काठमाडौं- संसदको विधायन समितिले 'भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' नेपाली कांग्रेसको फरक मतसहित संसदको पूर्ण बैठकमा पठाउने निर्णय गरेको छ।समितिबाट पठाइएको विधेयक सदनले पारित गरेपछि प्राधिकरणलाई काम अघि बढाउन बाटो खुल्नेछ। नेपाली कांग्रेसले यसअघि गरिएका नियुक्तिको निरन्तरता माग गर्दै अघिल्लो सरकारले ल्याएको विधेयक जस्ताको तस्तै पठाउने भनेको थियो। तर, सत्तारुढ दल नेकपा एमालेले नमानेपछि कांग्रेसको फरक मतसहित निर्णय गरेर विधेयक सदनमा पठाउन लागिएको हो।
अवरोध नभए बिहीबार बस्ने व्यवस्थापिका संसदको बैठकमा उक्त विधेयक पेस गर्ने तयारी छ। बुधबार बसेको विधायन समितिको बैठकमा कांग्रेसका नविन्द्रराज जोशीले विधेयकमा फरक मत राखेका थिए। त्यसमा कांग्रेसकै राधेश्याम अधिकारीसहित अन्य केही सदस्यले समर्थन जनाएका थिए।
उनीहरुको फरक मत पनि विधेयकमा समावेश गरेर पठाइएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए। विधेयकको दफा ३३ कायमै राख्ने कि हटाउने, प्रमुख कार्यकारी अधिकृत कायम रहने या नरहने भन्ने विवाद दुई दलमा देखिएको थियो।
विधेयकको दफा ३३ मा रहेको 'भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी अध्यादेश, २०७२ निस्त्रि्कय भएपछि त्यसको परिणाम' भनी उल्लेख गरिएको दफा नै हटाउनुपर्ने सत्तारुढ एमाले र एमाओवादीको अडान थियो भने त्यसलाई कायमै राख्नुपर्ने विपक्षी कांग्रेसको अडान थियो।
एमालेले अध्यादेश निस्त्रि्कय भएपछि विधेयक ल्याइएको भन्दै निरन्तरता दिन अस्वीकार गरेको थियो। तर, संसदमा पठाइएको विधेयकमा प्राधिकरणमा भएको खर्च र बैंक खाता यसै ऐनबमोजिम हुने उल्लेख छ।
तत्कालीन कांग्रेस नेतृत्वको सरकारले अध्यादेश जारी गरी योजना आयोगका तत्कालीन उपाध्यक्ष गोविन्दराज पोखरेललाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) चयन गरेको थियो। तर, कांग्रेस नेतृत्वको सरकारले समयमै संसदमा प्रतिस्थापन विधेयक पेस गर्न नसकेपछि अध्यादेश खारेजसँगै उनको पदावधि पनि सकिएको तर्क एमालेको छ।
प्राधिकरणमा भएको खर्च र बैंक खाता यसै ऐनबमोजिम हुने उल्लेख गर्दै संसदमा पठाइएको विधेयकमाथि संसदमै कुरा उठाउने तयारी कांग्रेसको छ।