काठमाडौं- पेट्रोलियम पदार्थ आयात गर्न नेपाल सरकारबाट औपचारिक निर्णय नआएसम्म चीनले व्यावसायिक रुपमा 'पेट्रोलियम खरिद सम्झौता' नगर्ने भएको छ। पेट्रोलियम आयात गर्ने भन्दै प्राविधिक अध्ययनका लागि चीन गएका नेपाल आयल निगम दुई उच्च अधिकारीलाई पेट्रो चाइनाले सरकारको औपचारिक निर्णयबारे सोधेको थियो। निगमले पेट्रो चाइनासँग व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ खरिद सम्झौता तयारी गरिरहेको छ।
यही तयारी अगाडि बढाउन निगमका निमित्त निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल दुई साताअघि चीन गएका थिए। तर, त्यहाँका अधिकारीले चीनबाट पेट्रोलियम पदार्थ ल्याउनेबारे 'नेपाल सरकारले के निर्णय गरेको छ?' भन्दै सोधेको स्रोतले बताएको छ।
व्यापारिक सम्झौता गर्नुअघि निगमको एक टोली प्राविधिक अध्ययन गर्न चीन गएको थियो। 'अहिलेकै प्रक्रियाले चीनले तेल दिन मानेन्,' स्रोतले नागरिकसँग भन्यो, 'न मन्त्रालय स्तरीय निर्णय छ न मन्त्रीस्तरीय निर्णय नै भएको छ।'
असोज २६ गते बसेको मन्त्रिपरिषद बैठकले निगमलाई जुनसुकै माध्यम र तरिकाबाट तेल ल्याउन निर्देशन दिने निर्णय गरेको थियो। तर, त्यसमा आपतकालीन अवस्था साम्य नभएसम्म जस्तोसुकै हालतबाट ल्याउने भनेको छ। स्थिति सहज बने पुरानै तरिकाबाट ल्याउने निर्णय भएको छ।
त्यही निर्णयका आधारमा चीनले व्यावसायिक रुपमा तेल दिन नचाहेको स्रोतको भनाइ छ। 'सरकारी संस्थानको भरमा एउटा देशले अर्को देशलाई कसरी विश्वास गर्छ?' स्रोतले भन्यो, 'चीनबाट व्यावसायिक रुपमा इन्धन ल्याउने विषयमा केही त निर्णय हुनुपर्यो नि?'
निगमका तर्फबाट सबै काम सकिएको छ तर सरकारी तवरबाट केही अघि बढेको छैन। जसका कारण व्यापारिक सम्झौता हुन ढिलो भइरहेको छ। 'केही दिनअघि सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा चीनसँग कर छुट माग गर्दै पत्र लेखेको छ,' स्रोतले भन्यो, 'त्यसैका भरमा चीनले कर छुट दिँदैन।'
'चीनबाट व्यापारिक रुपमा पेट्रोलियम पदार्थ ल्याउन कुनै गाह्रो छैन,' निगमका एक उच्च अधिकारीले भने, 'तर त्यसका लागि सरकारमा बसेका मन्त्री तथा सचिवको अग्रसरता चाहियो।' निगमका अधिकारी पेट्रो चाइना तथा चिनियाँ अधिकारी नेपाल सरकारको तहमा उच्च निर्णय भए तत्काल इन्धन उपलब्ध हुने बताउँछन्।
सरकार तथा उच्च राजनीतिक नेतृत्वले आग्रह गरे चीनले कर छुटसमेत दिने बताइएको छ। 'कर छुटको विषयमा सरकारी तवरबाट अहिलेसम्म औपचारिक निर्णय गएको छैन,' स्रोतले भन्यो, 'सरकारी आग्रहबिनै चीनले कर छुट दिन्छ?' सरकारले अहिलेसम्म न चीनबाट पेट्रोलियम पदार्थ ल्याउने निर्णय गरेको छ न कर छुट माग्नेबारे औपचारिक धारणा नै पठाएको छ।
'हामीले चीनसँग व्यापारिक सम्झौता गर्न खोजेपछि त सरकारको भूमिका पनि दरिलो हुनुपर्योछ नि?' स्रोतले भन्यो, 'सरकारी पहलबिना निगमको केही लाग्दैन।' निगमस्रोत अनुसार सरकारी तबरबाट चीनसँग कुरा भए तत्कालै केरुङ नाकाबाट तेल ल्याउन सकिन्छ।
'निगमले पटक–पटक केरुङबाट पेट्रोलियम पदार्थ पठाउन पेट्रो चाइनालाई आग्रह गर्योी,' स्रोतले भन्यो, 'माथिबाट निर्देशन छैन भन्दै पेट्रो चाइनाले पठाएको छैन। चिनियाँ उच्च नेतृत्वसँग सरकारले कुरा गरे केरुङबाट मागको ५० प्रतिशत तेल ल्याउन सकिन्छ।' तर, सरकारी पहल नभए चीनबाट तेल ल्याउने विषय कथामा सीमित हुने निगमस्रोतको भनाइ छ।
निगमका अनुसार अहिले काठमाडौं उपत्यकाको माग दैनिक ८ लाख लिटर डिजेल/पेट्रोल हो। चीनले केरुङबाट तेल पठाए दैनिक ४ लाख लिटर तेल काठमाडौं आइपुग्छ। इन्धन खरिदसम्बन्धी सम्झौताका लागि पेट्रो चाइनाका अधिकारीसँग छलफल गरेर फर्किएका दीपक बरालले चीनले कर छुट नदिए त्यहाँबाट आयात गरिने पेट्रोलको मूल्य नेपाली बजारमा प्रतिलिटर १ सय ८० रुपैयाँ पर्ने बताएका थिए।
बरालले चाइना पेट्रोका अधिकारीले कर छुट दिन आनाकानी गरेको र कर छुट नपाउँदा चीनबाट आयात गरिने डिजेलको मूल्य नेपाली बजारमा प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्ने उनको भनाइ थियो। कर छुट र व्यापारिक सम्झौता गर्न सरकारी निर्णयमा चीनबाट तेल खरिद गर्ने प्रस्ट देखिनुपर्ने स्रोतको भनाइ छ
उनका अनुसार कर छुट नपाएको अवस्थामा केरुङ नाकामा प्रतिलिटर पेट्रोलको मूल्य ८८ रुपैयाँ पर्छ। निगमले अहिले भारतीय आयल निगमसँग रक्सौलमा ४५ रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल खरिद गर्दै आएको छ। सरकारले अहिले एक लिटर पेट्रोलमा ३२ रुपैयाँ भन्सार लिंदै आएको छ। भन्सार, यातायात लगायतका सबै रकम जोड्दा प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८० रुपैयाँ पर्ने बरालले बताए।
पेट्रो चाइनाले आयल निगमलाई एक मेटि्रक टन डिजेलको मूल्य १३ सय २८ तथा पेट्रोलको मूल्य १ हजार ४ सय ९० अमेरिकी डलर प्रस्ताव गरेको छ। उसले त्यो मूल्यबाहेक डिजेलमा ५१ प्रतिशत र पेट्रोलमा ६७ प्रतिशत कर लाग्ने बताएको छ। निगमका निर्देशक बरालले आफूहरुले पटक–पटक आग्रह गर्दा पनि चीनले कर छुट दिन नमानेको बताए।