मलंगवा (सर्लाही)- तराई–मधेसका अन्य जिल्लाजस्तै सर्लाहीमा पनि डेढ महिनादेखि आन्दोलन चलिरहेको छ। सदरमुकाम मलंगवालगायत जिल्लाको दक्षिणी भेग ठप्प छ। देहातका बजार खुलेका छैनन्, चोक–चोकमा कालो झन्डा गाडिएको छ।
दिनैजसो अधिकार माग्दै जुलुस प्रदर्शन भइरहेका छन्। तर, यस क्षेत्रका अरु जिल्लाले भोगेजस्तै आन्दोलनका हिंसात्मक पीडा यसले भोग्नु परेको छैन। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू शान्तिपूर्ण आन्दोलन अघि बढिरहेको बताउँछन्।
आन्दोलनमा होमिएको मोर्चा, अन्य राजनीतिक दल, स्थानीय प्रशासन र नागरिक समाज सबै जिल्लालाई हिंसामुक्त बनाउने अभियानमा लागेका कारण यहाँ शान्तिपूर्ण आन्दोलन सम्भव भएको देखिन्छ। अघिल्लो मधेस आन्दोलनक्रममा सम्प्रदायिक हिंसा भड्किएकाले त्यसैको अनुभवका आधारमा कम्तीमा मानवीय र भौतिक क्षति हुनु हुँदैन भन्ने मनोविज्ञानबाट अघि बढेको सरोकारवाला बताउँछन्।
मलंगवा नागरिक समाजका अध्यक्ष उग्रकान्त झा प्रशासनिक निकायको सुझबुझपूर्ण भूमिका, मधेसी मोर्चाको संयमित व्यवहार तथा नागरिक समाज र अन्य राजनीतिक दलको आन्दोलनमा हिंसा भित्रिन नदिने मान्यताकै कारण सर्लाहीको आन्दोलन शान्तिपूर्ण भएको बताउँछन्। 'आन्दोलनकारीले विगतका आन्दोलनको पाठ सिकेर संयमता अपनाएका छन्,' उनले भने, 'प्रशासनले बुद्धिमतापूर्ण भूमिका खेल्यो।' नागरिक समाज र यहाँका सञ्चारकर्मीले आन्दोलनरत पक्ष र प्रशासनिक निकायबीच समन्वयात्मक भूमिका खेलेको उनी बताउँछन्।
आन्दोलनको मोर्चा सम्हालेका तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का जिल्ला अध्यक्ष सर्लाही क्षेत्र ५ का सभासद जंगीलाल राय आन्दोलनलाई संयमितरूपमा अघि बढाएको दाबी गर्छन्। मोर्चाको संयम, प्रशासनको लचिलो व्यवहार र अन्य राजनीतिक पार्टीको सकारात्मक सोचका कारण शान्तिपूर्ण आन्दोलन सम्भव भएको उनले सुनाए। 'आन्दोलनका कार्यक्रममा हामी आफैँ सहभागी छौं,' रायले भने, 'आन्दोलन बिथोल्न र बिगार्न चाहनेलाई काबुमा राखेका छौं।'
५० दिनदेखि जारी आन्दोलनक्रममा धेरै अप्ठ्यारा झेल्दै आए पनि प्रशासन र सुरक्षा निकायले संयम र लचकता अपनाएर स्थिति सामान्य बनाउने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले बताए। आन्दोलनरत मोर्चाले सतर्कता र संयम अपनाएकाले कर्फ्यु, निषेधाज्ञा र दंगाक्षेत्र घोषणा गर्नु नपरेको उनले जानकारी दिए। आफूले दिनदिनै आन्दोलनरत पक्ष र सरोकारवालालाई फोन सम्पर्क र भेटघाट गरेर परिस्थितिको आंकलन गर्ने गरेको बताउँदै उनले भने, 'मोर्चालाई जिम्मेवार बनाउने प्रयास हामीले गरेका छौं।' स्थानीय आवश्यकताअनुसार प्रशासनले सुरक्षा रणनीति र सुरक्षा बल प्रयोगमा ल्याएको देखिन्छ। काफ्ले भन्छन्, 'हामी स्थानीय आवश्यकताअनुसार परिचालित भइरहेका छौँ।'
प्रहरी उपरीक्षक केदार ढकालले आन्दोलन र भिडको मनोविज्ञान अध्ययन गरेर सुरक्षा निकाय परिचालित भएको जानकारी दिए। प्रशासनिक नेतृत्व, आन्दोलनरत मोर्चालगायत नागरिक समाजका जिम्मेवार सदस्यको समन्वयात्मक भूमिकाका कारण सर्लाहीको स्थिति अन्य जिल्लाको भन्दा फरक रहेको धारणा ढकालको छ।
विगतका आन्दोलनमा हिंसापीडित भएकाले यसपटक सचेत भएर आन्दोलनमा होमिएको शिक्षक रजनीकान्त झा बताउँछन्। 'मोर्चाका नेताको शान्तिपूर्ण आन्दोलन गर्ने चाहना र प्रशासनको संयममताले काम गरेको छ,' उनले भने, 'नागरिक समाजले आन्दोलनकारीलाई लाठीबिनाको जुलुस निकाल्न र उग्र नहुन आग्रह गरिरहेको छ।'
पहिलो मधेस आन्दोलनक्रममा सांप्रदायिक झडपमा एक र प्रहरीको गोलीबाट चारजनाको मृत्यु भएको थियो। हिंसात्मक आन्दोलनको पीडा भोगिसकेकाले यहाँका राजनीतिक दल, नागरिक समाज र आम नागरिक शान्तिको पक्षमा छन्।
मुक्ति र अधिकारको आन्दोलन भएकाले यसलाई शान्तिपूर्ण ढंगले अगाडि बढाएको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादवले बताए। 'हामीले आन्दोलनमा हिंसा प्रवेश गर्न दिएका छैनौँ,' उनले भने, 'प्रशासनले दमन गर्ने नीति पनि लिएन।'
सर्लाही मधेसवादी दलका अध्यक्षको जिल्लाका रूपमा चिनिन्छ। कैलालीको टीकापुरमा गएर नागरिकलाई घरेलु हतियारसहित प्रहरीसँग जाइलाग्न आह्वान गर्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको गृहजिल्ला यही हो। तमलोपा अध्यक्ष महन्थ ठाकुर र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय पनि सर्लाहीकै हुन्। महतोसँगै टीकापुर पुगेर थरुहट कार्यकर्तालाई उक्साउने कांग्रेस सभासद अमरेश सिंहको गृहजिल्ला पनि यही हो।
सर्लाहीमा चलेको मोर्चाको आन्दोलन मध्यतराईका पर्सा, बारा, रौतहट, महोत्तरी र धनुषाको भन्दा पृथक देखिन्छ। कारण, अन्य जिल्लाबाट संविधान जारी गर्ने नेपाली कांग्रेस, एमाले र एमाओवादीका जिल्ला नेता र अगुवा कार्यकर्ताले भोगेको पीडा सर्लाहीका राजनीतिकर्मीले भोग्नुपरेको छैन। अन्य जिल्लामा मोर्चाको आन्दोलनमा बाध्य भएर लाग्नुपर्ने वा जिल्ला छाडर पलायन हुनुपर्ने भय र त्रासमा यहाँका प्रमुख दलका नेता–कार्यकर्ता छैनन्।
नेपाली कांग्रेस सर्लाही सभापति लक्ष्मण राय संविधान जारी गर्ने दलका नेता कार्यकर्तालाई डर र धम्की आउने गरे पनि अन्य जिल्लाको जस्तो अवस्था नरहेको बताउँछन्। 'अरु जिल्लाभन्दा हाम्रो अलिक ठीक छ,' उनले भने। राय सर्लाहीका प्रमुख राजनीतिक दल र आन्दोलनरत मोर्चाबीच मानवीय र भौतिक क्षति नहोस् भन्ने मान्यतामा रहेर प्रदर्शन गर्ने समझदारी बनेको बताउँछन्।
प्रमुख तीन दल र मधेसी मोर्चाबीच क्षति नहुनेगरी आन्दोलन गर्ने समझदारी भएको एमाले जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए। संविधान जारी गर्ने पक्षका राजनीतिक नेता, कार्यकर्ता विस्थापित र पलायन हुने अवस्था यहाँ नरहेको उनले सुनाए। 'आन्दोलन गर्नेले हिंसा नभड्काउने भूमिका खेल्यो, हामीले सकारात्मक भूमिका खेल्यौं,' उनले भने, 'प्रशासनले पनि संयमित र लचकता अपनायो।'
आन्दोलनक्रममा यहाँ घटना हुँदै नभएका होइनन्। संविधान जारी भएपछि एमाले सभासद कमला देवीको मलंगवास्थित घरमा आगजनी प्रयास भयो। आगजनी प्रयासमा आफ्नो संलग्नता नभएको मोर्चाको दाबी छ। मोर्चाको जुलुस प्रदर्शन सम्पन्न भएलगत्तै केही उच्छृंखल जमातले अगजनी प्रयास गरेको थियो। त्यसलाई नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीले ४२ राउन्ड हवाईफायर गर्योी। भागदौडमा एक र गोली लागेर एकजना घाइते पनि भए। उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ तर दुवैजना खतरामुक्त छन्।
अहिलेसम्म शान्तिपूर्ण रहेको सर्लाही पूरै शान्त भइसकेको भने छैन। मधेसी मोर्चाको आन्दोलन जारी छ। जुनसुकै बेला जेसुकै हुनसक्ने औंल्याउँदै प्रजिअ काफ्ले भन्छन्, 'मोर्चासँग वार्ता गरेर सम्झौता नभएसम्म ढुक्क हुने अवस्था रहँदैन।'