नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने तयारी गरेकोबारे औपचारिक निर्णय भइनसकेको बताइएको छ। पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेपछि नाउपाले सरकार छोड्ने आँकलन गरिए पनि अहिलेसम्म औपचारिक निर्णय भइनसकेको पार्टी प्रवक्ता गंगाराम चौधरीले नागरिकलाई बताए।
'अहिलेसम्म औपचारिक निर्णय केही गरेका छैनौं। केही निर्णयबारे छलफल हुँदै छ। २ बजेसम्म प्रेस विज्ञप्ती जारी गरेर त्यसबारे जानकारी दिन्छौं।' प्रवक्ता चाेधरीले भने।
सो पार्टीका संरक्षक चौधरीलाई रिहा गर्नुपर्ने मुख्य सर्त नाउपाको छ। त्यसको लागि नाउपाकै पहलमा कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरिएको थियो। तर मंगलबार सर्वोच्च अदालतले उच्च अदालतकै आदेश सदर गरेपछि त्यो बाटो पनि बन्द भएको छ।
त्यस पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन्। उनी रेशमकी पत्नी हुन्। उनी रेशमको मुद्दा फिर्ता हुनपर्ने सर्तमा सरकारमा गएकी हुन्।