मधेस आन्दोलनका घाइते भन्छन्- घरझगडा आफैं सल्टाउनुपर्छ
११ असोज २०७२
•
९ मिनेट पाठ
मधेस आन्दोलनका घाइते भन्छन्- घरझगडा आफैं सल्टाउनुपर्छ
काठमाडौं- शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले ज्यादति गरेको गुनासो गर्दै मधेस आन्दोलनका घाइतेहरू घरझगडा आफैंले नै मिलाउनु पर्ने बताउँछन्। वीर तथा ट्रमा सेन्टरमा सर्लाही, सिरहा, वीरगंज, महोत्तरी र धनुषा जिल्लाका ११ जना घाइतेको उपचार भइरहेको छ। सर्लाही मलंगवा–४ का ३२ वर्षिय विक्रम यादव र सर्लाही सुधामाका रुपेश पासवान दुवै असोज ४ गते संविधान जलाउँदा भएको प्रहरी हस्तक्षेपमा घाइते भएका हुन्।घाइते विक्रमले संविधान जलाएपछि सडकमा बसिरहेका बेला आइपुगेको प्रहरीले अभद्र व्यवहार गर्दै गोली हानेको बताए। 'सशस्त्र प्रहरीले तँलाई गोली हान्छु भने, मैले मलाइ मारेर ठीक हुन्छ भने मारिदिनुस् भनें, त्यसपछि गोली हानिहाले', यादवले आइतबार नागरिकसँग गुनासो गरे।

गोली घाँटीबाट छिरेर ढाडबाट निस्केको छ। उनलाई वीरको आइसियुमा तीन दिन उपचारपछि जनरल वार्डमा सारिएको छ। उनी अझै उठ्न सक्दैनन् र दायाँ हात चल्दैन। 'शान्तिपूर्ण प्रदर्शन थियो, अश्रुग्याँस, हवाइफायर नगरी एकैपटक गोली हाने', उनले भने।

सभासद कमलादेवी महतोको घर आगजनीमा संलग्नताको आरोप लगाइएकोमा उनले दुःख व्यक्त गरे। 'म अर्कै ठाउँमा थिएँ, गोली लाग्यो, हेलिकप्टरबाट काठमाडौं ल्याइयो', उनले भने, 'मलाइ नचिनेर घर आगजनी गरेको आरोप लगाउनु गलत हो।'

घटनाको दिन आफू मलगंवा चोकमै रहेकोले महतोको घर जलाउने घटनामा कुनै संलग्नता नरहेको दाबी उनले गरे। महतोको घर र घटनास्थल एक किलोमिटर टाढा रहेको यादवका आफन्तले दाबी गरे।

रुपेशले पनि शान्तिपूर्ण प्रदर्शन क्रममा सशस्त्र प्रहरीले आफूलाई कुटपिट गरेको दाबी गरे। उनका अनुसार उनी ढिला गरी प्रदर्शनमा गएका थिए। प्रहरीले अश्रुग्याँस हानेलगत्तै उनीमाथि लाठी प्रहार भयो। बायाँ खुट्टा भाँच्चिएका उनलाई काठमाडौं ल्याइयो।

राज्यले मधेसीलाई नेपालीजस्तो व्यवहार नगरेकाले आन्दोलन लम्बिएको उनले बताए। 'हामी कुनै परदेशी होइनौं, नागरिकको व्यवहार हुनु पर्योल,' उनले भने। दलितबारे धेरै बोलेका उनले मधेस आन्दोलनका सबै माग आफूलाई थाहा नभएको बताए।

वीरगंज बघईका ३० वर्षीय मान्सी पटेल भने भदौ २७ मा संविधान जलाउँदा घाइते भए। प्रहरीको गोलीले उनको कम्मरको नसा फुटेको छ भने तल्लो भाग चल्दैन। शिव भगवानले भने आफू कफर््यु तोड्न गएको बताए। 'कफर््यु लागेको थियो, प्रान्तको सीमाना मिलेन भनेपछि म पनि गएँ,' उनले सोमबार भने। उनले सबैजसो मजदुर घाइते भएको बताए। गोली लागेर सधैंका लागि घाइते भएपछि कसरी जिन्दगी चलाउने भन्दै उनले भने, 'अब कसरी काम गर्ने, भारी काम गर्न सक्तिँन।'

वीरगंज मनियारीका उपेन्द्रप्रसाद यादवको खुट्टा पनि गोली लागेर भाँचिएको छ। भदौ १५ गते घाइते भएपछि उनलाई काठमाडौं ल्याइएको हो। उपेन्द्रले कफर्यु लागेका बेला वीरगंजकै राधेमा टोलको प्रदर्शनमा सहभागी हुन जाँदै गर्दा प्रहरीको गोलीबाट घाइते भएको बताए। तर उनलाई कर्यू्द लागेको थाहा थिएन। 'प्रदेश सीमाकंनमा विवाद छ भन्थे, निर्मल बस्ती, चितवन सबै आफ्नो प्रदेशमा परेन भने। त्यसपछि म पनि आन्दोलनमा गएँ,' उनले भने। मधेस आन्दोलनका अन्य मागबारे भने उनले पनि मधेसी नेतासँगै सोध्न आग्रह गरे।

मजदुरी गर्ने यादवको परिवारमा ६ जना छन्। उनी घाइते भएपछि मजदुरी गर्न सक्ने अवस्था छैन। यादवले चार सन्तान पाल्न सजिलो जागिर दिन सरकारसँग आग्रह गरे। 'खुट्टा निको भएपनि अब भारी उचाल्न सक्दिँन, सरकारले हेर्नुपर्छ,' उनले भने।

ट्रमामै उपचाररत २७ वर्षीय विजय यादव असोज ३ गते औषधि पसलमा काम गरिरहेका बेला पसलअगाडि गोली लागी घाइते भएका मान्सी पटेललाई उठाउन जाँदा गोली तीन ठाउँमा गोली लाग्यो।

'अस्पतालअगाडि प्रदर्शन भैरहेको थियो, उठाउन जाँदा आफैं परें,' उनले भने। आफू स्वास्थ्यकर्मी भएकाले मधेस आन्दोलनको मागबारे थाहा नभएको बताए। 'मधेसको माग थाहा छैन, फूर्सद पनि छैन,' उनले सोमबार भने ।

जनकपुरका २२ वर्षीय बिट्टु झा भदौ २५ गते एयरपोर्टमा प्रदर्शन गर्दा घाइते भएका हुन्। कफर््यु तोडेर बजार बन्द गराउँदा प्रहरीको गोली लागेर उनीसँगै अरु चार जना पनि घाइते भए। उनले जायज माग सम्बोधन गरे मधेसमा शान्ति हुने बताए।

भदौ २३ गते महोत्तरीका १७ वर्षीय सन्तोषकुमार झा प्रदर्शनमा सामेल हुँदा तीन ठाउँमा गोली लाग्यो। कक्षा ११ मा अध्ययनरत उनी पहाडीयाले 'धोती' भनेर हेपेको, प्रदेशको सीमाकंन नमिलेको सुनेपछि आन्दोलनमा सामेल भएको बताए। उनलाई मधेस प्रदेश बनेपछि मधेसका सबैले जागिरमा अवसर पाउँछन् भन्ने आशा छ। अन्य मागबारे प्रष्ट थाहा नभएको भन्दै आफ्नो टोलको कुरा नमिलेपछि नेता राजेन्द्र महतोलाई नै भन्ने बताए। 'हामीले चाहेको जस्तो भएन भने नेताहरुलाई पेट्रोल खन्याएर जलाउँछौं,' उनले भने। उनको खुट्टाको दुई पटक अपे्रसन भइसकेको छ। मधेसमा मिलेर समस्या सुल्झाए शान्ति हुने भन्दै उनले 'आफ्नो घरभित्रको झगडा हो, छलफल गरेर टुंग्याउनु पर्छ' भने।

वीर तथा ट्रमा सेन्टरमा उपचाररत मधेस आन्दोलनका घाइतेको उपचारलगायत अन्य खर्च अहिलेसम्म संयुक्त संघीय लोकतान्त्रिक मधेसी मोर्चाले सहयोग गरिरहेको घाइतेले बताए। 'मधेसी नेता राजेन्द्र महतो, उपेन्द्र यादव र महन्थ ठाकुरले हामीसँग भेटेर गए,' उनीहरुले बताए।

महानगरीय प्रहरी प्रभाग रत्नपार्कका एसएसपी नारायणसिंह खड्काले सोमबार हाल ११ जना घाइते रहेको बताए। उपचारबारे बताउँदै उनले भने, 'अस्पतालले उपचार गरेको छ, अस्पतालबाहिर किन्नुपर्ने औषधिको बिल राख्न भनेको रहेछ।'

तराई–मधेस लोकतान्त्रिक पार्टी स्वास्थ्य मोर्चाका महासचिव चन्द्रकान्त झाका अनुसार अहिले वीर अस्पतालमा विक्रम यादव, लालबाबु देव, सुनिलकुमार दास, पन्नालाल यादव, रुपेश पासवान, उपेन्द्रप्रसाद यादव, सन्तोषकुमार झा, बिट्टु झालगायत ११ जना घाइतेको उपचार भइरहेको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस