर निर्णय गर्न आग्रह गरे । जनता कठ्यांग्रिएर बस्दासमेत सरकारसहित प्रमुख दलहरु संवेदनशील नभएको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए ।

यसअघि कांग्रेस सभापति सुशील कोइराला नेतृत्वमा रहेको सरकारले अध्यादेश ल्याएर प्राधिकरण गठन गरी कार्यकारी निर्देशक पनि चयन गरिसकेका थिए । तर समयमा अध्यादेश संसदबाट अनुमोदन नहुँदा प्राधिकरणको काम रोकिएको थियो ।

भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण र नवनिर्माण सम्बन्धमा पनि राजनीति गरिएको भन्दै सत्तारुढ र विपक्षीबीच पछिल्लो समय विवाद बढेको थियो ।

पारित विधेयक अनुसार प्राधिकरणमा अब तीन तह हुनेछ । प्रधानमन्त्री नेतृत्वमा परामर्श समिति रहनेछ । प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री हुनेछन् भने विपक्षी दलको नेता उपाध्यक्ष, प्रधानमन्त्रीले तोकेका मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु समितिमा रहने विधायन समितिका सदस्य एवं एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए ।

त्यसैगरी, अर्को समिति प्रधानमन्त्रीकै नेतृत्वमा निर्देशक समिति रहनेछ । त्यसैगरी, सरकारले चयन गरेको प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा कार्यकारी समिति रहनेछ ।

प्रधानमन्त्री नेतृत्वमा रहने परामर्श समितिले बजेट स्वीकृत गर्ने, संगठनात्मक संरचना स्वीकृत गर्ने र योजना स्वीकृत गर्ने काम गर्नेछ । कार्यकारी निर्देशक रहने कार्यकारी समितिमा प्रधानमन्त्री कार्यालयका सचिव, पूर्वाधार विकास तथा इन्जिनियरिङ, कानुन, अर्थशास्त्र, व्यवस्थापन, भूगोल लगायत विषयमा स्नातकोत्तर गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रका परियोजना लगायत सम्बन्धित क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव हासिल गरेका विज्ञमध्येबाट चार जना चयन गरिनेछ ।

उनीहरुको कार्यकाल पाँच वर्षको हुनेछ । कार्यकारी निर्देशक हटाउनुपर्ने अवस्थामा उसलाई सफाइको मौका दिनुपर्नेछ भने बाँकी विज्ञका हकमा भने सफाइको मौका दिइने छैन ।

पुनर्निर्माणको कामका लागि वन ऐन, सार्वजनिक खरिद ऐन र पुरातात्विक ऐनमा भएका व्यवस्थालाई समेत लागु नहुने गरी समितिले आफ्नो काम अघि बढाउन सक्नेछ ।

सभामुखको आलोचना

व्यवस्थापिका–संसदको बैठकमा सभामुख ओनसरी घर्तीको कामकारबाहीलाई लिएर आलोचना भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका बाबजुद पनि संसदको कामकारबाही अघि बढाएको भन्दै सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले यसरी आलोचना गरेका हुन् । उनले संसदीय प्रक्रिया मिचिएको हुनाले सच्याउन सभामुखसँग आग्रह गरे ।

'तपाईंले संसदीय प्रक्रिया नाघेर कामकारबाही अघि बढाउनुभयो,' कर्णले भने, 'संसदीय मान्यता र प्रक्रियामा एकजना उभिँदा पनि अवरोध भएको मानिन्छ । तपाईंले हामीलाई दिएको रुलिङसमेत पालना गर्नुभएन ।' उनले सभामुखलाई ठूला दल र पार्टीले भनेको मान्ने हो आफूहरु संसदमा बस्नुको औचित्य नरहने समेत चेतावनी दिएका थिए ।

सभामुख घर्तीले उक्त विषयमा प्रवेश नगर्न पटकपटक आग्रह गर्दा पनि उनले यसको विरोधस्वरुप बुधबारको संसद बैठक बहिस्कार गर्न लागिएको बताउँदै बाहिरिएका थिए । मोर्चाआबद्ध दलका सांसद बाहिरिएपछि सदनको कामकारबाही अघि बढेको थियो ।
अर्को समाचार
संविधान संशोधन र पुनर्निर्माण विधेयक संसदमा, होहल्लाबीच आजै पारित गरिने
२९ मंसिर २०७२
•
५ मिनेट पाठ
संविधान संशोधन र पुनर्निर्माण विधेयक संसदमा, होहल्लाबीच आजै पारित गरिने
काठमाडौं-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोध र होहल्लाबीच सरकारले संविधान संशोधन र पुनर्निर्माण विधेयक मंगलबार संसदमा पेस गरेको छ ।




लामो अवधिदेखि कार्यसूचीमा रहेर पनि अवरोधले पेस हुन नसकेका 'भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२ र नेपालको संविधान (पहिलो संशोधन) २०७२ संसदसमक्ष पेस गरिएको हो ।

एउटै बैठकमा पेस गरिएका दुवै विधेयक सकेसम्म बुधबारै पारित गर्ने तयारी छ । मोर्चाको होहल्लाबीचमै दुवै विधेयक पारित गर्ने तयारी गरिएको संसद सचिवालयस्रोत बताउँछ ।

मोर्चाले भने यसलाई सरकार, विपक्षी, संसद र सभामुखको 'अलोकतान्त्रिक एवं तानाशाही' कदम भनेको छ । यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसले भूकम्पसम्बन्धी प्रतिवेदन र संविधान संशोधन विधेयक एउटै कार्यसूचीमा नआए पेस गर्न नदिने तयारी गरेको थियो । दुइटा सँगै आए पेसै गर्न नदिने रणनीति मोर्चाको थियो ।

मंगलबार विधेयक पेस हुँदा मोर्चाले संसदको बेल क्षेत्र प्रवेश गरी होहल्ला गरे पनि सभामुख ओनसरी घर्तीले विधायन समितिका सभापति गंगा चौधरीलाई समितिको प्रतिवेदन र कानुनमन्त्री अग्नि खरेललाई संविधान संशोधनसम्बन्धी विधेयक प्रस्तुत गर्न समय दिएकी थिइन् ।

सभामुख घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् भने संसदका विभिन्न समितिमा रहेका सदस्यको हेरफेर गरेको जानकारी गराउन्जेल आफ्नै स्थानमा उभिएका मोर्चामा आबद्ध सांसदहरु समितिको प्रतिवेदन र मन्त्रीले विधेयक पेस गर्ने बेला होहल्ला र नाराबाजी गर्दै बेल प्रवेश गरेका थिए ।

त्यसअघि समितिको प्रतिवेदन पेस गर्ने तयारीमा रहेकी विधायन समितिकी सभापति चौधरी पनि आफ्नो स्थानमा उभिएर विरोध जनाएकी थिइन् । तर समितिको प्रतिवेदन पेस गर्नासाथ उनी संसद बैठकबाट बाहिरिएकी थिइन् ।

कांग्रेस पदाधिकारीको मंगलबार बिहान बसेको बैठकले एउटै कार्यसूचीमा दुवै विधेयक प्रस्तावका रुपमा गए विरोध नगर्ने निर्णय गरेको थियोे । संसद भवन, नयाँबानेश्वरमा अपराह्न बसेको कार्यव्यवस्था समितिको बैठकले दुवै विधेयकलाई एउटै कार्यसूचीमा राख्ने निर्णय गरेको थियो ।

'बैठक सुचारु भएका बेला एक जना मात्र सांसद उभिए पनि संसद अवरोध हुन्छ भन्ने हाम्रो मान्यता र प्रक्रिया थियो,' सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पत्रकारसँग भने, 'यो प्रक्रिया समाप्त गरियो । बेल घेराउ गर्दा पनि कारबाही चालु रह्यो । यसले यो सरकार, संसद र सभामुख अब लोकतान्त्रिक रहेनन् भन्ने स्पष्ट सन्देश दिएको छ । अब तानाशाही व्यवस्था सुरु भयो ।'

उनले संविधान पारित गर्ने बेलादेखि नै यसैगरी लादिएको स्मरण गरे । 'जुन किसिमबाट संविधान जबर्जस्ती लादिएको थियो,' उनले भने, 'यसैका लागि थियो भन्ने पुष्टि भइसक्यो । ब्यारेक बनाएर संविधान जारी गरे । ब्यारेक बनाएरै प्रक्रिया सुरु भयो ।'

उनले अब मधेसवादी दलका लागि वार्ता गर्ने कि नगर्ने भन्ने अन्योलमा पुर्याएको बताए । 'यो मधेसी आन्दोलनका लागि चुनौती भएको छ,' उनले भने, 'यस्तो गैरलोकतान्त्रिक सरकारसँग अब हामी वार्ता गर्ने कि नगर्ने भन्ने कुरामा पनि हाम्रो अब सोच बन्नुपर्छ ।'

कांग्रेसलाई लोकतान्त्रिक पार्टी मानेको भए पनि प्रक्रियामा खिल्ली उडाउँदा खुलेआम साथ दिएको प्रतिक्रिया दिए ।

संविधान संशोधन प्रस्तावले मधेस आन्दोलनलाई सम्बोधन नगर्ने उनको भनाइ छ । उनले संविधान संशोधन प्रस्ताव अन्तरिम संविधानभन्दा पनि पछि रहेको धारणा राखे ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस